जातीय भेदभाव चेतनाको अभाव

वास्तवमा वर्ण्र्ाादको व्यवहार गर्नु शास्त्रविरुद्ध कुरा हो र हाम्रो पर्ूर्वीय शास्त्रका ज्ञानको अभाव हुनु पनि हो । हिन्दु समाजको मूलग्रन्थ भनेको वेद नै हो । त्यसमा ब्राहृमण, क्षत्री, वैश्य र शूद्र भनेर जातीयरूपमा कुनै प्रकारको पनि भेदभाव गरेको पाइन्न । वेदको यो मन्त्र प्रमाण छ । ँब्राहृमणोस्यमुखमासीद् बाहुराजन्य कृतः उरुतदश्वान् पद्भ्याम् शूद्रो अजायत’ यसको भावार्थ हो एउटै महापुरुषको शरीरका विभिन्न अ·बाट बाहुन, क्षेत्री, वैश्य र शूद्र भन्ने जातको जन्म भयो । हामीले वेदको यो भनाइलाई मनन गरौं त कहाँ जातिभेद भएको छ ।मुलुक सभ्य, सुसंस्कृत र समुन्नत हुनलाई समाजभित्रका जातजाति वर्ग र समुदायमा कुनै प्रकारको पनि भेदभाव हुनुहुन्न । समाज जतिजति शिक्षित र सचेत हुँदै जान्छ उतिउति विकृति र विसङ्गतिका रुढीवादी घटाउँदै र हटाउँदै जान सक्नर्ुपर्छ । त्यसो भएन भने सामाजिक उन्नति र शान्तिमय वातावरण हुन पनि सक्दैन । समाज कुनै न कुनै धर्म संस्कृति र परम्पराबाट अघि बढेको हुन्छ तर त्यो गतिशील र परिवर्तित हुँदै जान सक्नर्ुपर्छ । भएन भने त्यसलाई यथास्थितिवादी, रुढीवादी तथा जडवादी मान्न सकिन्छ । त्यस्तो समाज आर्थिक, सामाजिक, राजनीतिक आदि कुनै पक्षबाट पनि माथि उठ्नसक्दैन । शरीरको कुनै अङ्ग अस्वस्थ भयो भने त्यसको असर सिङ्गो शरीरलाई नै पर्छ र शरीर कमजोर हुन्छ ।पूर्ण लेखको लागि Read the rest of this entry » मा थिच्नुहोस्

मुलुकको विकासमा जातीय भेदभाव भनेको तगारोसरह हो । रुढीग्रस्त धार्मिक कट्टरपन त्याग्नसक्नु विकासको प्रथम चरण हो । विकास भनेको नै मुलुकभरका सबै वर्गको उन्नति र समानुपातिक सुखसुविधा बढाउँदै लग्नु हो । समसामयिक विचार र परिवर्तनमा गतिशील चेतना नपुग्दा जातीय भेदभाव विकासको बाधक बन्नपुगेको इतिहास विश्वमा धेरै छन् । मुलुकभित्र यस्ता तगाराहरू अझै हट्न नसक्नु दुःखको कुरा हो । जातीय दम्भ र छुवाछूतको भेदभाव मुलुकमा अझै निर्मूल हुन नसक्नु पनि हद भइसक्यो । जातीय भेदभावरहित कानुन बनेको आधाशताब्दी भइसक्दा पनि यो निर्मूल भइनसक्नुमा सरकार र समाज दुवै जिम्मेवार देखिन्छ । यो मुलुक सबै जातको साझा फूलबारी हो भन्ने राजनीतिक गीता र हामी एउटै महापुरुषका सन्तान हौं भन्ने धर्म गीताको मर्म नबुझेर वा बुझ पचाएर जातीय विभेदको कुरा गर्नु शिक्षा र चेतनाको अभाव मान्नसकिन्छ । कुनाकाप्चाका अचेत समाजमा मात्र होइन सभ्य सहरका सचेत समाजका अन्तरकुन्तरमा पनि कुनै न कुनै रूपमा अझै पनि भेदभाव रहन्छ भने त्यसलाई सरकारले समाजको कलङ्क सम्झेर समुचित सामाजिक व्यवहार गर्नुपर्ने भइसकेको छ ।

