अमानवीय व्यवहार

छुवाछूत प्रथा कानुन उन्मूलन भएको वर्षौं भइसक्दा पनि व्यवहारमा त्यो अझै कायमै रहेको पाइनु विडम्बनाकै विषय हो । वि.सं. २०२० मा नयाँ मुलुकी ऐनद्वारा प्रतिबन्धित भएयता मानव सभ्यतामाथि नै धब्बा लगाउने यस किसिमको अमानवीय प्रथालाई व्यवहारबाट पर्ूण्ा परास्त गर्न के कति प्रयास भए र्सवविदित नै छ । तथापि धाराको तथा कुवाको पानी खाने निहुँमा होस् कि मन्दिर प्रवेश वा पूजाआजाको विषयमा होस् अथवा अन्य खानपान सँगसँगै बसउठको विषयमा नै किन नहोस् एउटा भाइले अर्को भाइमाथि गर्ने अछुत र असमान व्यवहार कतिपय अवस्था र परिवेशमा अझै हट्न नसकेको तथ्य स्वीकार्नैपर्ने अवस्था छ । एकातर्फजहाँ यस बारेमा ऐननियमले नै निषेध गरेको छुवाछूत प्रथालाई पर्ूण्ातः उन्मूलन गर्न राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजका तर्फसहभोज र सहयात्राको अभियान सञ्चालन हुँदै आएको पाइएको छ भने अर्कोतर्फसमय समयमा कथित उपल्लो जातकाले तल्लो जात भनिएका माथि गर्नेगरेको शोषण उत्पीडन र अछुतको व्यवहार बरोबर प्रकाशमा आइरहेको पनि पाइएको छ । यस अर्थमा भन्नुपर्दा मुलुक अहिले पनि राजनीतिक क्षेत्रमा जस्तै यससम्बन्धी सामाजिक क्षेत्रमा सङ्क्रमणकै चरणबाट गुज्रँदैछ भन्नुपर्ने अवस्था छ । यद्यपि मुखले भन्न त सबै जातभात भनेको केही होइन योर् इश्वरले बनाएको पनि होइनर्,र् इश्वरले बनाएका त नारी र पुरुष दर्ुइ जात मात्र हुन् । बाँकी सबै मानिसले आफ्नो स्वार्थ अनुसार बनाएका र परिभाषित गरिएका मात्र हुन् भन्ने गर्दछन् । जब व्यवहारको कुरो आउँछ त्यतिबेला भने तिनै आदर्शवादीमध्येकै पनि कतिपयबाट भिन्न व्यवहार प्रस्तुत भइरहेका नहोलान् भन्न सकिने अवस्था छैन । यसैबीच अछुत भनेर पुजारीले पूजामा बस्न नदिएका कारण ऋषिपञ्चमी पर्वमा भगवान्को पूजा गर्न गएकी एउटी महिलाले अपमानित भएर र्फकनुपरेको विषय मानवसभ्यतामाथि नै प्रश्नचिह्न लगाउने अर्को एक समाचार प्रकाशमा आएको छ ।निःसन्देह भगवान्को सृष्टिमा सबै समान छन् । सबैको सृष्टि समान तरिकाले भएको छ । शारीरिक प्रकृति पनि सबैको समान नै छ । त्यति हुँदाहुँदै पनि भगवान्को पूजा गर्न बसेका पुजारीका कारण पूजा गर्न आएको व्यक्तिले आफ्ना आराध्यदेवको पूजा गर्नबाट वञ्चित हुनर्ुपर्छ भने योभन्दा दुःखद प्रस· र व्यवहार अर्को हुनसक्दैन । यो त उदाहरण मात्र हो । यस्तै पूजाआजा र कर्मकाण्डको ठेक्का लिएर बसेका पुजारी तथा कर्मकाण्डीहरूबाट अन्यत्र पनि यस्तै व्यवहार भइरहेको नहोला भन्नसकिने अवस्था छैन । यथार्थमा आफूलाई धेरै जान्ने बुझने शास्त्रविशारद ठान्ने र त्यसको व्याख्या विश्लेषण गर्दै हिंड्ने तर धर्मशास्त्रको मूल मर्म र मान्यतालाई नबुझने वा बुझन नचाहने यस्तै आलाकाँचा मनमस्तिष्कका धनीहरूबाटै बढी ब्रि्रने र बिगार्ने काम हुनर्ेगर्छ भन्ने कुरा यस क्षण उठान गर्नैपर्ने भएको छ । त्यसैले ऐनकानुनको चाहना र उद्देश्यलाई सम्यक् रूपले व्यावहारिक बनाउन र्सवप्रथम राज्यका तर्फाट गुरुपुरोहित एवं पुजारी आदिलाई तालिमको व्यवस्था हुनुपर्ने र सो अनुसार गर्न गराउन नचाहने वर्ग र समूहकालाई कानुनी कारबाहीको दायरामा ल्याउन नागरिक समाजका तर्फाट पनि सहयोग पुर्‍याउनुपर्ने देखिएको छ ।

स्रोत: www.gorkhapatra.org.np