आज मन्त्री क्वाटरमा धर्ना

आज बिहान ७:३० बजे देखि करिब ९ बजेसम्म पुलचोक मन्त्री क्वाटर अगाडी संयुक्त संघर्ष समितिले धर्ना दिईयो । समितिले धर्ना दिई बाटो छेके पछि हिजो राजिनाम माग गरिएका गृहमन्त्री तथा सरकारी बार्ता टोलिका संयोजक गाडीबाट ओर्लिएर आज १२ बजे संघर्ष समितिलाई समय दिई भोली हुने क्यबिनेट बैठकमा यसको जानकारी गराउने, कुरा उठाउने र यस समितिको आन्दोलनमा आफ्नो पूर्ण एक्यबद्धता रहेको र आज पनि यस्तो ब्यवहाँर हुनु लज्जास्पद कुरा भएको जानकारी दिनु भयो, त्यसै गरी अर्का दुई वार्ता टोली सदस्य हरुले पनि आफ्नो यसमा पूर्ण समर्थन रहेको र यो कुरा क्यबिनेट बैठकम उठाउने जनाउनु भयो ।

आजको धर्नामा एउटा नयाँ नारा थपिएको छ । त्यो पहिलेका धर्ना तथा कार्यक्रममा लगाईएको थिएन । त्यो हो : विभेद कारी न्यायधिस् बगालेलाई कारबाही गर । भने धर्ना दिने मासले आज मन्त्रीहरुलाई यदि कार्यन्व यन गर्न यो सरकाराले सक्दैन भने “छुवाछूत मुक्त देश” घोषणा सरकारले आजै नै फिर्ता लिईयोस् भनेका थिए ।

अहिले संघर्ष समितिको बैठक चलिरकेको छ ।