साहित्यकार सरोज दिलुको हत्याको प्रयास

किर्तिपुर, पौष १३ (दिउसो ४:३५), साहित्यबाट दलित आन्दोलनमा कलम प्रबाह गर्दै, बिगत लामो समय देखि सञ्चार क्षेत्रमा कार्यरत सरोज दिलु बिश्वकर्माको हिजो साँझ करिब ६:३० बजे किर्तिपुर नगरपालिका वाड नं ३ स्थित ट्यांलाफाटमा नियोजित हत्या गर्ने प्रयास भएको छ । 

सरोज दिलु व्यक्तिगत कामको शिलसिलामा किर्तिपुर पुग्नु भएको थियो । कार्भे घर भई किर्तिपुर बस्ने रुपा शंकरमार्फत दिलुले आफ्नो काम गराउन लगाएका थिए । त्यहि कामको शिलसिलामा दिलुलाई रुपाले बोलाए पछि सम्बन्धित ठाँउमा लाने क्रममा बिच बाटोमा नियोजित रुपमा गुण्डा लगाई आक्रमण गरिएको थियो । उक्त आक्रमण गर्ने क्रममा गुण्डाले ह्याम्बर (घन) प्रयोग गरि ढालेका थिए । सो भन्दा अगाडि मोटरसाइकलको साँचो खोसि उनको जिउबाट मोवाइल सहित करिब १२ हजार समेत लुटिएको छ भने ह्याम्बर प्रयोगबाट टाउको, निधार र नाकमा गहिरो चोट लागेको छ । आक्रमण गरिए पछि सरोज दिलुलाई स्थानिय बासीको सहयोगमा उहाँलाई प्रहरी जिम्मा लगाई किर्तिपुर स्थित किर्तिपुर अस्पतालमा पुराईएको छ । यो ब्लगमा लेख्ने बेलासम्म उहाँ उपचारकै क्रममा अस्पतालमा हुनुहुन्छ । 

 click here full size

३ वर्ष अघि दिलुको “निलो आकाश कालो बादल” किताब पढे पछि रुपा सम्पर्क आई सामान्य परिचय भएको र त्यस पछि जागिर लगाई दिन भन्दै नजिकिने गरेको सरोज दिलु बताउनु हुन्छ । रुपाले किन हत्याको प्रयास गरेको हो त्यो खुल्न सकेको छैन ।  सरोज दिलु नेपालि दलित आन्दोलनमा लामो समय देखि लाग्नु भएको छ । उहाले दलित आन्दोलनलाई साहित्य, पत्रकारिता क्षेत्रबाट निरन्तर रुपमा सहयोग र लागि पर्नु भएको छ । उहाले जनउत्थान मासिकको सम्पादन समेत गरि सक्नु भएको छ भने उहाँका “रातै छ रगत हाम्रो पनि” (नाटक २०५७), “नीलो आकाश कालो बादल”(नाटक २०५७), “अधूरो प्रेम” (२०५२ भिडियो चलचित्र), “अतितका पाइलाहरु” (२०५६ टेलिचलचित्र), “ऊ फेरि फर्किदैन” (२०५७ टेलिचलचित्र), “अभिशप्त स्वरहरु” (उपन्यास) र उहाँको पछिल्लो कृति “संविधान सभाका बारेमा दलित समुदायले जान्नु पर्ने केहि कुरा ” साथै अन्य धेरै कृतिहरु पनि प्रकाशित र प्रदर्शन भई सकेका छन् । ।