छुवाछूतविरुद्ध कक्षा सञ्चालन

दैलेख, कार्तिक १२ – स्थानीय गैसस सामाजिक सेवा केन्द्र रावतकोटले जिल्लाका तीन विद्यालयमा छुवाछूत, लैङ्गकि भेदभाव, सुरक्षित मातृत्व र छाउपडी प्रथाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।
जिल्लामा व्याप्त छाउपडी र छुवाछूत भेदभावलाई अन्त्य गर्ने उद्देश्यले बाँसी गाविसको मालिका मावि, चामुण्डा गाविसको धर्मदेव निमावि र रावतकोट गाविसको पञ्चदेवल माविमा प्रत्येक शुक्रबार कक्षा सञ्चालन हुने गरेको छ । उक्त अतिरिक्त कक्षामा निम्नमाध्यमिक तथा माध्यमिक तहका विद्यार्थीहरूलाई पढाउने शिक्षकलाई प्रतिकक्षा असी रुपैयाँ उक्त संस्थाले आन्तरिक कोषबाट बेहोरेको अध्यक्ष हीरासिंह थापा बताउँछन् ।

श्रोत: कान्तिपुर दैनिक[2063-7-13]