प्युठानबाट दलित सांसद बनाउनेमा सबै दल सहमत

रुपेस सिलवाल 

प्युठान, २१ पुष – जिल्लामा क्रियाशील सबै राजनैतिक दलहरुले जिल्लामा एक जना दलित सांसद बनाउने र्सार्वजनिक प्रतिवद्धता ब्यक्त गरेका छन् ।

२ निर्वाचन क्षेत्र रहेको प्यूठानमा सबै राजनैतिक दलहरुले प्रतिबद्धता लागू गरे असन्न संबिधानसभाको चुनावमा जिल्लाबाट एक जना दलित सांसदको प्रतिनिधित्व हुने समेत निश्चित भएको छ । दलित मानवअधिकार सङ्गठन जिल्ला एकाई प्यूठानको आयोजनामा बिहिवार सदरमुकाम खलङ्गामा भएको स्थानीय स्तरमा दलित समुदाय र समानुपातिक प्रतिनिधित्व बिषयक र्सार्वजनिक सुनुवाईमा नेताहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

जिल्लाभरका दलित अधिकारबादी कार्यकर्ताहरुको प्रश्नको जवाफ दिदै नेताहरुले २ निर्वाचन क्षेत्र रहेको प्यूठानमा १ जना दलितलाई सांसदको लागि उम्मेदवारी दिन र सिफारिस गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । हाल जिल्ला कमिटिमा दलितको संख्या शुन्य रहेको बताउने दलका नेताहरुले पनि सो प्रतिवद्धता साथ आयोजक संस्थासंग प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आयोजकहरुले भने सो प्रतिबद्धता पुरा भए नभएको अनुगमन गरिरहने समेत बताएका छन् ।

दलका नेताहरुलाई मञ्चमा बर्साईएर अन्यलाई दर्शक दिर्घा राखिएको सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाईएको थिएन भने माले उपस्थित थिएन । अन्य सबै दलका नेताहरुले आफूहरुले छुवाछुत नमान्ने समेत घोषणा गरेका थिए । दलित अधिकारवादी नेता एवं पत्रकार सुर्यबहादुर बिश्वकर्माले सञ्चालन गर्नुभएको र्सार्वजनिक सुनुवाईमा नेपाली कांग्रेसमा १९ सदस्यीय जिल्ला कमिटिमा १ जना,  एमालेको १९ सदस्यीय जिल्ला कमिटिमा २ जना, जनमोर्चा केसी, शेरचन र आलेमा क्रमशः ४, ३ र १ जना दलितहरुको प्रतिनिधित्व रहेको जानकारी गराईएको थियो । ने. क.पा. माओवादी र कांग्रेस प्रजातान्त्रिकमा भने हाल जिल्ला कमिटिमा नभएपनि तत्काल ल्याउने प्रतिवद्धता ब्यक्त गरिएको थियो ।

स्थानीय गाउ तथा क्षेत्रीय कमिटिमा आ-आफ्नै ढङ्गले सहभागिता बढाउने प्रतिवद्धता ब्यक्त गरिए पनि २ निर्वाचन क्षेत्र भएको प्यूठानमा १ जना दलित नेतालाई आसन्न संबिधानसभाको चुनावमा उम्मेदवार बनाउने कुरामा भने सबै दलहरु सहमत भएका थिए । कायृक्रममा सहभागिहरुलाई दलितहरुलाई भोट ब्याङ्कको रुपमा प्रयोग नगर्न पनि अनुरोध गरेका थिए । प्रतिवद्धता पत्रमा नेपाली कांग्रेसका सुभाष केसी, एमालेका धनबहादुर रायमाझी, कांग्रेस प्रजातान्त्रिकका शालिग्राम पण्डित,  माओवादीका धनेश्वर पोख्रेल, र जनमोर्चा केसी,  शेरचन र आलेका क्रमशः राम पहाडी, रामबहादुर केसी र पितबहदुर एम.सी.ले हस्ताक्षर गरेका छन् । प्यूठानमा अधिकारवादीहरुका तर्फाट दलका नेताहरुलाई र्सार्वजनिक सुनुवाईमा र्सार्वजनिक प्रतिवद्धतामा हस्ताक्षर गर्राईएको यो नै पहिलो हो ।

(सिलवाल कान्तिपुर एफ एमबाट प्रसारित “सम्मानका स्बरहरु”संग सम्बन्धित हुनुहुन्छ ।)