यस्तो पो नेपाली पहिचान

RONLOGO ज्ञानेन्द्र गौतम
२० असोज , मुलुकका विभिन्न भागमा बेलाबेलामा दलित मन्दिर प्रवेश गरेको बिषयलाई लिएर झगडा र कुटपिट भएका समाचार सार्वजनिक भैरहेकै अवस्थामा बाग्लुंगको बिँहु गाविसका बासिन्दाले भने उदाहरणिय काम गरेका छन्  ।  यहाँ दलितले बनाइदिएको एउटा मन्दिरमा पूजाआजा गर्न अहिले सबै जातजातिका व्यक्ती भेला हुने गर्छन् ।
बिँहु गाविस वडा नं ६ का जयभद्र बिश्वकर्माले आफ्नै लगानिमा निर्माण गराएको शिवा र भैरहवाको मन्दिरमा पूजाआजा गर्न हिजो आज गैरदलितको पनि भिड लाग्ने गरेको छ । यस मन्दिरमा गरा चण्डिपूर्णिमामा विशेष मेला लागेको थियो  । मन्दिर निर्माणका लागि दुई लाख रुपैयाँ खर्छ भएको र यो रकम सबै आफैले बेहोरेको बिश्वकर्माले बताउनुभयो  । उहाँले मन्दिरमा बालसिद्ध (शिव) र बालभैरव (भैरव )का छुट्टाछुट्टै मूर्ती प्रतिस्थापान गरिएको जानकारी पनि दिनुभयो । मन्दिरपरिसरमा एउटा सत्तल पनि निर्माण गर्न लागेको बताउनुभयो । 
आफू बिरामी हुँदा धेरै ठाँउमा उपचार गराउदाँ पनि निको नभएको तर मन्दिर निर्माण गरेपछि रोगा निको भएको उहाँले बताउनुभयो । उहाँले मन्दिर बनाउन आफूले ऋण काढ्नुपरे पनि मन्दिर भने जिल्लाभरिमा नै नमुना भएको बताउनुभयो ।

उहाँले मन्दिर बनाउन सुरु गर्दा निर्माण पुरा भएपछि त्यसको व्यवस्थापानका लागि समिती गठन गर्न सभै जातजातिलाई बोलाएको बताउनुभयो । ‘तर निकै कम मात्र उपस्थित भए’, बिश्वकर्माले भन्नुभयो । मन्दिर बनाएपछि भने सबै जातजाटिकाले नियमित पूजापाठ गर्ने गरेको देख्दा बिश्वकर्मालाई निकै खुशी लागेको छ ।

श्रोत : अन्नपूर्ण दैनिक