राजनीतिक समस्याको जातीय समाधान

 DalitOnlineNews(RON) with associate Dalit NGO Federation of Nepal

चन्द्र भण्डारी

सक्षम नेतृत्व सदैव विचारमा लागेको हुन्छ । त्यसैले ऊ जनताप्रति उत्तरदायी हुन्छ । क्षमताको अभावमा हुर्कने नेतृत्व जनताप्रति उत्तरदायी हुँदैन उसको शक्तिको स्रोत मात्र बन्दुक हुन्छ । यिनै बन्दुकेहरूको नेतृत्वले गर्दा कणर्ाली कणर्ाली नै रह्यो । हलिया, कमैया, राजी, बादी, दलित, सुकुमबासी, नागरिकताविहीन र महिलाको उत्थान समयको माग अनुसारको हुन सकेन । नेपालसँगसँगै स्वतन्त्र भएका दक्षिण कोरिया, थाइल्यान्डलगायतका देशहरू विकासको तेज गतिमा अगाडि बढेका छन् । नेपाल किन पछाडि पर्‍यो ? किन कलिला हातहरूले बन्दुक उठाई मर्न, मार्न तयार भए ? यी सबै परिणामहरूको जिम्मेवारी देश चलाउने जिम्मा लिएकाहरूले लिनुपर्छ । लामो समयदेखि राणा र शाहहरूको शासनबाट उन्मुक्ति पाउन थालेको यस अवस्थामा देश र जनतालाई नयाँ उत्साह थपी देश निर्माणमा लाग्ने समयमा धार्मिक र जातीय विवादमा होम्ने नियोजित त्रासपूर्ण काम गर्न खोज्नुको अभिप्राय के हो, फेरि विभाजन र शासन गर भन्ने चालबाजी ?हिन्दु धर्ममा ब्राह्मण, क्षत्री, वैश्य र शूद्रको व्यवस्था जन्मजात आधारमा नभएर गुण र कर्मका आधारमा गरिएको हो । यसको प्रमाण मनुस्मृति र गीताजस्ता ग्रन्थमा किटानीसाथ गरिएको छ । जन्मँदा सबै शूद्र, संस्कारले द्विज, वेदका अभ्यासी विप्र र ब्रह्म जान्ने ब्राह्मण हुन् भनेर मनुस्मृति कुर्लन्छ । यता श्रीमद्भगवद् गीतामा चार वर्णको उत्पत्ति गुण र कर्मका आधारमा गरेको छ भनेर श्री कृष्णको स्पष्ट मान्यता छ । यसर्थ राजा, रजौटाहरूले जन्मको आधारमा वर्ण व्यवस्थाको भेदलाई प्रोत्साहन गर्दै आएकाले आजको दुर्भाग्यपूर्ण स्थिति देखिएको हो । यसलाई शिक्षाको माध्यमबाट स्पष्ट गर्नुपर्छ । अशिक्षा र गरिबी सबैका शत्रु हुन् भन्ने कुरा मनन् गरिरहेको अवस्थामा देशको नेतृत्व गर्न तम्सिएका नेताहरूले जनतामाथि अन्याय गर्न र समाजमा पुनः रक्तपात मच्चाउनका लागि समय नसुहाउँदो नारा लगाउनु विकासको गतिमा अझ बाधा पार्नु हुन जान्छ ।

