माथ्यु कहानेद्वारा डोटी घटनामा जोड

मोम बिश्वकर्मा

काठमाण्डौ, ३कार्तिक- संयुक्त राष्ट संघका उप-महासचिव श्री कुल चन्द्र गौतमले दिगो शान्ति र द्वन्द समाकगसउ लागि जोडदार आवाज उठाउदै आज राष्ट संघको ६१ औं दिवसको अवसरमा गुल्मिको शन्देस प्रस्तुत गर्नु भयो । उहाँले गुल्मीको विकासको लागि संयुक्त राष्ट संघीय निकायहरुले काम गर्नुपर्ने तथा गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजनालाई पुन: कार्यान्वयनका लागि समेत सहयोग गार्नुपर्ने धारण व्यक्त गर्नुभयो । नेपालको अवस्थाबारे उल्लेख गर्दै शान्ति स्थापनाका लागि नेपालिले आफै अगाडि सर्नुपर्ने समेत उहाँको धारणा थियो ।

आज नेपाल स्थित संयुक्त राष्ट संघिय निकायहरुले सम्माननिय उपप्रधानमन्त्रि श्री के पी ओली तथा सरकारी गैरसरकारी तथा नागरिक समाजका व्यक्तित्वहरुका साथ ६१ औं दिवस मनाए । उक्त अवसरमा आवासिय प्रतिनिध माथ्यु कहानेले डोटी घटना एउटा विशेष दलित विरुद्द मानव अधिकार हननको घटना भएको जनाउदै विभेद न्युनिकरणका लागि तत्काल कार्य गर्नुपर्ने जनाउनुभयो ।