वास्तवमा वर्ण्र्ाादको व्यवहार गर्नु शास्त्रविरुद्ध कुरा हो र हाम्रो पर्ूर्वीय शास्त्रका ज्ञानको अभाव हुनु पनि हो । हिन्दु समाजको मूलग्रन्थ भनेको वेद नै हो । त्यसमा ब्राहृमण, क्षत्री, वैश्य र शूद्र भनेर जातीयरूपमा कुनै प्रकारको पनि भेदभाव गरेको पाइन्न । वेदको यो मन्त्र प्रमाण छ । ‘ब्राहृमणोस्यमुखमासीद् बाहुराजन्य कृतः उरुतदश्वान् पद्भ्याम् शूद्रो अजायत’ यसको भावार्थ हो एउटै महापुरुषको शरीरका विभिन्न अङ्गबाट बाहुन, क्षेत्री, वैश्य र शूद्र भन्ने जातको जन्म भयो । हामीले वेदको यो भनाइलाई मनन गरौं त कहाँ जातिभेद भएको छ । वैज्ञानिक दृष्टिको विकासवादी सिद्धान्त अनुसार पनि हामी बाहुन, क्षेत्री, वैश्य र शूद्र भनिएकाहरू सबै एउटै मूलबाट विकसित हुँदै आएका हौं । जातीय भेदभाव भएगरेको कुनै शास्त्रीय र वैज्ञानिक प्रमाण पाइँदैन । तैपनि समाजमा जातीय भेदभाव भएको र त्यसबाट नराम्रा घटना भएको कुरा पत्रपत्रिकामा देखिन्छन् । यसमा सरकारी पक्षको कडा निर्देशनको पनि अभाव मान्नर्ुपर्छ ।

कालान्तरमा आएर राज्य व्यवस्थापन र विविधकार्य विभाजनको सिलसिलामा भने जातीय भेदको व्यवहार भएको देखिन्छ । पढेलेखेका बाहुन जातिले पढ्ने-पढाउने काम गर्ने, बलिया क्षेत्रीय वर्गले प्रशासन गर्ने, राज्य चलाउने अनि वैश्य जातिले व्यापार गर्ने र शूद्र जातका मानवले भाँडावर्तन बनाउने, कपडा सिउने, छालाको काम गर्ने जस्ता उत्पादन कार्य गरेर समाजको सेवा गर्ने कार्य विभाजन भएको पाइन्छ । ऐलेसम्म पनि त्यही व्यवहारलाई आधार बनाएर जातीय भेद गरिनु राम्रो होइन । पढेलेखेका सचेत समाजका व्यक्ति र समाजले त्यस्ता असामाजिक नियम नाघेर जुन पेशामा पनि हात हालिसके ।

शिक्षाकै कुरा गरौं । कतिपय बाहुन क्षेत्रीभन्दा वैश्य, शूद्र योग्यतामा माथि पुगिसके । कतिपय उपल्ला भन्ने जातकाले पनि कपडा सिउने, भाँडावर्तन बनाउने र छालाको जुत्ता आदि बनाउने काममा दक्ष र योग्य बनेर आफूलाई मनपर्ने पेशा समातिसके । अब पनि जातीय भेदको सम्झना र व्यवहार गर्नु एकातिर सामाजिक विखण्डन ल्याउन हो भने अर्कोतिर विकासको अग्रगमनमा बाधक बन्नु हो ।