धर्म र जातिको नाममा संसारमा करोडौं मानिसको रगत बगेको छ । १४ सय ए.डी. देखि १५ सय ए.डी सम्म मुस्लिमहरूले ‘देहात’ र क्रिस्चियनहरूले ‘क्रुसेद’ का नाममा लाखांै मानिसको रगत बग्न पुग्यो । अमेरिका र दक्षिण अपि|mकाजस्ता देशहरूमा काला र गोराहरूबीचको द्वन्द्व बिस्तारै कम हुँदै गइराखेको छ । मुसलमान आफै भित्रको सिया र सुन्नी बीचको मारकाटले अहिलेको दुनियाँमा कोलाहल मच्चाइराखेको छ । सर्ब र अल्वानियन बहुल कोसोभोबीच जातीय राज्य कायम गर्ने सुरमा भएको द्वन्द्वले युगोस्लाभियाको अस्तित्व संकटमा परेको छ । विकसित देशको लाइनमा उभिन क्षमता राख्ने श्रीलङ्का सिंहली र तामिलबीचको साम्प्रदायिक द्वन्द्वले देश  तहस नहस भइरहेको छ । छिमेकी देश भारत जातीय र धर्मको नाममा विभाजित हुनुपर्‍यो भने अहिले कस्मिर र गुजरातमा भइरहेका जातीय द्वन्द्वले सयांै मानिसले दिनहुँ ज्यान गुमाइरहेका छन् । त्यस्तै लेवनानका हेजबुल्ला, पेलेस्टाइन र इजराइलबीचको द्वन्द्व, कोसोभोमा मुस्लिम र क्रिस्चियनबीचको द्वन्द्व अपि|mकी देशमा मच्चिएका जातीय लडाइँहरू साथै शुद्ध रगतको लागि हिटलरले यहुुदीमाथि गरेको नरसंहार मानव इतिहासका कलङ्क हुन् । संसारमा १९४५ देखि १९९० सम्म भएका द्वन्द्वहरू विचारका लागि भएको देखिन्छ । जुन प्रजातन्त्रवादी र साम्यवादीबीचको लडाइँ थियो । दुनियाँ दुई ध्रुवमा बाँडिएको थियो । जब रूसको साम्यवादी झन्डा ढल्यो संसारमा एक ध्रुवीकरण भयो । अहिले मुसिलम-मुस्लिमबीच, मुस्लिम र क्रिस्चियनबीच द्वन्द्वले मानव रगत बगिरहेको छ र यही पृष्ठभूमिमा आतङ्कवाद मौलाइरहेको छ ।

विकासको गतिले संसारलाई सानो बनाउँदै लगेको छ । कुनै एक देशको समस्याले अर्को देशलाई सीधै असर गर्छ । त्यसैले संयुक्त राष्ट्रसंघजस्ता स्थापित संस्थाहरूले जनताको हित र संरक्षणको लागि आफ्ना हात फैलाइरहेका छन् । सोही क्रममा नेपालको हिंसाको अन्त्यको लागि संयुक्त राष्ट्रसंघले पहल गरिरहेको छ । नेपाली जनताको सहभागितामा सफल जन आन्दोलन-२ को चाहना नेपालमा प्रथमतः शान्ति कायम गर्नु हो । तर जात, भात र धर्ममा विश्वास नगर्ने वर्गीय कुरा उठाउने कम्युनिस्ट पार्टी माओवादीलेे नेपालमा जातीय संघीय स्वायत्त शासनको कुरा गरिरहेको छ । देशलाई जातीयताको आधारमा ९ भागमा विभाजन गर्न चाहन्छ । अर्कोतिर हिन्दुवादीहरूले हिन्दु राज्य हुनुपर्छ भनेर आवाज बुलन्द गरिरहेका छन् । नेपालका अहिलेसम्मका धेरै शासकहरूले समस्या उब्जाएर शासन गर्न खोजे, समस्या समाधानमा आफ्नो भविष्य देखेनन् । सबै मिली समस्या समाधान गर्ने यस्तो महत्त्वपूर्ण घडीमा पुनः समस्या जन्माउन खोज्नु कति सान्दर्भिक हुन्छ होला ? जातिहरूलाई राज्य दिने हो भने १०१ जातिमध्ये कसलाई कुन राज्य कहाँ दिने ? फेरि हरेक निर्वाचन क्षेत्रमा विभिन्न जातजातिहरू, धर्म र संस्कृति मान्ने मानिसहरू एक अर्कोमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा बसिरहेका छन् । अन्तरजातीय विवाहलाई समाजले मान्यता दिइरहेको छ  । सबै धर्मका भगवानहरूलाई सबैले सद्भाव राख्छन् । लामो समयदेखि मिलेर बस्दै आएका यी जातिहरूलाई उनीहरूको स्वायत्त गणराज्यमा कसरी पठाउने ? त्यसैले समाजमा     नसुहाउने, जनता-जनताबीचमा मारकाट गराउने कुराहरू नेतृत्व वर्गबाट उठ्नु हुँदैन । भोटको नाममा जातीय द्वन्द्व गराएर नयाँ नेपालको निर्माण गर्न सकिँदैन त्यो त अत्यन्त निम्नस्तरको राजनीति हो ।

