ढिलै भए पनि सरकारको घैटोमा घाम

रुविनलाई अध्ययनको लागि आर्थिक सहयोग 

जनआन्दोलन-२ (२०६२/०६३)का चर्चित गायक रुविन गन्धर्वलाई जनआन्दोलन-२ बाट स्थापित सरकारले अध्ययनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  

Ruvin Gandharva

रुविनले राजा ज्ञानेन्द्रको माघ १९ को शाहि प्रतिगामी पछि लगातार रुपमा राजा बिरोधि क्रान्तिकारी गित गाएर सबै जनतालाई उत्तेजना दिने काम गरेका थिए । उनले काठमाडौंका रत्नपार्क लगाएत आन्दोलन र सभा हुने सबै ठाँउमा गित प्रस्तुत गर्ने गरेका थिए । त्यस बेला उनलाई उनको एक सारङ्गीले साथ दिएको थियो । यस क्रममा उनी प्रहरीको खोरमा समेत पुगेका थिए । सात दल र नागरिकको शाही प्रतिगामी कदम विरुद्धको कार्यक्रममा रुविनले क्रान्तिकारी गीत गाउन पुगेनन् भने कार्यक्रम नै खल्लो हुनेसम्म गरेको थियो र उनको क्रान्तिकारी गीतले गर्दा जन आन्दोलन-२ले उदगम् विन्दुमा पुग्न अमुल्य भुमिका खेलेको थियो।

 त्यहि भुमिकाको कदर गर्दै सरकारले ढिलै भए पनि रुविनलाई सम्झिन पुगेको छ। रुविनलाई सरकाले आफूहरु सत्तामा पुगेको करिव ८ महिना पछि राजधानीमा बसेर गीत संगित अध्ययन गर्नको लागि नियमित रुपमा चार वर्षका लागि प्रति महिना रु ५ हजार प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।