यस घडिको आवश्यकतालाई बेवास्ता गर्नु राष्ट्रको लागि घातक हुन सक्छ

न्यायको उज्यालो दिन देखा नपरेसम्म विद्रोहको भुमरीले हाम्रो राष्ट्रको जगलाई हल्लाइ राख्नेछ ।

अमेरिकाको इतिहासमा स्वतन्त्रताको लागि गरिएको सबैभन्दा ठुलो प्रदर्शनीको रुपमा इतिहासमा उल्लेख गरिने जमघटमा किङ्ग प्रसन्न हुदै निम्न भाषण गर्छन्।

मार्टिन लुथर किङ,
पाँच बीस(एक सय) वर्ष अघि कमारोलाई मुक्ति दिने घोषणा पत्रमा हस्ताक्षर गर्ने एक जना, महान अमेरिकाको प्रतिकात्मक छाँयामा आज हामी उभिएका छौ । क्रुर अन्यायको ज्वालामा पिल्सिएका दसौ लाख (हब्सी) कमराहारुको लागि मार्ग दर्शनको रुपमा यो अति महत्वपूर्ण आदेश आएको थियो। उनिहरुको बन्दि  जीवनको लामो रात अन्त्य गर्ने रमाइलो बिहानीको रुपमा यो आदेश आएको थियो। तर एक सय वर्ष बितिसक्दा पनि हब्सीहरु अझै स्वतन्त्र छैनन। एक सय वर्ष पछि हब्सीहरुको जीवन अझै पनि रंगभेदको हतकडी र भेदभावको साङ्लाले दुख लाग्ने गरि कुजो पारिदिएको छ। एक सय वर्ष पछि भौतिक सम्पन्नताको विशाल सागरको बीचमा अवस्थित दरिद्रताको टापुमा हब्सी बसिराखेको छ । एक सय वर्षपछि हब्सी अझै पनि अमेरिका पनि अमेरिकी समाजको कुनामा वेवास्ता गरि छोडिएको छ। त्यसैले हामी आज यो लज्जाजनक अवस्थालाई मुर्त रुप दिन यहाँ आएका छौ।
आंशिक रुपमा विचार गर्ने हो भने हामी आफ्नो राष्ट्रको राजधानीमा एउटा चेक साट्न आएका छौ । हाम्रो गणतन्तन्त्रको खाका कोर्नेहरुले संविधान र स्वतन्त्रताको घोषणापत्रका उच्च शब्दहरु लेख्दा प्रत्येक अमेरिकीको हक लाग्ने प्रतिज्ञापत्रको उनिहरुले सहि गरिराखेका थिए । यो नोट भनेको प्रत्येक व्यक्तिको‍‍‍‍‍‍‌ काला र गोरालाई जीवन, स्वतन्त्रता र सुखको खोजी पट्टि लाग्ने अरुले खोसेर ल्याउन नसकिने अधिकारको प्रत्याभूति दिइएको बाचा थियो।
अमेरिकाले आफ्ना काला नागरिकलाई यो प्रतितपत्र भुक्तानी गर्न नसकेको स्पष्ट हुन्छ। यो पवित्र कर्तव्यको सम्मान गर्नुको सट्टा अमेरिकाले हब्सी जातिलाई बेकम्मा चेक दिएको छ र जुन चेक भुक्तानि गर्न खातामा चाहिने जति रकम पुग्दैन । तर न्यायको  बैक कंगाल भएको कुरा पत्याउन हादी अस्विकार गर्छौ । यो राष्ट्रको मौकाको ठूलो ढुकुटीमा अपुग रकम भएको कुरा पत्याउन हामी अस्विकार गर्छौ । त्यसैले हामी यो चेक साट्न आएका छौ र जुन चेकको भुक्तानी माग्दा स्वतन्त्रताको सम्पत्ति र न्यायको सुरक्षा दिइनेछ ।