नेपालको मुख्य समस्या गरिबी, अशिक्षा मात्र नभएर नेतृत्वको दरिद्र चिन्तन र सामन्ती संस्कार पनि हो । कठ्यांगि्रएका हातहरूले दिएका मतहरूको मूल्याङ्कन प्राडो र पजेरो गर्न सक्दैनन् भने पृथ्वीनारायण शाहले एकीकरण गरे भन्ने नाममा संवेदनहीन उनका सन्ततीहरूलाई श्रीपेच लगाएर राखिराख्न पनि सकिँदैन । समयअनुसारको निकास खोज्न नसक्दा शान्तिपूर्ण यो देश आज द्वन्द्वमा होमिएको छ । द्वन्द्वको अन्त्यका लागि संविधानसभाको परिणाम सबैले स्विकार्ने सहमति हुँदाहुँदै पनि प्रक्रियामा सहमति नहुँदा वार्ता अवरोध हुने सम्भावना बढिरहेको छ । हाम्रोजस्तो गरिब देश दक्षिण अपि|mकामा संविधान निर्माणका लागि त्यहाँका प्रतिनिधिहरू जनताका घरघरमा पुगेका थिए । त्यहाँका महिलाहरूले घरेलु हिंसाका कुरा उठाएका थिए भने युवाहरूले रोजगारीका । सोहीअनुसार सरकारले गरिबीका रेखामुनिका जनताहरू बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्छ भन्ने सबैको माग थियो । कसैले पनि जातीय राज्यको कुरा उठाएनन् । न अल्पसंख्यक गोराहरूले छुट्टै राज्यको माग गरे ।

तर बिडम्वना हाम्रो देशमा किन कलिला हातहरूले बन्दुक बोकेका छन् भन्ने वास्तविकतालाई बुझ्दाबुझ्दै  सीमित व्यक्तिहरूलाई कुर्सर्ीमा राखिरहने षड्यन्त्रका लागि उठाइएका धर्मिक, जातीय नाराहरूले ग्रामीण क्षेत्रमा भनौं वा तल्लो वर्गको हित कहिल्यै हुन सक्दैन । काठमाडौंमा बसेर जनताको वास्तविक अवस्थामाथि खेलबाड गर्नेहरूले धर्म र जातको नाममा पुनः जनतामाथि शोषण गर्ने चाल गर्दैछन् । यो समय जाति र धर्मको नाममा विखण्डन ल्याउने समय होइन । सबैको पहलमा अन्तरद्वन्द्व हटाउने समय हो । त्यसैले जातको कुरा होइन वर्गको कुरा गर्नुपर्छ । गरिबीको रेखामुनिका जनताको समस्या समाधानको ग्यारेन्टी राज्यले लिनुपर्छ । त्यसैले नेपालको नयाँ बन्ने संविधानमा जनताको मौलिक अधिकारको ग्यारेन्टीको साथै जनता बाँच्न पाउने अधिकारको पनि ग्यारेन्टी  हुनुपर्छ ।

तसर्थ जनताका लागि राजनीति गर्ने राजनीतिक दलका नेतृत्ववर्गले चर्का नारामा भड्किएर नयाँ नेपाल बनाउन अभियानलाई पुनः द्वन्द्वमा फसाउन हुँदैन । अहिले नेपालमा सीमित वर्गका लागि लगाइएका नारा जुलुसहरू संविधानसभाका लागि सहयोगी नहुन पनि सक्छन् । नागरिकताको समस्याबाहेक नेपालका धेरै समस्याहरू गरिबीसँग जोडिएका छन् । जसको समाधानको लागि नेतृत्व वर्गले व्यक्तिगत, पारिवारिक र पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । दरबारको विरोध गरेर दरबारको श्रीपेच पार्टीगतरूपमा लगाएर अर्को राजा बन्न  खोज्नु प्रजातान्त्रको आचरणभित्र पर्दैन । यो देशमा अहिलेसम्म विचारभन्दा हतियार नै बलिया देखिएका छन् । विचारमाथि बन्दुक सोझ्याएर अझ पनि शासन गर्न खोज्ने हो भने १०१ जातिहरूका नाममा यो देशको विभाजन गर्दा कस्तो होला ? खबरदार ! नेताहरू हो संसारका सबै प्रकारका स्वाधीनताहरू कसैले खोस्यो भने पुनः लडेर लिन सकिन्छ तर सांस्कृतिक स्वाधीनता खोसियो भने फिर्ता गर्न सकिँदैन । त्यसैले क्षमता अनुसार बोल्ने गरांै ।

Resource: Kantipuronline.com