दलित महासंघको आपत्ति

आज दलित गैर सरकारी संस्था महासंघले दाङ जिल्ला अदालतका न्यायधीस हरिप्रसाद बगालेले अदालतकै परिसरमा गरेको जातिय छुवाछूतको घटनाको बारेमा प्रेस बिज्ञति निकालि जातिय छुवाछूत गर्ने निज न्यायधिस् बगालेलाई सार्वजनिक अपराध गरे सरह दण्ड सजाय गर्न नेपाल सरकरसंग माग राखेको छ । दलित गैर सरकारी संस्था महासंघको प्रेस बिज्ञतिको व्यहोरा यस्तो रहेको छ।

मिति : २०६३ भाद्र ३०

श्रीमान सम्पादक ज्यू,

प्रेस विज्ञप्ती

दाङ जिल्ला न्यायधीस हरिप्रसाद बगालेले अदालतकै परिसरमा गत भाद्र २६ गते दलित समुदायका कर्मचारीहरुलाई भेदभाव तथा छुवाछूतको व्यबहार गरेका छन । अदालतका कर्मचारी भक्तबहादुर बिश्वकर्मा र हस्तहादुर नेपालीलाई न्यायधीस वगालेले आफ्नो बुवाको सरादको प्रसाद अरु सबैलाई बितरण गरेको र निजहरुलाई नदिनु भनेको र भोली पल्ट किन हामीलाई प्रसाद वितरणमा भेदभाव गरियो भनि भक्तबहादुर बिश्वकर्मा र हस्तबहादुर नेपाली जाँदा मेरो व्यक्तिगत कुरा हो म दलित र नछुने भएको महिलालाई  पूजाको प्रसाद खान दिन्न भन्ने न्यायधीसको भनाई प्रती यस दलित गैर सरकारी संस्था महासंघको गम्भिर ध्यान आकर्षण भएको छ । 
न्याय दिने न्यायधीसले  नै सरकारी कार्यालयमा यसरी भेदभाव गरिनु अत्यन्तै घ्रीणित र खेद जनक कुरा हो । यस्तो व्यवहार  गर्ने नीज न्यायधीसलाई नेपाल सरकारले सार्वजनिक अपराध गरे सरह दण्ड सजाय होस् भन्ने जोडदार माग राख्दै यस प्रकारको जातिय भेदभाद विरुद्व लाग्न सम्पूर्ण तह र तप्काका जनसमुदाय प्रती  हार्दिक अपिल गर्दछौं ।

तेज सुनार
सचिव