विवादका कारण डीएफआईडी कार्यक्रम फिर्ता

घनश्याम गौतम

गुल्मी, भदौ २० – बेलायतस्थित अन्तर्रर्ााट्रय विकास विभाग -डीएफआईडी) को कार्यक्रम विवादका कारण रकमसहित फिर्ता भएको छ ।

दलित समुदायको उत्थान र सशक्तीकरणमा क्रियाशील केन्द्रीयस्तरका दलित संस्थाहरूको आपसी झगडाका कारण गुल्मीसहित ६ जिल्लामा सञ्चालित कार्यक्रम विभागले फिर्ता गरेको हो । कार्यक्रमस“गै यहा“का दलितहरूको उत्थानका लागि आएको तीस लाख पनि फिर्ता भएको छ । २०६१ पुसदेखि विभागको आर्थिक सहयोगमा उत्पीडित समुदाय उत्थान केन्द्रले दलितको जीविकोपार्जनका लागि आर्थिक र सामाजिक चेतनाका लागि अधिकारमुखी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । झन्डै १ करोड रकममध्ये खर्च हुन नसकेको फिर्ता जाने भएको हो ।

केन्द्रले यहा“का तम्घास, सिमीचौर, अर्खले र दुवीचौर गाविसमा ४० समूह गठन गरेर अधिकारमा आधारित सचेतनासम्बन्धी तालिमका माध्यमबाट जातीय विभेद, नागरिकता, विवाह दर्ता, जन्मदर्ता, बालबालिकालाई नियमित विद्यालय भर्नालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । केन्द्रले झन्डै २० महिनाको अवधिमा ती दलित समुदायको आय-आर्जनका लागि समूहमार्फ २४ लाख अनुदान वितरण गरेको छ ।

तालिम र अनुदान रकम पाएपछि कार्यक्रम सञ्चालित गाविसका दलित बस्तीमा ९० प्रतिशत परिवर्तन आएको कार्यक्रमका समुदाय सुपरभाइजर विजय विश्वकर्माले बताए । ‘नागरिकता नै नबनाउनेहरूले अहिले बनाएका छन्, विवाह र जन्मदर्ताको लहर नै चल्न थालेको छ’, सुपरभाइजर विश्वकर्माले भने, ‘समाजमा गठन भएका बाल क्लबहरूले गाउ“मा चेतना जगाएपछि मदिरा सेवन गरेर होहल्ला गर्नेहरूसमेत निकै कम भएका छन् ।’ केन्द्रले ४० समूहमार्फत चार गाविसका ७ सय ५० घर धुरीमा वितरण गरेको २४ लाख अनुदानले समाजमा दलितहरूले वर्षौंदेखि गर्दै आएको घरेलु मदिरा उत्पादन छोडेर आय-आर्जनतर्फ अग्रसर गराएको र परम्परागत पेसामा सुधार ल्याएको छ । त्यस्तै, जातीय विभेदसम्बन्धी चेतना जगाएको छ भने दलितहरू आय-आर्जनतर्फ व्यावसायिक रूपमा समेत लाग्न थालेका छन् ।

केन्द्रले सञ्चालन गरेको कार्यक्रमपछि दुवीचौर गाविसका दलितहरूमा उल्लेख्य परिवर्तन आएको दुवीचौर गाविस सचिव शालिकराम गैरेले बताए । कार्यक्रम निकै प्रभावकारी भए पनि केन्द्रमा दलित संस्थाबीच विवादका कारण ६ जिल्लाको करोडौं रकमसहित कार्यक्रम फिर्ता भएको केन्द्रका अध्यक्ष गणेश विश्वकर्माले बताए । डीएफआईडीले महोत्तरी, सप्तरी, कपिलवस्तु, सर्ुर्खेत, गुल्मी र बैतडीमा दलित सशक्तीकरण र समावेशी करणसम्बन्धी झन्डै १५ करोडको कार्यक्रम सञ्चालन गरेको थियो । उक्त रकममध्ये ७ करोडभन्दा बढी रकम बेलायत नै फिर्ता भएको छ ।

स्रोत: www.ekantipur.com