दलित विरोधी नाईके समातियो

शैलेश्वरी मन्दिर बिबादमा दलित बिरुद्धको आन्दोलनमा जुलुसको नेतृत्व गर्ने नाईके सरिफ श्रेष्ठलाई बिहिवार साँझ प्रहरिले पक्राउ गरेको छ ।(अन्नपूर्ण पोष्ट) घटना भएको १ महिना पछि मात्र प्रशासनले एक जनालाई समात्ने काम गर्‍यो । डोटी जिल्लाबाट दलितहरु बिस्थापित हुँदा समेत प्रशासनले राम हेरेर बस्ने काम भयो । अहिले बल्ल एक जनालाई समात्ने काम गरिएको छ । अरु अपराधीहरु कहाँ छन । तीनको पहिचान कहिले हुने हो त्यो नतिजा हेर्न कति समय लाग्ने हो । यो फेरी अर्को राम हुन सक्नेछ । किन कि पुलिस् प्रशासनमा पनि ब्रहामणवादी चिन्तनबाट ग्रसित मानिस् रहेका छन । 
जन आन्दोलन २०६२/०६३ द्वारा बनेको लोकतान्त्रीक नेपाल सरकारको त हबिगत हेरी सकियो । “छुवाछूत मुक्त देश” भनेर घोषणा गरेको केही महिनामै यती ठूलो घटना घट्दा समेत नेपाल सरकार , प्रधानमन्त्री, गृह मन्त्रालय, रक्षा मन्त्रालय कनमा तेल हालेर बसी रहे । 
अहिलेको सरकारले “छुवाछूत मुक्त देश” भनेर घोषणा गर्नुको कुनै स्वार्थ रहेको छ जस्तो मलाई लागेको छ । त्यो स्वार्थ के हुन सक्छ भने छुवाछूत मुक्त देश घोषणा गरे पछी दलितहरुलाई आरक्षण दिनु पर्दैन र त्यो आरक्षण नदिए पछी आरक्षण कोटा जाने कोटामा फेरी पनि ति ब्रहामणबादी सोच र चिन्तन भएका व्यक्तिलाई सुरक्षित हुने भयो  । र दलितहरुलाई फेरी पनि कुल्ची हिंड्न सकिने भयो । यसरी ब्रहामणवादी चिन्तन भएका दुष्टहरुले दलितहरुलाई जहिले पनि तल पार्ने जाल खेली रहन्छ्न । त्यसैले मैले भन्छु : “जुन दिन राज्य सत्तामा ब्राह्मणवादको अन्त्य हुन्छ, त्यस बेला मात्र पछाडि परेका वर्ग समुदायको मानव अधिकारको संरक्षण, उत्थान विकास र परिवर्तन हुन्छ।”