अमेरिकालाई वर्तमानको अति गंभीर परिस्थितिको सम्झना गराउन पनि हादी यो पवित्र स्थलमा आएका छौ । यो घटनाको तीव्रतालाई कम पार्ने भनेर अनन्दमा लाग्ने बेला छैन अथवा परिवर्तन भन्ने विस्तारै हुन्छ भनेर शिथिल पार्ने औषधि खाने बेला छैन । बरु अहिले त प्रजातन्त्रको सच्चा वाचा पूरा गर्ने बेला हो । रंगभेदको अध्यारो र सुनसान उपत्यकाबाट उठेर जातिगत न्यायको घमाइलो बाटोतिर जाने बेला हो । जातिगर अन्यायको बलौटे धापवाट हार्रो राष्ट्रलाई उठाएर भाइचाराको मजबुत चट्टानमा राख्ने बेला हो । न्याय भबेको ईश्वरका सबै सन्तानको लागि वास्तविक हो भनेर देखाउने बेला हो । यस घडिको आवश्यकतालाई बेवास्ता गर्नु राष्ट्रको लागि घातक हुन सक्छ । स्वतन्त्रता र समानताको शक्तिशाली शरद ऋतु नआउञ्जेल हब्सीहरुको वैधानिक असन्तोषको उखरमाउलो गर्मी त्ये जाँदैन ‍- उन्नाइस सय त्रिसळि भबेको अन्त्य होइन शुरुआत हो । हब्सीहरुको रीस पोखनु थियो, पोखे तर अब शान्त हुन्छन् भनेर आशा गर्नेहरुले राष्ट्र फेरि स्वाभाविक गतिमा फर्कन्छ भन्ठान्नु दुस्वप्न हुनेछ । हब्सीहरुलाई उनीहरुको नागरिकताको अधिकार नदिएसम्म अमेरिकामा न चैन हुनेछ, न त शान्ति नै हुनेछ । न्यायको उज्यालो दिन देखा नपरेसम्म विद्रोहको भुमरीले हारमरो राष्ट्रको जगलाई हल्लाइ राख्नेछ ।
तर न्यायको दरवारतिर जाने थोत्रो दहिलोमा उभिने मेरा जनताहरुको लागि मैले केहीकुरा अवश्य भन्नुपर्छ, आफ्नो उचित स्थान प्राप्त गर्ने क्रममा हामी कुनै पनि गलत काम गरेर दोषी चाहीँ हुन हुदैन । कटुता र घृणा पिएर हामी आफ्नो स्वतन्त्रताको तिर्खा भेट्न नखोजौं । हामीले आफ्नो संघर्ष जहिले पनि सम्मान र अनुशासनलाई उच्च तहमा राखेर संचालन गर्नु पर्छ । हाम्रो रचनात्मक विरोध प्रदर्शनलाई भौतिक तोडफोडमा झर्न दिन हुदैन । शारीरिक शक्तिसंग आध्यात्मिक शक्तिले लड्ने भव्य उचाइमा हामी बारम्बार पुग्नुपर्छ । हब्सी समुदायलाई घेरेको अद्धुत नयाँ जुझारुपनाले गर्दा सम्पूर्ण गोरा जातिले हामी प्रि अनविश्वास गर्ने स्थिति बनाउन हुदैन किन भने हाम्रा धेरै गोरा दाजुभपहरु आज यहाँ उपस्थित भएको कुरा उनीहरुले महसुस गर्न थालेका छन् । हामीहरु बेग्लाबेग्लै हिड्न सक्दैनौ ।
र हिंड्दा हामी सधै अघि बढ्नेछौ भनेर गंभिर प्रतिज्ञा गर्नुपर्छ । हामी पछि फर्कन सक्दैनौ । “तिमीहरु कहिले सम्तुष्ट हुनेछौ?” भनेर नागरिक अधिकारका पूजारीहरुलाई प्रस्न गर्ने व्यक्तिहरु पनि समाजमा छन् । जहिलेसम्म हब्सीहरु प्रहरी अत्याचारको अबर्णनीय डरको शिकार हुन्छन् त्यतिबेलासम्म हामी कहिले पनि सन्तुष्ट हुनेछैनौ । यात्राको थकाइले गह्रौ भएको हाम्रा शरीरले जबसम्म राजमार्गका गाडी रोक्ने होटेल र शहरका होटेलहरुमा