छुवाछूत अन्त्यका लागि सहभोजमा कसम

 RONLOGO


पर्वत, असोज २१ गते । जनआन्दोलनका बलले पुनर्थापित संसद्ले नेपाललाई छुवाछूत मुक्त मुलुकको रूपमा स्थापित गरे पनि मुलुकका कतिपय भागमा अहिले पनि जातीय छुवाछूतको अन्त्य भएको छैन । यस्तो अवस्थामा जातीय छुवाछूतको अन्त्य गरी दलित, अन्तरदलित र गैरदलितबीचको विभेद अन्त्य गर्न पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा सहभोज कार्यक्रमहरू सम्पन्न भएका छन् ।र् पर्वतमा दलितबीचको विभेद अत्य गर्न र दलितलाई सशक्तीकरण गर्दै जातीय विभेदको अन्त्य गर्नमा लागि केही वर्षता गाउँगाउँमा अभियानकै रूपमा यस्ता सहभोज कार्यक्रमहरू गरिँदै आएको छ ।

यस्तो अभियानअर्न्तर्गत पीपलटारी र खानीगाउँ गाउँ विकास समितिमा पनि सहभोज कार्यक्रम सम्पन्न भएका छन् । खानीगाउँस्थित स्थानीय महिला समूहको आयोजनामा भएको सो सहभोजमा गैरदलित र दलित समुदायका गरी करिब तीन सय जनाको उपस्थिति रहेको थियो । दलित जातिबीच नै बढी मात्रामा छुवाछूत रहेका कारण गैरदलितसँग भएको विभेद हटाउनका लागि पनि सो सहभोज आयोजना गरिएको समूहकी अध्यक्ष केशा परियारले बताउनुभयो ।

दलित र गैरदलितका बीचमा जस्तै दलित भनिने जातिहरूका बीचमा पनि छुवाछूत विद्यमान छ । पहिले दलित-दलितबीचको छुवाछूत हटाउने र पछि गैरदलितसँगको विभेद र छुवाछूत प्रथा अन्त्य गर्न सहज हुने आयोजकहरू बताउँछन् । दलित जातिमध्ये पनि दमाईलाई सबैभन्दा कनिष्ठ जातिको रूपमा हेरिँदै आइएकोछ भने विश्वकर्मालाई सबैभन्दा ठूलो जातिको रूपमा हेरिन्छ । विश्वकर्मापछि सार्की रहेको छ । यी दुबैले दमाईलाई छिटोसम्म हाल्ने गरेका छन् भने विश्वकर्माले पनि सार्कीले छोएको खाँदैनन् ।

खानीगाउँ गाविसमा आयोजना गरिएको सहभोज कार्यक्रममा बोल्दै नेकपा -एमाले)का जिल्ला सचिव मोतीप्रसाद पौडेलले राजनीतिक दलहरूले पनि जातीय छुवाछूतको अन्त्य गर्नका लागि कार्यक्रम नै बनाएर जानुपर्ने बताउनुभयो । दलित जनसमाजका अध्यक्ष दर्ुगाबहादुर दर्जीले लोकतान्त्रिक पार्टर्ीीले पनि सहभोजलाई बहिष्कार गर्न लागेकाले यसले उचित समयमा जवाफ दिनेछ भन्नुभयो ।

यसैबीच, पीपलटारी गाविसमा पनि दलित बस्तीमा चामल, पैसा उठाएर सहभोज कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा दलित र गैरदलित गरी करिब तीन सयजनाको सहभागिता रहेको थियो । पीपलटारीलगायत देउराली, दर्ुर्लुङ, खुर्कोट, पकुवा, खौलालाकुरी, खानीगाउँ, कटुवाचौपारी, चुवालगायतका १० गाविसका दलितहरू छुवाछूतको अन्त्य गरौँलगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर बोकेर र्‍यालीसहित सहभागी भएका थिए ।

कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूले सामुहिकरूपमा गिलासमा पानी राखेर हामी छुवाछूतको अन्त्य गर्र्छौँ भन्ने कसम खाएर उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेकपा -एमाले)का अञ्चल सदस्य गणेश पौडेलले छुवाछूत अन्त्य गर्नका लागि चेतनास्तरमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि शिक्षा विकास जरुरी भएको उहाँको भनाइ थियो । कार्यक्रमका अर्का वक्ता नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय सदस्य कृष्ण विकले राज्यले दलित महिलालाई हरेक सामाजिक क्रियाकलापमा समावेशीकरण गरेर लैजानुपर्ने कुरामा जोड दिनुभयो भने आत्मनिर्भर विकास मञ्चका रामकुमार सिंहले दलितहरूको प्रमुख समस्याको रूपमा छुवाछूत र बेरोजगारी रहेको बताउनुभएको थियो ।

श्रोत: गोरखपत्र दैनिक [ 2063-6-22 ]