दलितद्वारा मन्दिरमा पुजाआजा

RONLOGOगुल्मी(रोनस्),  

असोज १५, सिमीचऔर मिलिजुली मूल समितिले आयोजना गरेको मन्दिरमा पूजाआजा कार्यक्रममा दुई सय भन्दा बढी दलित समुदायका व्यक्तीहरुले सिमीचऔर गाविस् वार्ड नं  ७ मा अवस्थित छ्त्रदेवी मन्दिरमा पूजाआजा सम्पन्न गरेका छन् ।
मूल समितीका अध्यक्ष चन्द्रबहादुर बिश्वकर्माद्वारा एक जोडी परेवा उडाइ शुरु गरिएको कार्यक्रममा दलितहरुले प्रसाद मन्दिर व्यवस्थापन समितिलाई हस्तन्तरण गर्नुका साथै टिका ग्रहण समेत गरेका थिए ।
यस मन्दिरमा दलित समुदायलाई मन्दिर प्रवेश तथा टिका ग्रहणमा समेत प्रतिबन्ध लगाउदै आईएकोमा यस वर्ष गाविस् स्थित दलित मूल समितिले मन्दिर व्यवस्थापन समिती समक्ष मन्दिर प्रवेश, प्रसाद तथा टिका ग्रहणमा दलितलाई रोक नलगाइनु पर्ने मागका साथ मन्दिर व्यवस्थापन समितिलाई पत्र बुझाए पछि दलित तथा गैर दलित समुदायले मिलिजुली पूजाआजा गर्ने निर्णय भएको थियो ।

हजारौ वर्ष देखि प्रतिबन्ध गरिदै आएको यस मन्दिरमा दलित समुदायले पूजाआजा तथा प्रसाद ग्रहण गर्न पाएकोमा नेपालमा लोकतन्त्रको साचो उदय भएको र छुवाछूत मुक्त राष्ट्र घोषणाको कार्यन्वयनमा यस कार्यक्रमले साहायता पुर्‍याउने कुरा समितीका अध्यक्ष चन्द्रबहादुर बिश्वकर्मा बताउनु भयो ।
दलितहरुले मन्दिरमा पूजाआजा गरेको बिषयमा कस्तो लागेको छ भनि सोद्धा त्यहाँकि स्थानिय बासी हिरादेवी ज्ञवालिले ठिकै लागेको तर बुढाअपाकाका लागि परम्परा बिपरित भएको भान भएको छ भन्नु भयो ।

यस भन्दा अगाडी २०५८ सालमा बडगाँउ गाविस् वार्ड नं ७ र ३ मा अवस्थित दरबार मन्दिर तथा खड्का मन्दिरमा बडागाँउ मन्दिर प्रवेश दलित संघर्षा समितिले गुल्मीमा मन्दिरप्रवेश गरेका थिए । उक्त मन्दिर  प्रवेश कार्यक्रम मोम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।