आजको शिखर वार्ता पनि लम्बियो, दलित सहित पचासौं संघ संस्थाहरुको वार्ता स्थल अगाडी धर्ना

RONLOGO

असोज २६, (साँझ ४:३०)  सात दल र नेकपा माओवादिको आज बसेको शिखर् वार्ता पनि फेरिसर्‍यो । यस भन्दा अघी असोज २२ गतेबाट २४मा २४ बाट २६मा र २६ बाट पनि फेरी २९ गतेसम्मका लागि स्थगीत भएको छ ।  वार्ता स्थल प्रधानमन्त्री निवास बालुवाटार अगाडी वार्ता भैरहदा बाहिर हजारौको संख्यामा रहेका जनताले  बिभिन्न नार लगाइरहेका थिए । 

आज वार्ता स्थल अगाडी यस भन्दा अगाडीको वार्ता भैरहदा धर्ना दिने समुह र जनतको उपस्थिती तेब्बर भन्दा बढी रहेको थियो । उपस्थित सबैले आफ्नो शरिरमा प्ले कार्ड टाँसेका थिए । आज पहिलेको धर्नामा भन्दा केही भिन्न नारा र शैली प्रयोग गरिएको थियो । “अब आउने हप्तामा , गणतन्त्र सत्तामा”, “मोरियार्टी नेपाल छोड” “संबैधनीक आरक्षणको व्यबस्था गर” कहि कतै प्रधानमन्त्रीको राजिनामाको माग गरिएका नारा पनि सुनिन्थे भने केही समुहले भने गीतद्वारा आफ्ना कुरा राखिरहेका थिए :- ” लाल सिन्दुर सिउदैमा, गणतान्त्रीक सत्ता ल्याउनुछ यो आउने हप्तैमा” जस्ता गित गाइएका थिए । 
दलितहरुका संस्थाहरुमा दलित गैर सरकारी संस्था महासंघ र संयुक्त गणतान्त्रीक दलित मोर्चा नेपालको ब्यानर देखिन्थ्यो भने सम्पूर्ण दलित संघ संस्थाका व्यक्तिको उपस्थिती रहेको थियो । संबैधनीक आरक्षणको ब्यवास्था लागु गर, छुवाछूत प्रथा मुर्दावाद, मोरियार्टी नेपाल छोड,  हिन्दू सामन्ती ब्राम्हणवादी राजतन्त्र मुर्दावाद, समानुपातिक प्रतिनिधित्व सहित विशेषाधिकार ग्यारेण्टि गर, राजतन्त्र चाहिदैन जस्ता नाराहरु लगाइएका थिए ।