दलित हत्यामा माओवादीद्धारा आत्मआलोचना

काठमाडौं, भदौ २६/गतहप्ता माओवादीले लम्जुङ स्थानेश्वरका एक दलित सन्तवहादुर विकलाई निर्ममतापूर्वक हत्या गरेपछि हत्यामा गम्भीर त्रुटी भएको भन्दै माओवादी जिल्ला समिति लमजुङले आत्माआलोचना गरेको छ । स्थानीय जनताहरुले माओवादी नियन्त्रणमा लिएका लिएका थिए । लमजुङका जिल्ला जनसरकार प्रमुख बुद्धिराम तमुले विज्ञप्तिमार्फ् हत्याकाण्डमा दोषी ठहरिएका जनमिलिसिया कमाण्डर गगन र मोहनलाई निलम्बन गरिएको जानकारी दिनुभएको छ ।मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताउँदै विज्ञप्तिमा जनमिलिसियाको नियन्त्रणमा रहेका कास्की भाचोकका कुमार परियारको सिफारिसमा सन्तबहादुरको हत्या गरिएको जनाइएको छ ।

र्सवहारा वर्गको नेतृत्व गर्ने भन्ने माओवादीका नेता प्रचण्डले आफु धेरै खाएर रातो पिरो भएको र शरीर घटाउने तिर लाग्ने वताउदै गर्दा उसका कार्यकर्ताले विहान वेलुकी छांक टार्न धौ धौ परिरहेको यस परिवारका घर मूलीलाई यसरी मारेको थियो । तपाईले प्रचण्डका मुखमा सुनेका जनता जनता जनता भन्ने शव्दमा यी निम्नस्तरका जनता पर्ने हुन की होइन -?माडीमा ३९ जना निर्दोष जनता मारिदा ३ दिन सम्म सुत्न र खान सकिन भन्ने प्रचण्डको नौटकी हो की होइन ? मानिसको निम्नतम् वाच्न पाउने अधिकारलाई यसरी खतम गरे पछि आत्मआलोचनाको के औचित्य रहन्छ –स्थानीय जनता प्रश्न गरिरहेका छन

 

भदौ १६ गते माओवादीको तालिमकेन्द्रबाट हातहतियार र गोली चोरेर भागेका कुमार परियारलाई भदौ १८ गते गाउँलेले समातेर माओवादीलाई बुझाएका थिए । कुमारलाई अझै पनि माओवादीले कडा यातना दिइरहेको बताइएको छ ।

श्रोत: www.enepalnews.com