शैलेश्वरि मन्दिरको विवाद

मन्दिर प्रवेशको विवादमा झडप पाँच दर्जन घाइते विमल विष्टडोटी डोटीको सिलगढीमा आइतबार बिहान दलित भनिने समुदायका व्यक्ति र गैरदलितबीच झडप हुँदा पाँच दर्जन दलितहरू घाइते भएका छन्। डोटीको प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने शैलेश्वरी मन्दिरमा आइतबार बिहान दलितहरू प्रहरीको सुरक्षामा प्रवेश गरी पूजाआजा गरी फर्किएपछि सिलगढीका गैरदलितहरूले त्यसको विरोध गरेका थिए। सो क्रममा दलित र गैरदलितबीच बिहान करिब ११ बजे झडप भएको थियो। हातमा हँसिया, बाँसका भाटा, बोतल र ढुंगामुढा लिएर सडकमा निस्किएका दलित र गैरदलितबीच सिलगढी बजारमा झडप हुँदा दर्जनौं गम्भीर घाइते भएका थिए। डोटीस्थित दलित संस्था समविकास केन्द्र (इडीसी) र दलित महिला संघ (फेडो) को कार्यालयमा गैरदलितको भीड पसी कार्यालयमा रहेका दुइ मोटरसाइकल, कम्प्युटर, साइनबोर्ड, सूचनापाटी र कार्यालयका टेबुल, कुर्सी तोडफोड गरिदिएका छन्। शैलेश्वरी मन्दिरमा पूजाआजा गरेर राधाकृष्ण मन्दिरमा पूजाका लागि तयारी गरिरहेकै बेला विभिन्न हतियारसहित आएका गैरदलितले आक्रमण गरेको जिल्ला दलित नेटवर्क डोटीका अध्यक्ष अधिराज बिसीलाई उद्धृत गर्दै धनगढी संवाददाता कर्ण शाहले जनाएका छन्। बिहानैदेखि मन्दिरआसपासमा प्रहरी परिचालन गरिएको भए पनि दलितमाथिको आक्रमण रोक्न प्रहरीले प्रयास नगरेको आरोप दलितहरूले लगाएका छन्। गैरदलितको आक्रमणबाट पाँच दर्जन दलित घाइते भएका छन्। गैरदलितहरूले दिनभरि सिलगढी बजार बन्द गरेर दलितलाई खोज्दै कुटपिट गरेको बताइएको छ। आक्रमणबाट घाइते दलितहरू आइतबार साँझसम्म पनि अस्पताल पुग्न सकेका थिएनन्। दलितहरूमाथि आक्रमणपछि गैरदलितहरूको समूहले दलितको पक्षमा लागेको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरी नाराबाजी गरेका थिए। दिउँसो करिब १२ बजे प्रशासन कार्यालयमा समेत ढुंगामुढा प्रहार गरेपछि प्रशासनभित्र रहनुभएका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ढुंगा प्रहारबाट मोतिसिंह धामीसहित सात प्रहरी घाइते भएका छन्। प्रनाउ धामीको हातमा र अन्य प्रहरीको टाउको तथा शरीरमा चोट लागेको छ। गैरदलितहरूले दिनभरि प्रशासन र दलितविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले चोकचोकमा जम्मा भएर दलितहरूलाई हिँड्डुल गर्नसम्म निषेध गरेका थिए। नेपालसमाचार पत्र दैनिक 

