शैलेश्वरी घटनाको विरोधमा धनगढिमा थाल जुलुस

धनगढी, डोटीको शैलेश्वरी मन्दिरको घटनालाई लिएर आज धनगढीमा थाल जुलुस् निकालीयो । जुलुस् चउराहा देखि क्याम्पस रोडसम्म पुगेको थियो । उक्त थाल जुलुसमा दलित संघ संस्थाहरु, भातृ संगठनहरु, नागरिकहरु गरी दुई सय भन्दा बढीको सहभागीता रहेको थियो ।
डोटीको प्रजिअलाई ब्रखास्त गर ,  पूजारीले राजिनामा दे, दोषीलाई कारबाही गर भन्ने मुल नाराका साथ उक्त जुलुस  क्याम्पस रोडमा पुगी  कोण सभामा परिणत भयो ।