जापानी दलित दुःख पोख्दै काठमाडौंमा

श्रीधर न्यौपाने, काठमाडौं। जापानमा पनि दलित! ए धनी भएर मात्र नहुने रहेछ हगीँ बुधबारको चिसो साँझमा ठमेलको ?जात्रा? रेस्टुरेन्टमा जम्मा भएका जापानी दलितलाई देखेर यसै भन्दै थिए नेपाली सहभागी।

जापानको निश्चित भू-भागमा बसोबास गर्ने ब्राकुर मासु काट्ने ! बेच्ने काम गर्ने समुदायका मानिसलाई अझै पनि जापानमा हेलाँभावले हेरिने गरिन्छ। परम्परागत रूपमै मासुको काम गर्दैआएका यी जातिको कुल सङ्ख्यामध्ये सात प्रतिशत अशिक्षित रहेका छन्।

जापानमा जातीय अस्तित्व, स्वास्थ्य शिक्षा र समान अधिकारका लागि लडाइँ लडिरहेका ब्राकु जातिका १४ जनाको टोली हालै नेपालमा दलितको आन्दोलनबारे बुझ्न आएका हुन्।

एक करोड २० लाख जनसङ्ख्या रहेको जापानमा करिब १० लाखको सङ्ख्यामा रहेका ब्राकु जातिले अहिले पनि आफनो जात लुकाएर काम गरिरहेको सहभागी जापानीले बताए।

आई यायामोथोको नेतृत्वमा आएका १४ जापानीलाई नेपाली दलित आन्दोलनमा सहयोग पुर्याइरहेको जागरण मिडिया सेन्टर र ब्लु डाइमन्ड सोसाइटीको सहयोगमा जात्रा रेस्टुरेन्टमा ?म्युजिकल डिनर?को व्यवस्था गरिएको थियो।

चर्चित युवा गणतान्त्रिक गन्धर्व गायक रुविन गन्धर्व, वर्ता गन्धर्व, अशेष डङ्गोल तथा माओवादी निकट साँस्कृतिक समूह सामना परिवारले जापानी पाहुनालाई गणतान्त्रिक गीत तथा संस्कारको प्रस्तुति देखाएका थिए।

नेपाली र विदेशी गरी जम्मा भएका करिब चार दर्जन व्यक्तिबीच भएको म्युजिकल डिनरमा जापानी दलित कम्युनिटीका सदस्यले भोग्नुपरेका दुःख-पीडाका बारेमा बोलेका थिए। जापानमा सामाजिक, आर्थिक, शैक्षिक, भेदभाव खेप्नुपरेको उनीहरूले बताए।

नेपाली दलित आन्दोलनको अध्ययन र ऐक्यबद्धताका लागि आएको जापानी दलित टोलीले आज बिहान होटल आर्किट त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरी नेपालबारे आफनो अनुभव पनि सुनाए।

नेपालको दलित आन्दोलन विश्व रुचिको विषय बनेको र अन्तराष्ट्रिय ऐक्यबद्धताका लागि जापानी टोलीले सहयोग गर्ने वचन दिएको दलित आन्दोलनका एक अगुवा सुवास दर्नालले बताए।

श्रोत : www.mahanagardaily.com