छुवाछूत अन्त्यको प्रयास

RON LOGO नयाँ मुलुकी ऐन २०२० देखि सुरु भएको छुवाछूत मुक्त आन्दोलनले अहिलेसम्म पनि पर्ूण्ाता पाउन सकेको छैन । यस क्रममा जनआन्दोलन-२ को बलमा पुनर्स्थापित संसद्ले समेत नेपाललाई छुवाछूत मुक्त मुलुकको रूपमा स्थापित गरिसकेको र यस अघिका विविध कालखण्डमा भएका यस सम्बन्धी यावत प्रयाससमेत यस क्षण संझना गर्नैपर्दछ । तथापि हालसम्म पनि मुलुक पर्ूण्ातः छुवाछूत मुक्त भइसकेको छ भन्न सकिने अवस्था छैन । प्रकृतिको समान र सम्मानित सृष्टि मानिएका मानिस-मानिसबीच सङ्कर्ीण्ा र घृणित भेद दृष्टिका कारण एउटा भाइले अर्को भाइलाई अछुत मान्दै र ठान्दै आएका सबैलाई अनुभूत भएकै विषय हो । यसैको कारण एउटा नेपालीले अर्को नेपालीलाई धारा वा कुवाको र खोलाको पानी छोएको निहुमा हुन्छ कि मन्दिर प्रवेश गरेको बहानामा शोषित पीडित र प्रताडित हुँदै आउन परेको यथार्थ समेत हामी माझ छिपेको छैन । यस क्रममा नामै किटेर भन्नपर्दा हालै डोटीको शैलेश्वरी मन्दिरमा प्रवेश गर्ने केही भगवत प्रेमी नेपालीहरूले अर्का भगवान्को भक्तको आवरणमा मानवताको मुकुण्डोसमेत उघारेर प्रस्तुत भएका कथित उपल्लो जातका समूहबाट प्रताडित हुनु परेको घटनालाई नै लिन सकिन्छ । मुखले भन्न त सबै जातभात केही होइन । आफ्नै समान सृष्टिमाथि यस्तो असमान व्यवहारको नियम भगवान्ले बनाएका होइनन् । मानिस-मानिसबीचको विभेदको नीति र जातभातको प्रथा मानिसले नै बनाएकाले मानिसबीच आपसमा मिलेर यस्ता सङ्कर्ीण्ाताका पर्खाल भत्काउनु पर्छ भन्छन् र यसै बारेमा अनेक खाले आदर्श नारा, भाषण र गोष्ठी गर्न पनि पछि पर्दैनन् तर यथार्थमा जति बेला परि आउँछ त्यति बेला त्यस्तै वर्ग र समूहमा समेत यस्तो सङ्कर्ीण्ा विचार र व्यवहार बोकी हिंंड्नेहरू खोजिपसे नपाइएलान् भन्न सकिन्न । यस पर्रि्रेक्ष्यमा पर्वत खानी गाउँका स्थानीय महिला समूहले सहभोजको आयोजना गरी वर्षौंदेखि समाजमा कुरीतिको रूपमा कायम रहँदै आएको जातीय विभेद र छुवाछूत प्रथा उन्मूलनको कसम खाइएको घटनालाई उदाहरणीय प्रयास मान्नु पर्छ ।

निःसन्देह मानिस-मानिसबीच कोही पनि छुत र अछुत हुन सक्दैन । यस्तो नियम नर् इश्वरीय साम्राज्यमा भेटिन्छ न विश्वको धर्म, दर्शन र धार्मिक सम्प्रदायमा पाउन सकिन्छ । संसारकै प्राचीनतम धार्मिक कानुन र नियमको रूपमा लिन सकिने वेदमा समेत समानताको कामना गरिएको उदाहरण प्रशस्तै छन् । यस स्थितिमा कही कतै भेद दृष्टि र विभेदको पर्खाल देखिएका छन् भने त्यो निःसन्देह मानवधर्म र मानवसभ्यताकै उपहास हो भन्नै पर्ने हुन्छ । त्यसैले केही अव्यवहारिक मानिसले आफ्नो सङ्कर्ीण्ा स्वार्थ र लाभहानीको विषयलाई मूल मुद्दा बनाई कायम गराएका यस किसिमका घृणित र तुच्छ प्रथालाई अन्त्य गर्न मानव मात्रामै सहभोज हुँदै सहयात्राको थालनी गर्नै पर्ने हुन्छ । वास्तवमा ऐन कानुन र यस बारेमा भए गरिएका घोषणा मार्ग दर्शनका लागि मात्र हुन् । जतिबेलासम्म सामाजिक स्तरमै जनएकता कायम गरी कुप्रथा अन्त्यको होस्टे हैंसेको परम्परा बर्साईंदैन, त्यतिबेलासम्म ऐन, कानुन र संसदीय घोषणाबाट मात्र बढी आशा गर्नु सकिँदैन । यस पृष्ठभूमिका पर्वतका महिला समूहबाट सहभोजमा खाइएको छुवाछूत अन्त्यको कसम थप उदाहरण बन्न सक्छ र अन्य सबै क्षेत्रबाट पनि यस्तै प्रयास हुन पर्ने देखिन्छ ।

श्रोत: गोरखापत्र दैनिका