तिहार सुरु, पशुपंछी पुजिन्छन तर मानव अपमानित

 dipawali063

कात्तिक गते । हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हिजोदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धनपूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुन्छ । पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगित गरी बहिनी यमुनाकहाँ पाँच दिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यता अनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ । हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ । यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ । यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । वैदिककालमा बलिराजाले आफ्नो राज्यभरि झकिझाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकोले यमपञ्चकभर तीनैलोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यस पर्वसँग जोडिएको छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म सैबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरण्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि बनने गरिन्छ । यमपञ्चकको दिन नेवार सम्प्रदायमा म्हःपूजा (आत्मपूजा) गर्ने प्रचलन छ ।

यसरी हिन्दु ग्रन्थहरुले पशु पंछीहरुको पुजा आरधाना, सम्मान गर्ने गरेको छ । यसरी हेर्दा हिन्दु धर्मले सबैलाई समान रुपमा ब्यवहार गर्ने जस्तो देखिन्छ । तर वास्तविकता त्यस्तो नभएर एकदम भयानक र दर्दनाक छ । यसरी हिन्दु धर्मालम्बीहरुले पशु पंछीलाई पुजा आजा गरी आफ्नो घर भित्र सहजै बसाल्न सक्दछन तर त्ही हिन्दु धर्मालम्बी समुदायका व्यक्तिहरुलाई बर्ग छुट्टाई विभेद गर्ने गरिन्छ । आफ्नो घरको सवाललाई यही छोडेर सार्वजनिक स्थलहरुमा समेत छुवाछूत तथा विभेद गर्ने गरिन्छ । यसरी हिन्दु धर्मालम्बीहरुको अनुसरण गर्दै नेपालका अन्य धर्मालम्बीहरु जस्तै : बौद्द, मुस्लिमहरुले पनि दलित समुदाय माथि छुवाछूत र विभेद गर्ने गरेको पाईन्छ । यस्तो विभेदकारी धर्म के सबैका लागि सर्वमान्य होला । पशु पंछीलाई सम्मान गर्ने तर आफू जस्तै मानवलाई पशुलाई भन्दा पनि तलको व्यबहार गर्ने धर्म के विश्व समुदायले अझ पनि स्विकारेकै हो त । हजारौ वर्षदेखि दलित समुदायले आफू अपमानित भएको आफ्नै आँखाले आफ्नै अगाडी पशु पंछीको पुजा आजा गरेकोबाट देख्दै भोग्दै आएको छ । यस्तो अपमानित घृणित, दर्दनाक, स्थिति अझ पनि दलित समुदायले कहिलेसम्म व्यहोरिरहने ।

जनआन्दोलन-२ ले स्थापित गरेको लोकतान्त्रिक सरकारले पनि दलित समुदायलाई “हात्ती आयो हात्ती आयो फुस्स” बनाई दिएको छ । जसरि जनआन्दोलन-२ मा सेतु बिश्वकर्मा, दिपक बिश्वकर्मा र चन्द्र बयलकोटीले आफ्नो जिवनलाई नेपालि समुदायको सर्वोत्तम हितका लागि सुम्पेका थिए, त्यसरी नै यस पालिको दिपावलीमा यि सहिद व्यक्तिलाई नेपालि समुदायले आफ्नै दाजुभाई र दिदी बहिनी सम्झि आफ्नो आत्माबाट भाई टिकाको टिका ग्रहण गर्ने र टिका लगाई दिई नेपाली समाजमा रहेको विभेदकारी संस्कारलाई अन्त्य गरि हामी सबै नेपाली भनि आपसी स्नेह, सत्कार र सम्मान गरौ ।