के जनताले माफी माग्दा हुदैन?

भाद्र २३ गते लमजुङ स्थानेश्वर गाविसको घटनामा दलित् युवा सन्तबहादुर बिश्वकर्मा हत्या काण्डमा सन्तबहादुर निर्दोश रहेको नेपाल मानव अधिकर संगठनको प्रतिवेदनले  जगएको छ भने स्वयम् माओवादीहरुले पनि गल्ती स्विकारेका छन् ।

त्यस पछि माओवादीहरुले प्रेस विज्ञप्ति जारी गरि सन्तबहादुर बिश्वकर्माको हत्या भुल बश भएको भनि आत्मालोचना गरि सन्तबहादुर परिवारलाई उचित् क्षेतिपूर्ति दिने जनाएको छ। माओवादीले गरेको जुन सुकै काम पनि छुट् हुन्छ? सन्तबहादुरलाई मार्ने व्यक्तिलाई पार्टीबाट निष्कासन गरेर मात्र पुग्छ? सन्तबहादुरका परिवार आमा, श्रीमती र २ सन्तानको पालन पोषण, शिक्षा दिक्षा गराउने, स्वास्थ्य उपचार गराउने आदि जिम्मा कस्को?

दलित, गरिब, उपेक्षित, किसान जस्ता वर्ग समुदायका लागि हो भनेर ढोल ठोक्दै हिड्ने माओवादीको यस्तो व्यवहार कति उचित अनुचित हो यो सवाल माओवादीलाई छोडौं । तर यो अचम्म लाग्दो कुरा जनताले आफ्नो सोही सत्य कुरा भन्न पनि नपाउने, आफ्नो गल्ति स्विकारेर माफी माग्न पनि नपाउने तर माओवादीले भने जे गरे पनि प्रेस विज्ञप्ती मार्फत आत्मालोचन गर्ने र माफी माग्ने काम गर्न हुने? यस्तो अवस्था कहिलेसम्म?

अर्को आश्चर्यको कुरा

भाद्र २३ गतेको सनसनी पूर्ण अमानविय दलित युवा सन्तबहादुर् बिश्वकर्माको हत्या !
नेपाल सरकरका दलित विकास समिति र राष्ट्रीय दलित आयोग अनि नेपालि दलित गैर सरकारी संघ संस्था र दलित नेताको शुन्य प्रतिकृया !!