मन्दिर प्रवेशको विवाद अन्त्य

LOGO dalitonlinenews(RON)

दिपायल, ३१ असोज : दलित र गैर दलित बिचको शैलेश्वरी प्रवेश विवाद मंगलबार टुंगोमा पुगेको छ । विगत पाँच वर्षदेखि दलितहरु शैलेश्वरी मन्दिरमा पुजा गर्ने र गैर दलितहरुले यसलाई अवरुद्ध पार्ने गर्दथे ।

राजनिकतक दल, संघर्ष समिति, शैलेश्वरी विकास समिति, पत्रकारहरुको उपस्थितिमा सोमबार बसेको बैठकका आधारमा मंगलबार ओपचारिक कार्यक्रमको आयोजनामा दलित र गैरदलित बिच सहमति भएको हो । असोज १ गते आफूहरुबाट दलितमाथि भएको घटना, तोडफोड, पत्रकारमाथि भएको दुर्व्यवहारको पिडकहरुबाट आत्मआलोचन गरिएको छ ।

निर्णयमा शैलेश्वरी मन्दिरमा दलित गैरदलित दुवैले समान रुपमा पुजा गर्न पाउने, सैलेश्वरी बिकास समितिमा दुवैको प्रतिनिधित्व गराउने लगायतका सहमति थिए । मंगलबार दुवै समुहले तिता कुरा बिर्सी सामाजिक सदभाव र भाइचारा कायम गर्ने भनि हस्ताछार गरेका छन् ।

श्रोत : अन्नपूर्णपोष्ट दैनिक