माओबादीद्वारा दलित युवकलाई यातना

फिदिम, १० कार्तिक : माओवादीहरुले पाँचथरका एक दलित युवकलाई चोरी गरेको अभियोगमा कुटपिट गर्दै चरम यातना दिएका छन् ।

जिल्लाको पौवासारताक-७ राँकेबजारका २७ बर्षिय कान्छा तामाङ नामले चिनिने पदम सार्कीलाई कार्त्तिक ७ गते देखि ९ गरेसम्म नियन्त्रणमा लिएर माओवादीले कुटपिट गर्दै यातना दिएका हुन् । सार्कीले राँके बजारका कमल बुढाथोकीको होटेलबाट कार्त्तिक ६ गते राति नगद ३२ हजार सहित चालिस हजार रुपैयाँ चोरी गरेको आरोप लगाउँदै स्थानिय बासिन्दाले कार्त्तिक ७ गते इलाम वजारबाट पक्राउ गरी राँकेबजार ल्याएका थिए । स्थानीय बासिन्दाले आफ्नो कब्जामा लिएका सार्कीलाई माओवादी कार्यकर्ताले आफ्नो कब्जामा लिएर हातकुट्टा, शरिर र अनुहारका विभिन्न भागदउ कुटपित गर्दै तीन दिनसम्म यातना दिएको जानकारी पीडितले दिएका छन् ।

बुढाथोकीको होटेलबाट चोरी गरेको आरोपमा पक्राउ गरिएका सार्कीको शरिरमा खानतलासी गर्दा सात रुपैयाँ मात्र फेला गरेपछि माओवादीले बिहिबार मुक्त गरेका छन् । मुक्त गर्दा बुढाथोकीलाई सार्कीले ४० हजार रुपैयाँ भने तिर्नैपर्ने सरत राखेको पानि पीडितले बताए । पीडितले सो चोरी काण्डमा आफू संलग्न गभएको बताए पानि माओबादी कार्यकर्ता अर्जुनले भने उहाँलाई जनताले नै चोरीको अभियोगमा पक्राउ गरेकाले पार्टीले छानबिन गरेको बताउनुभयो ।

 श्रोत: अन्नपूर्णपोष्ट दैनिक[2063-7-11]