दलितले एकै थलोमा छठ पूजा गर्ने

बारा, कार्तिक ९ – यहाँका चार गाविसका दलितले यस वर्षको छठ पूजा एकै थलोमा मनाउने भएका छन् ।

उमजन, तेतरिया, खोपवा र पिप्राढी गाविसका दलितले यसरी छठपर्व मनाउने भएका हुन् । दलित नेटवर्क बारा र जनचेतना जागरण अभियानको पहलमा उनीहरूले उक्त निर्णय गरेका हुन् । नेटवर्कका संयोजक रूपनारायण पासवानका अनुसार दलित-दलितबीचको आन्तरिक विभेद अन्त्य गर्न उक्त कदम चालिएको हो ।

गाउँका कथित ठूला जातिले ‘पहिले आफूभित्र रहेको छुवाछूत अन्त्य गर’ भनी चुनौती दिने गरेकाले दलितहरू जागरुक भएको उनले बताए ।

श्रोत: कान्तिपुर दैनिक (२०६३-७-१०)