दलित आन्दोलन र मन्दिर प्रवेश

त्रिभुवनचन्द्र वाग्ले
प्रतिनिधिसभाले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दा रुन्चे स्वरमा कुनाकाप्चाबाट त्यसको विरोध गर्ने पीतवस्त्रधारीका केही प्रतिनिधि पात्र र प्रवृत्तिले डोटीमा ताण्डव नृत्य देखाउँछन् भने बुझनु पर्दछ । जमाना यस्तो पनि थियो हिन्दर्ुधर्मको असहिष्णुता देखेर म दिक्क छु भन्दै एउटै घोषणाबाट डा. अम्बेडकरसहित ५० औँ हजार भारतीय हिन्दु दलित क्रिश्चियन बनेका थिए । नेपालमा पनि त्यस्तै हुँदै गयो भने न डोटीको शैलेश्वरी मन्दिरको आकर्षा रहन्छ न नेपालमा ९० प्रतिशत हिन्दु जनताको बसोबास छ भन्दै हिन्दृु अधिराज्यको माग गर्ने पीतवस्त्रधारीहरूको चुरिफुरी धेरै समयका लागि टिक्ने छ । न रहेगा बाँस, नबजेगा बाँसुरी ।

फेरि पनि छुवाछूत घटनाका बारेमा लेख्नु परेको छ । जुन कुरा सुन्नै नपर्ने थियो त्यही विषयमा लेख्नु परेको छ । पहिलो कुरा त डोटीको शैलेश्वरी मन्दिरका देवताको मर्ूर्ति स्थानीय विश्वकर्माले बनाउनु भएको थियो भन्ने ऐतिहासिक जानकारी त्यहाँका कथित उपल्ला जाति भनाउँदाहरूले बुझनु पर्‍यो । यहाँ कवि भूपि शेरचनको शब्दैमा एउटा प्रश्न सोधिन सान्दर्भिक हुन्छ- देवताले मानिस बनाए कि मानिसले देवता बनाए । विश्व, ब्रहृमाण्डको उद्विकासको सिद्धान्तले भन्छ- मानिसले नै देवता बनाएका हुन् । समाजशास्त्री, मानवशास्त्रर्ीर् इबी टेलर भन्नुहोस् वा इमाइल दर्ुर्खिम सबैले भन्छन् मानिसले नै देवता बनाएका हुन् । यसपछि भन्नुपर्ने हुन्छ मन्दिर र त्यहाँका देवता बनाउनेहरूलाई नै मन्दिर प्रवेशमा रोक लगाउने निकृष्टहरू उपल्ला जातिका हुन सक्दैनन् । जातीय स्तरीकरणमा विश्वास नै गर्ने हो भने पनि मन्दिर प्रवेशमा रोक लगाउने कथित उपल्ला जातिका मानिसहरू कथित उपल्लाको नाममा अप्रगतिशील, असहिष्णु, असामाजिक र अवैज्ञानिक सोचले भरिएका जर्जर, असभ्य र भद्दा संस्कृतिका पोषक हुन्, शोषक हुन् । अन्यायी र अविवेकी हुन् । यी असभ्यहरूले जानी नजानी आफ्नै आँतका दाजुभाइलाई पाँच गाउँ दिन इन्कार गरिरहेका छन् । त्यसपछि भएको र हुनसक्ने महासङ्ग्रामको आँकलन गर्न सकिरहेका छ्रैनन् ।