जातीय  विवादमा डोटी बजार तनावग्रस्त   डोटी । असोज १ गते , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राजनैतिक दल, शैलेश्वरी मन्दिरका पुजारीहरू र दलीत संर्घष सिमितिका प्रतिनिधिहरू बसी मन्दिर प्रवेशका सम्बन्धमा गरिएको निर्णय प्रति आपत्ती जनाउँदै ०६३ असोज १ गते बिहान ९।०० बजे डोटी जिल्लाको दिपायलसिलगढी नगरपालीका स्थित सिलगढीका स्थानीय गैर दलितहरूको एक समूहले विरोध प्रदर्शन तथा तोडफोड गरको छन् । जिल्ला प्रशासन कार्यालय डोटीमा सर्वपक्षिय छलफलपछि दलितहरूले पनि गैर दलित सरह मन्दिर प्रवेश गर्न पाउने, शैलेश्वरी क्षेत्र विकास समितिमा दलितको पनि सहभागिता गराउने, मन्दिरमा पुजा गर्दा कसैले भेदभाव गरेको खण्डमा निजलाई कानुन बमोजिम कारवाही गर्ने जस्ता निर्णयहरु ०६३ भदौ ३१ गते भएको थयो । उक्त निर्णय सार्वजनिक भएपछि गैर दलितहरूकै समूहले सोही राति नै शैलेश्वरी मन्दिरमा अर्को ताला लागाई मन्दिर प्रवेशद्वार नै बन्द गरेपछि प्रहरी नायब उपरिक्षक मोतीराम धामीको नेतुत्वमा ०६३ असोज १ गते बिहान मन्दिरको ताला तोडी दलितले पनि पुजा आजा गरेका थिए । यसरी मन्दिरको ताला तोडी दलितलाई पुजाआजा गर्न दिएको र बारवरेलाका जनताको भावना विपरित निर्णय भई कार्य भएको भन्दै ०६३ असोज १ गते बिहान दुईतीन सयको संख्यामा रहेका गैर दलितहरूको एक समूहले सिलगढी बजारमा नाराबाजी गर्दै सिलगढी स्थित दलित गैर सरकारी संस्था को कार्यालयमा तोडफोड गरे ।तोडफोड पछि आक्रोशित भिडले दलीतले मन्दिर प्रवेश गर्न पाइदैन्, दलितको पक्षमा काम गर्ने प्रहरी नायब उपरिक्षक चाहीदैन्, मानवअधिकार सँस्था खारिज गर, पत्रकार सत्य तथ्य लेख, धर्म मास्न पाइदैन् जस्ता कानुन विपरित नाराहरू लागाउदै जिल्ला प्रशासन कार्यालय तर्फअगाडि बढेको थियो । जिल्ला प्रशासन कार्यालय तर्फअगाडि बढी रहेको आक्रोशित भिडलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी नायब उपरिक्षकलगायत ६ जना प्रहरीहरू घाइते भएका छन् भने आन्दोलनकारीतर्फस्थानीय पुजन श्रेष्ठ, सृष्टी श्रेष्ठ र राज श्रेष्ठ सामान्य घाइते भएका छन् । घाइतेहरूको उपचार डोटी अस्पतालमा भइरहेको छ । दलितले मन्दिर प्रवेश गर्न पाउनु हुँदैन भनी स्थानीय गैर दलीतहरूले अहिले पनि सिलगढी बजार बन्द गाराएका छन् भने सो क्षेत्रमा कार्यरत मानवअधिकारवादी र पत्रकारलाई समेत विभिन्न प्रकारका धम्कीहरू दिइरहेको बुझिन आएको छ । सोहीक्रममा गोरखापत्रका रिपोर्टर सिद्धराज उपाध्ययलाई समेत गैरदलितहरूले हातपात गरेका छन् ।डोटी जिल्लाको सदरमुकाम सिलगढी स्थित शैलेश्वरी मन्दिर नजिकै रहेको शिवालय मन्दिरमा ०६३ भदौ ११ गते बिहान तीजको व्रत बसी पूजाआजा गर्न गएका दलित महिलाहरू माथि पुजारीले अभद्र व्यवहार गरी गालीगलौच गरेका थिए । माथिल्लो जातकाले मात्र पुजा गर्ने ठाउँमा दलितहरूले पनि पूजा गर्न हुन्छ भनी हेपेर दलित महिलाहरूले लगेको पूजाको थाल समेत पुजारीले फालिदिएका थिए । यसै सवाललाई लिएर दलित महिलाहरूले आफुहरू माथि दुर्व्यवहार र अपमानजनक व्यवहार भएको भनी रोमी गहतराज र तमन्ना नेपाली लगायतका दलित महिलाहरूले दोषीलाई कारवाही गरिपाउँ भनि जिल्ला प्रशासन कार्यालय डोटीमा पुजारी र केही गैर दलितका विरुद्धमा उजुरी दिएका थिए ।  इनेपालन्युज् डट कम  

मन्दिर प्रवेश गर्दा दलित कुटिए : वेष्टनेपाल डट कम डट एनी   

दलित माथि ढुंगामुढा, पचास जना घाईते : अन्नपूर्ण पोस्ट दैनिक