शास्त्रकै कुरा गर्दा जातीयताका कुरामा यो पङ्क्तिले भन्छ ‘जन्मना जायते शूद्र संस्कारात् द्विज उच्यते’ जन्मदा जो पनि तल्लो जातकै भएर जन्मन्छ र ज्ञान, विद्या र बुद्धिले गर्दा त्यो माथिल्लो जातको हुन्छ भनिएको छ । विश्वामित्र पहिले तल्लो जातका थिए असल कर्म गरेर उनी माथिल्ला जातका ठहरिए भनिएको छ । यो शास्त्रोक्त कथनबाट पनि असल काम गर्ने व्यक्तिलाई समाजले कुनै भेदभाव गर्दोरहेनछ । माथि नै उठाउँदोरहेछ ।

दलित भएँ, पीडित भएँ भनेर गिर्दो मानसिकता राख्नु पनि त्यो व्यक्ति, वर्ग र समाजको वैचारिक दर्रि्रता हो । समाजका सबैले उच्च भावना राखेर अघि बढ्नर्ुपर्छ । पीडितले पीडाको मर्मलाई कर्म गरेर देखिन र देखाउन पनि सक्नर्ुपर्छ ।

समाजका दलित, अशिक्षित र पिछडिएका वर्गले पनि राम्रो कर्म गरेर उँभो र्सर्नुपर्‍यो अनि सरकारले पनि सामाजिक परिवर्तनमा समुचित टेवा दिन सक्नुपर्‍यो । बिसे नगर्चीको उतिबेलाको विचारले बडामहाराजलाई त चेतना जगाइदियो भने दलितको सोचाइ लर्तरो मान्न सकिन्न र चेतनाको उचाइमा रहनेलाई दलित मान्नु पनि हुन्न । दलित भनेको जातले मात्र हुने कुरा होइन । शिक्षा र चेतनाको भावना र व्यवहारको दलित नै समाजभित्रको दलित हो । त्यस्ता दलितलाई पनि समाजले हातेमालो गरी व्यवहारका हरेक पक्षबाट समानताको माध्यमले माथि उठाउन सकिन्छ । यसमा समाजले मनोवैज्ञानिक पाराले सामाजिक क्रान्ति गरेरै देखाउनुपर्ने अवस्था देखिन्छ । यस्ता सामाजिक विसङ्गतिमा सुधार ल्याउन सहिष्णु बनेर सन्तुलित सामाजिक क्रान्तिकै बाटो लिनसक्नर्ुपर्छ । वैज्ञानिक, गतिशील र प्रजातान्त्रिक शिक्षा, विश्वबन्धुत्वको भावना, सहमेल, सहभोजन, सरसफाइजस्ता समसामयिक गतिविधिमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।

युगजमाना परिवेश र परिस्थितिले बीसौं शताब्दी पार गरिसक्दा पनि हामीचाहिँ त्यही जतीय भेदभावको रुढीवादलाई त्याग्नसक्दैनौं भने यसको परिणाम आजको लोकतान्त्रिक समाज सुहाउँदो हुनसक्दैन । चेतनामा दार्रि्रय रहुन्जेल जातपात र भेदभावको अन्त्य नहुने हुनै सक्तैन । चेतनाको दर्रि्रतालाई समाज र मुलुकबाट हटाउनर्ैपर्छ । जहिलेसम्म हामीले हाम्रा मनमस्तिष्कमा परापर्ूवकालदेखि रहिआएका जातीय भेदभावको कालो जालो हटाउन सक्दैनौं त्यहाँसम्म हामीले सहभाव र सहअस्तित्वको शब्द आदर्शले कुनै काम गर्नसक्दैन ।

जातपात र छुवाछूतको सामाजिक व्यवहार निर्मूल गर्न हामीले मनोवैज्ञानिक पाराले शिष्ट र सभ्य भएर सांस्कृतिक क्रान्ति सबै जात र वर्गको एउटै प्रयास र प्रयत्नबाट गर्नुपर्ने देखिन्छ । वास्तवमा जातीय भेदभाव गर्नु भनेको चेतनाको अभाव हुनु नै हो ।

स्रोत: www.gorkhapatra.org.np