आज पनि शैलेश्वरी मन्दिरको विरोधमा काठमाडौंमा प्रदर्शन, बालुवाटारबाट कम्तिमा ४० गिरफ्तार

शैलेश्वरी मन्दिरको विवाद झन झन चरकी रहेको अवस्थामा नेपाल सरकारले बालुवाटारमा विरोध गरिरहेका दलित संघ संस्थाका कार्यकर्ता, नेताहरुलाई आज ९ बजे कम्तिमा ४० जनालाई गिरफ्तार गरी महाराजगन्जको शसत्र प्रहरि तालिम केन्द्रमा राखेको छ ।
गिरफ्तार हुनेहरुमा दलित गैसस महासंघका महासचिवा बोमबहादुर बिश्वकर्मा, सचिव तेज सुनार्, दलित महिला संघकी अध्यक्ष दुर्गा सोब्, मुक्ती समाजका महासचिव जितु गौतम, भूपु मन्त्री लालबहादुर बिश्वकर्मा, भूपु अन्तरिम संबिधन मस्याउदा समिती सदस्य मिनवहादुर बिश्वकर्मा, दलित सेवा संघका अध्यक्ष गजाधर सुनार, एनएनडियसडब्लुओका देव नारायन घतानी, नेपाल दलित संघ प्रजातान्त्रिकका शम्भुहजारा पासवान, ल्यानकाउका अध्यक्ष रत्नवहदुर बागचन्,  मुक्ती समाजका सुन्दर बिश्वकर्मा गन्धर्ब कला संगठनका गणेश गान्धरि लगायत रहेका छन ।

त्यसै गरी अहिले सिंह दरबारको दक्षीणी गेटमा विरोध प्रदर्शन भैइरहेको छ ।

अरु समाचाराको लागिकेहि बेर पर्कनुहोस् ।