बास पाउदैनन् तबसम्म हामी सन्तुष्ट हुनेछैनौ । जनसम्म हब्सीहरुको बसाइसराइ सानो झुप्रोबाट ठूलो झुप्रोमा भएर मात्र हामी सन्तुष्ट हुनेछैनौ । “गोराहरुको लागि मात्र” भन्ने लेखिएको संकेतपातीले जबसम्म हाम्ा सन्ततिको स्वाभिमान नङ्ग्याउछ र सम्मान लुट्छ तबसम्म हामी सन्तुष्ट हुनेछैनौ । जबसम्म मिसिसिपि राज्यका हब्सीहरुले भोट हाल्न पाउदैनन् र जबसम्म न्युयोर्कका हब्सीहरुले हामीले भोट हालेर के मतलब भन्ने विश्वास गर्छन् त्यतिबेलासम्म हामी सन्तुष्ट हुनेछैनौ । होइन, होइन, हामी समुद्र जस्ते न्याय र शक्तिशाली खोला जस्तै सदाचार नबगेसम्म सन्तुष्ट हुनेछैनौ ।
तपाईहरु मधये केहिले यहाँ ठू      लो शोक र पीडा पार गरेर आउनु भएको कुरा मैले बिर्सेको छैन । तपाईहरु मध्ये केही भर्खरै जेलको कालकोठरीबाट आउनु भएको छ । तपाईहरु मध्ये केही त्यस्तो क्षेत्रबाट आउनु भएको छ जहाँ तपाईहरुले स्वतन्त्रताको खोजी गर्दा तपाईहरुलाई जातीय थिचोमिचोको आँधीले प्रहार गरेर अनि प्रहरी अत्याचारको हुरीले हिर्काएर छोडेको छ । रचनात्मक पीडा सहेर तपाईहरु घघडान बन्नु भएको छ । आफूले सहनु नपर्ने कष्ट झेल्नाले पाप मुक्त भइन्छ भन्ने विश्वासका साथ काम गर्दै जानुस् ।
फर्केर मिसिसिपि राज्यमा जानोस, फर्केर आलबामा राज्यमा जानोस, फर्केर दक्षिणी क्यारोलाइना राज्यमा जानोस, फर्केर जर्जिया राज्यमा जानोस, इर्केर लुसियाना राज्यमा जानोस, फर्केर हाम्रा दक्षिणी सहरहरुको फहोर बस्ती र छाप्राहरुमा जानोस् । याद राख्नोस यो अबस्था परिबर्तन गर्न सकिन्छ र गरिनेछ । हामीहरु निराशाको उपत्यकामा भासिएर नहिडौं ।
मेरा मित्रहरु, म आज तपाईहरुलाई भन्छु कि हामीले आज र भोलिका कठिनाइहरुको सामना गर्नु परे पनि अझै मैले एउटा सपना देखेको छु । यो सपनाले सम्पूर्ण अमेरिकीहरुको सपनामा जरा गाडेको छ । मरो सपनामा एक दिन हो राष्ट्र माथि जानेछ र “सबै मानिस समान रुपले सृष्टि गरिएको कुरा स्वयं सिद्ध तथ्य हो” भन्ने सिद्दान्त सच्चा अर्थमा यसले अनुभव गर्नेछ ।
मेरो सपनामा एक दिन जर्जियाको डाँडामा भूतपूर्व कमाराका छोरा र भूतपूर्व कमारो मालिकका छोराहरु सँगसँगै भाइचारा देखाउदै एउटै टेबलमा बस्नेछन् । मेरो सपनामा इक दिन अन्याय र थिचो मिचोको उखर्माउलो गर्मीले पोलेको राज्य मिसिसिपिमा पनि परिवर्तन भएर स्वतन्त्रता र न्यायको हरियाली बन्नेछ ।
