आजको शिखर वार्तामा दलितद्बारा धर्ना

dalitonlinenews(RON)
असोज २४, आठ राजनीतिक दलको २२ गते शुरु भएको शिखर वार्ताको दोश्रो बैठक शुरु हुन गईरहेको बेलामा आज प्रधानमन्त्री निवास बालुवाटारको गेट नं ३ मा दलित समुदायले धर्ना दिए । दलित समुदायको समस्याको बारेमा आठ राजानितिक दलको  ध्यान जाओस भन्ने उद्देश्यले धर्ना दिईएको थियो । 
धर्ना दिने क्रममा संबैधनीक आरक्षणको ग्यारेण्टी गर, समावेशी गणतन्त्र स्थापना गर, दलित समुदायको हक अधिकारको ग्यारेण्टी गर जस्ता नाराहरु पनि लगाईएको थियो ।

dalitonlinenews(RON)

धर्नाका धेरै फोटोहरु हेर्न यहाँ थिच्नुहोस