औपचारिक रुपमा बडादसैं २०६३ शुरु

dashain29

नेपालीहरुको महान चाड बडादसैं २०६३ आज सनिवार घटस्थापनाको दिन देखि औपचारिक रुपमा सुरु भएको छ । नेपालीको महान चाड भएको कारणले शहर देखि गाँउसम्म्, केटाकेटी देखि बुढाबुढिसम्म रमाईरहेको देख्न पाईन्छ । आजै देखि दुर्गा देवीको मन्दिरमा नौ दिन सम्म बाजागाजाका साथ धुमधामसंग बिजया दशमी तथा बडा दसैं शुरु भयो ।
वडादसैंको अवसर पारेर एक अर्कामा शुभकामना आदन प्रदान गर्ने गरिन्छ । यही वडादसैंको अवसर पारेर धेरै मानिशहरु प्रदेशबाट घरसम्म आईपुग्छन । घरमा आई दुर्गादेवीको मन्दिरमा गई पूजाआजा गर्ने गर्दछन् । हाँसी खुशी रमाउने गर्दछन् । तर दलित समुदायका लागि यो शुनौलो र सहज भने हुने छैन् । किन कि धेरै दलित समुदायका व्यक्तीहरु अपमानित , घृणित , आलोचित र कुटाईसमेत खानु पर्ने अवस्था आउछ । 
अहिलेको ब्रह्माणवादी चिन्तनबाट ग्रसित नेपाल सरकारले नेपाललाई “छुवाछूत मुक्त देश” भनेर घोषणा गरेको छ । तर घोषणा गरेको केही महिनामै डोटीको शैलेश्वरी मन्दिरमा भएको घटनामा मुख दर्शन भएर हेर्ने काम गरिरहेको छ । अझै हेरौ अहिलेको लोकतान्त्रीक भनिने सरकारले कति दलित व्यक्ती, दलित समुदाय गाँउ छाडेर हिंडेको, कुटिएको, अपमानित , घृणित , आलोचित भएको मुख दर्शक भएर हेर्ने रहेछ ।

अहिलेको वडादसैंमा कति छुवाछूतका घटना बाहिर आउने हुन र कतिले न्याय पाउने हुन यो हेर्न बाँकी छ ।

dashain11