मेरो सपनामा मेरा चारजना ससाना केटाकेटीहरु छालाको रंगले होइन कि चरित्रमा भएको सारको आधारमा व्यक्तिको मूल्यांकन गरिने राष्ट्रमा बस्नेछन । आज मैले एउटा सपना देखेको छु । मेरो सपनामा एकदिन आलाबामा राज्यमा दुष्ट जातिभेदवादी र हस्तक्षेप र निर्मूल पार्ने शब्दले भरिएको यसको प्रशासक सहित एकदिन त्यसै हब्सीका छोरा छोरी र गोराका छोराछोरीहरु हातेमालो गरेर दाजुबहिनी जस्तो गरी बस्नेछन् ।
मैले आज सपना देखेको छु । मेरो सपनामा एक दिन प्रत्येक उपत्यका माथि उठ्नेछ, प्रत्येक डाँडा हिमाल तल झर्नेछ, अग्लोहोचो जमिन समतल बन्नेछ, र बांगोटिंगो ठाँउ सिधा बन्नेछ । र ईश्वरको भव्यता प्रकट हुनेछ, सारा प्राणीले यो सबै देख्नेछन् । यो हाम्रो आशा होर । म दक्षिणतिर जाँदा यही आशा बोकेर फर्कन्छु । यही विश्वासले हामी निराशाको पहाडबाट आशाको ढुंगा काटेर निकाल्न सक्नेछौ । यही विश्वासले हामी आफ्नो राष्ट्रको कानखाने बेसुरा आवाजलाई भाइचाराकोसुन्दर सुरमा ढाल्न सक्नेछौ । यो विश्वासले हामी साथसाथै काम गर्न सक्नेछौ, साथसाथै प्रार्थाना गर्न सक्नेछौ , साथसाथै संघर्ष गर्न सक्नेछौ, साथसाथै जेल जान सक्नेछौ, साथसाथै स्वतन्त्रताको रक्षा गर्न सक्नेछौ र हामी एकदिन स्वतन्त्र हुनेछौ भन्ने कुरा हामीलाई थाहा छ ।
आज त्यो दिन हुनेछ, आज त्यो दिन हुनेछ, जुन दिन ईश्वरका सम्पूर्ण सन्तान नयाँ अर्थका साथ “मेरो देश, यो तपाईको हो प्रभु, स्वतन्त्रताको मिठो भुमि, तीर्थयात्रीले गर्व गर्ने भुमि, प्रत्येक डाँडाबाट स्वतन्त्रताको गीत गुञ्जोस् ।” भन्ने गीत गाउन सक्नेछन् । र यदि अमेरिका महान राष्ट्र बन्ने हो भने यो कुरा साँचो बन्नै पर्छ । त्यसैले न्युह्याम्प्रशायरको विशाल चुचुरोबाट स्बतन्त्रता गुञ्जोस । न्युयोर्कको शक्तिशाली हिमालबाट स्बतन्त्रता गुञ्जोस । एलगेनिज र पेन्सिल्मानियोको उचाइबाट स्बतन्त्रता गुञ्जोस । कोलोराडोको हिउँ ढाकेको रकी पर्वतमालाबाट स्बतन्त्रता गुञ्जोस । क्यानिफोर्नियाको सुडौल भिरालोबाट स्बतन्त्रता गुञ्जोस ।
तर त्यति मात्रै होइन । जर्जियाको ढुंगे पहाडबाट स्बतन्त्रता गुञ्जोस । टेनिसीको लुकाउट माउन्टनबाट स्बतन्त्रता गुञ्जोस । मिसिसिपिको प्रत्येक डाँडा, प्रत्येक ढिस्का, प्रत्येक पहाडको छेउबाट स्बतन्त्रता गुञ्जोस । स्बतन्त्रता गुञ्जोस ।
र यति भएपछि हामीले स्वतन्त्रतालाई गुञ्जन दिएपछि प्रत्येक गाउँ र साना गाउँबाट, प्रत्येक राज्य र सहरबाट स्वतन्त्रता गुञ्जन दिएपछि ईश्वरका प्रत्येक सन्तान, गोरा, काला, यहुदी जेन्टायल प्रोटेस्टेन्ट र क्याथोलिक सबैजना हातेमालो गरेर हब्सीहरुको पुरानो धार्मिक गीत “अन्त्यमा मुक्त, अन्त्यमा मुक्त, धन्यावाद सर्वशक्तिमान प्रभु । हामी अन्त्यमा मुक्त भयौ” गाउन सक्नेछौ ।