सन्त बहादुरलाई माओवादीले कुटिकुटि मारेको ठहर

नेपाल मानव अधिकार संगठनले लमजुङ्को स्थानेश्वर गाविसमा गत २३ भाद्रमा भएको सन्तबहादुर बिश्वकर्माको हत्याका सम्बन्धमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनले चोरिका आरोपमा माओवादिका मिलिसियाले घरबाटै नियन्त्रणमा लिएका २६ वर्षिय विश्वकर्मालाई माओवादिले कुटिकुटि मारेको ठहर गरेको छ ।

दु ई दिन अघि ४० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले घरबाटै लिएर गएका विश्वकर्मालाई आरोप प्रमाणित गराउन यातना दिँदा २३ भाद्रमा मृत्यु भएको थियो । विश्वकर्मासितै माओवादि नियन्त्रणमा पुगेका कुमार परियारलाई भने माओवादिले रिहा गरिसकेका छन् । विश्वकर्मालाई यातना दिँदा उनी चिच्याएको गाउँलेहरुले समेत सुनेको प्रतिवेदनमा उल्लेख छ ।

संगठनले युद्द्दविराम र वार्ताका समयमा माओवादीका तर्फबाट भएको सो हत्या मानव अधिकारको घोर उल्लंघन भएको ठहर गर्दै सरकर-माओवादी २५ बुँदे आचारसंहिताको बर्खिलाप भएको समेत जनाएको छ । संगठनका उप-महासचिव प्रतिमा मुडभरीद्वारा हस्ताक्षरित प्रतिवेदनमा दोषीमाथि कडा कारवाही गर्न माग गरिएको छ ।

श्रोत : राजधानी दैनिक