दलित बालबालिका विद्यालयबाट वञ्चित

परासी, पुस १९ – सबैका लागि शिक्षा अनिवार्य भनिए पनि यहाँका करिब १३ प्रतिशत दलित बालबालिका अझैं विद्यालय जान सकेका छैनन् ।जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय उमेरका ८७ प्रतिशत बालबालिका विद्यालय भर्ना देखिन्छन् । तीमध्ये पनि बीचमै पढाइ छोड्नेहरूको संख्या उच्च छ ।  कार्यालयका अनुसार गत शैक्ष्ािक वर्षको विद्यालय छोड्ने दर -ड्रप आउट रेट) १७ प्रतिशत रहेको छ । ‘ड्रप आउट हुनेहरूमध्ये अधिकांश दलित र जनजाति बालबालिका  छन्,’ कार्यालयका विद्यालय निरीक्ष्ाक शुक्रदेव नेपालले बताए ।

विद्यालय नगएका दलितका छोराछोरीहरू बाबुआमासँगै पुख्र्यौली पेसा गर्ने, मालिकको घरमा घरेलु कामदारका रूपमा काम गर्ने पाइएको छ । पहाडी दलितहरूभन्दा  मदेसी दलित बालबालिकाहरू बढी संख्यामा विद्यालय बाहिर छन् ।

विनोदनिता कण्डेल प्राथमिक विद्यालय बडहरादुबौलियाका प्रधानाध्यापक भोला विश्वकर्माका अनुसार गरिबीले गर्दा दलितका छोराछोरीहरू बाबुआमाले मजदुरीमा  खटाइने हुनाले विद्यालय भर्ना हुन नसकेका हुन् । ‘कार्यालयको तथ्यांकभन्दा ठूलो संख्यामा दलित बालबालिका विद्यालय आएका छैनन्,’ विश्वकर्माले भने- ‘विद्यालयमा  नाममात्र लेखाउने धेरै छन्, नियमित विद्यालय थोरै छन् ।’

दलित बालबालिकालाई विद्यालयमा आकर्षण गराउन केवल ५ सय रुपैयाँ छात्रवृत्ति रहेको छ । ‘योभन्दा प्रभावकारी र आकर्षण उत्प्रेरक भए दलित अभिभावकले  छोराछोरी विद्यालय पठाउँछन्,’ विकले भने ।

श्रोत : ईकान्तिपुर डट कम