उता डोटीमा मन्दिर प्रवेशमा रोक लगाइन्छ । यता काठमाडौँमा त्यसको विरोध गर्दा विरोधीहरूलाई जेल हालिन्छ । न्याय माग्न कहाँ जाने – जब राज्यले मुलुकी न्यायलगायतका संरचनामा जनतालाई विश्वास दिन सकिँदैन, परिणाममा जनता आफै राज्यको काम गर्न थाल्दछन्, त्यसको छनक पाइसकिएको छ । यस्तो अराजकता रोक्न राज्य बेलैमा कुम्भकर्र्णो न्रि्राबाट मुक्त हुनर्ुपर्दछ । न्रि्राबाट ब्यँुझिएन भने के हुन्छ – भन्ने सम्भावित खतराको कल्पना नगरौँ, गर्नु नपरोस् । यता प्रतिनिधिसभाले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दा रुन्चे स्वरमा कुनाकाप्चाबाट त्यसको विरोध गर्ने पीतवस्त्रधारीका केही प्रतिनिधि पात्र र प्रवृत्तिले डोटीमा ताण्डव नृत्य देखाउँछन् भने बुझनु पर्दछ । जमाना यस्तो पनि थियो हिन्दर्ुधर्मको असहिष्णुता देखेर म दिक्क छु भन्दै एउटै घोषणाबाट डा. अम्बेडकरसहित ५० औँ हजार भारतीय हिन्दु दलित क्रिश्चियन बनेका थिए । नेपालमा पनि त्यस्तै हुँदै गयो भने न डोटीको शैलेश्वरी मन्दिरको आकर्षा रहन्छ न नेपालमा ९० प्रतिशत हिन्दु जनताको बसोबास छ भन्दै हिन्दृु अधिराज्यको माग गर्ने पीतवस्त्रधारीहरूको चुरिफुरी धेरै समयका लागि टिक्ने छ । न रहेगा बाँस, नबजेगा बाँसुरी । हिन्दर्ुधर्मको ठेकेदार हुँ भन्नेहरूले बुझुन् कुल हिन्दुको जनसङ्ख्याबाट दलित सङ्ख्या घटाइएको शेष जनसङ्ख्याले हिन्दुका विकृत ठेकेदार र चिन्तकहरूको संरक्षण गर्न सक्दैन । होइन भने फेरि पनि कवि भूपिको शब्द शरणमा गएर भन्नु पर्दछ । यहाँ एक मात्र अम्बेडकर जन्मिए भने हिन्दुको सङ्ख्या टुथपेस्ट सकिएझैँ सकिन सक्छ, थाहा नपाउँदै सकिन्छ । यसरी सकिन्छ अन्त्यमा पेस्टको बट्टा नै फाल्नु पर्ने गरी सकिन्छ । त्यतिखेर दलितलाई शैलेश्वरी मन्दिरमा रोक लगाउने पीतवस्त्रधारीका प्रतिनिधि पात्र र प्रवृत्तिहरूको दर्ुदशाका कथाहरू कल्पना गर्नु नपरोस्, आउने पुस्तालाई सुनाउन नपरोस्, सुन्न नपरोस् ।

कुरा र हिसाब किताब राज्यसँग पनि राख्नु पर्ने भएको छ । यता राज्य सिंहदरबारबाट शासन केन्द्रको नाममा मुलुकलाई पटकपटक छुवाछूत मुक्त गर्दछ उता शैलेश्वरीमा छुवाछूत हुन्छ । शैलेश्वरीलाई सिंहदरबारको घोषणा लागू हुने हो वा होइन – लागू हुने हो भने महेन्द्रकालीन राष्ट्रिय पञ्चायतको कुरा छाडिदिउँ, वर्तमान र्सवशक्तिमान प्रतिनिधिसभामा मुलुकलाई छुवाछूत मुक्त गरिँदा टेबल ठटाउनेहरू डोटी काण्डका विरुद्ध सडकमा आउनु पर्ने हो । आएको देखिएन, सुनिएन । घोषणा मात्र समाधान थिएन, थियो भने समाधान २०२० मा नै आउँथ्यो । प्रतिनिधिसभा घोषणा, २०६३ तथा प्रतिनिधिसभाबाट मुलुकलाई छुवाछूत मुक्त घोषण गरिएको अवस्थामा पनि दलित समुदायमाथि यस्तो विभेद गरिनुले मुलुकका कानुनी राजको अभाव देखिएको छ । यो कुरा सिंहदरबारले नै बुझोस्, बुझेन भने उसैका लागि दुःखद हुने छ, अहिले यति मात्र ।

कुरा मन्दिर प्रवेश गर्न चाहने दलितहरूसँग पनि छ । तपाईहरूलाई मन्दिर प्रवेश गर्न नदिने असत्तीहरूको कर्ुकर्मलाई पनि हेरेर बसिरहने देउता नामका निर्अात्मा ढुङ्गालाई पुज्न किन लालायित हुनुहुन्छ – बोक्नु न टोक्नु को त्यो ढुङ्गोलाई पुज्नुको अर्थ के हो – तपाई अन्यायमा परिरहनु भएको छ, अर्को अन्याय गर्दैछ । यस्तो न्याय र अन्यायको करुणादायी अवस्थामा न रुनसक्छ न हास्न सक्छ, यो निर्अात्म्ाा ढुङ्गोलाई पुज्न किन मरिहत्ते गर्ने । आउनुहोस्, आजै ढुङ्गो नपुज्ने पुस्ताको निर्माण गरौँ ता कि पटक पटक पशुपति र शैलेश्वरी प्रवेशका लागि आन्दोलन गर्नु पर्दैन । जब ढुङ्गा नपुज्ने पुस्ता मुलुकमा वैचारिक र सङ्ख्यामा निर्ण्ाायक हुनेछन् तब कुनै पनि मानिसले प्रवेश नगर्ने र नपुज्ने पीडामा पशुपति, शैलेश्वरी वा यस्ता मन्दिरका देवताहरू शरीरमा अबिर र सिन्दूरको सट्टा झयाउ, लेउ र च्याउ उम्रिएको अवस्थामा हुनेछन् । शैलेश्वरी मात्र होइन, दक्षिणकाली पनि त मानव प्रवेशसहित जङ्गलमा परिणत हुनेछ । पाप र पुण्यमा निष्काम, निष्प्राण प्रतिक्रियारहित भगवान्को नियती एक दिन यस्तै हुनेछ । तर हामी सबैले बुझनु पर्ने के हो भने यी सबै काम भगवान् वा ढुङ्गा स्वयंले गराएको नभएर भगवान वा ढुङ्गाको नाममा केही पीतचिन्तकहरूको उपज हो । यसमा भगवान् वा ढुङ्गाको दोष के छ, यसमा हामी सबैको ध्यान जानु आवश्यक छ । भगवान् स्वयं वा ढुङ्गालाई अगाडि राखेर तर मार्न पल्केकाहरूको दोष कहाँ छ हामीले बुझनै पर्दछ ।

हुन त यसअघि पनि डोटीको शैलेश्वरी मन्दिर प्रवेशको सर्न्दर्भमा विवाद उत्पन्न हुने गरेका थिए । तर यसपटक २०६३ असोज १ गते दलित समुदायका केही व्यक्तिहरूले सो मन्दिर प्रवेश गरेको विरोधमा स्थानीय दलित तथा अन्य जातिका मानिसबीच विवाद उत्पन्न भएको थियो जसले राष्ट्रिय महìव पाएको छ । सरकारले यसबारेमा जाँचबुझ समिति गठन गरिसकेको छ । दोषीमाथि कडा कारबाहीको माग गर्दै राजधानीमा दिनहुँ भएका विरोधले अन्ततः एउटा आकार लिएको हो । यसलाई परिणाममा पुर्‍याउनु आवश्यक छ तर दलित राजनीतिक तथा सामाजिक सङ्घसंस्थामा राजनीतिक मसलाको खेती भइरहेको छ । सत्तामा रहेको दलित सङ्घ सरकारमा बसेका कारण सडकमा आउनुभन्दा ‘जिम्मेवार भएर’ सहमतिमा समस्या टुङ्ग्याउनु पर्ने चिन्तनमा सीमित छ । अर्को एउटा क्रान्तिकारी छ जसलाई शब्दकोषमा भएभरका क्रान्तिकारी शब्दको सहारामा शब्दबम पड्काउनु छ । कसैलाई गर्भे संविधानसभाको नारा बनाउनु छ शैलेशवरीको घटनालाई । यस्तै खेतीपातीमा संलग्न छन् । दलित एनजिओहरू भन्ने आरोप पनि त छ नि । यिनै विवाद र व्रि्रहबीच शैलेश्वरी काण्ड हराउनु हुँदैन, सप्तरी र सिराहा काण्ड जसरी । हुन त सो घटनामा संलग्नहरूलाई आवश्यक कारबाही गरिनु पर्ने माग राख्दै संयुक्त दलित सङ्र्घष्ा समितिले आन्दोलन गरेको थियो । कमसे कम संयुक्त दलित सङ्र्घष्ा समिति बन्नु मात्रलाई पनि भविष्यका लागि सुखद सङ्केतका रूपमा लिन सकिन्छ ।

लोकतन्त्रको पुनर्स्थापना भइसकेको अवस्थामा दलितमाथि कथित उपल्ला जातिका मानिसबाट मन्दिर प्रवेश गरेकै कारण गरिएको आक्रमण दलित समुदायको नैर्सर्गिक अधिकारविरुद्ध रहेकोमा सरकार र नागरिक समाजको बुझाई एकै हुनु पर्ने हो । हेरौँ, के हुन्छ । प्रतिनिधिसभाले मुलुकलाई छुवाछूतमुक्त गरेको घोषणालाई कार्यान्वयन गर्न नागरिक समाजले सरकारलाई कस्तो दबाब दिने हो त्यसको पनि हिसाब हुनेछ । नागरिक समाज भनेको सिंहदरबार प्रवेशमार्ग -दक्षिण ढोका) मा अपाल गर्ने यन्त्र मात्र होइन, डोटीतिर शैलेश्वरी छ र त्यहाँका दलितलाई जातका नाममा पीडित र अपमानित गरिन्छ भन्ने थाहा पाउने ‘तन्त्र’ पनि हुनुपर्‍यो ।

[ 2063-6-12 ]