सेनाद्वारा दलित बस्तीमा आगजनी

 किृष्ण शाही

मंगलसेन

घरको आगो निभ्यो, मनको आगो निभेन

चार वर्षघि अछाम जिल्लाको कुइका गाविस ओखलढुंगाको दलित बस्तीमा लागेको आगो निभे पनि उनीहरूको मनमा सल्किएको आगो भने अझै पनि दन्किरहेको छ। २०५९ साल मंसिर १४ गते राति माओवादीका घरहरू भएको आरोपमा ज्वाला दल गण मंगलसेनबाट गस्तीमा गएको सेनाले ती दलितका घरहरूमा आगो लगाएको थियो।

अघिल्लो दिन राति सोही बस्तीनजिक माओवादीहरूले राँके जुलुस गरेपछि सोही रिसमा सेनाले त्यस दिन ३२ वटा दलित भुल जातिका २४ वटा घर जलाएर खरानी बनाउनुका साथै केहीलाई कुटपिटसमेत गरेको थियो।

त्यस दिनको घटनालाई सम्झँदै मानबहादुर भुल भन्छन्सेनाले पहिले हामी सबै दलितहरूलाई, एकै ठाउँमा बोलाउँदै लाइन लगायो अलिकति युवा देखिनेहरूलाई लात्ती राईलको कुन्दाले कुट्दै केहीलाई रगताम्यसमेत बनायो। त्यसपछि हामी सबैको घरमा आगो लगायो। हामी सबै ना घरहरू जलेको टुलुटुलु हेरेर बसिरहयौं।

आगो निभाउन जाने जो कोहीलाई पनि गोलीले उडाइदिने धम्की दिएपछि हामी कोही पनि आगो निभाउन जान सकेनौं। बिहान करिब नौ बजेतिर आगो लगाई करिब १२ बजे सेनाहरू र्र्किए। हाम्रा घरहरू तीन दिनसम्म जलिरहे, मानबहादुरले Šनो दुःख पोख्दै भने।

सेनाले घरमा आगो लगाएपछि ३२ घरपरिवारको अनाज लत्तँकपडा भाँडाकुँडालगायत सबै श्रीसम्पत्ति जलेर खरानी भयो।

नो छिमेकीका घरहरू खरानी भएपछि गाउँलेहरूले तत्कालका लागि बस्न ना घरगोठ, अनाज केही कपडाहरू दिए। अर्काको काम गरेर इन्डिया गएर नो जीवन धान्ने ती भुल परिवारहरू त्यस घटनापछि कोही परिवारसहित इन्डिया गएका छन् भने कोही घरटहराहरू बनाउँदै बसिरहेका छन्।

सेनाले घरमा आगो लगाएपछि भुल परिवारको करिब ४० लाखबराबरको धनमाल नष्ट भएको छ। अघिल्लो दिन मात्रै इन्डियाबाट घर पुगेको थिएँ, एक तोला सुन १२ सय रुपिया भारु बाकसमा थियो सबै घरसँगै जल्यो, मानबहादुरले बताए।

त्यसैगरी अर्का गोरे भुलले भनेमैले आधा तोला सुन ३२ हजार भारु ल्याएको थिएँ, त्यो सबै झोलामा थियो, घर जलेपछि त्यो झोला पनि जल्यो।

यसरी सेनाले दलितका घरहरू माओवादीका घरहरू भएको भन्दै जलाएको चार वर्षबित्न लागिसक्यो तर राज्य पक्षबाट त्यो घटनाको कुनै छानविन नै भएको   क्षतिपूर्ति नै दिइएको छ।

त्यस घटनाबारे अछामका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया ‘उनीहरू आएर हामीकहाँ क्षतिपूर्तिका लागि निवेदन नै दिएका छैनन्, त्यसैले हामीले के गर्नेभन्नुहुन्छ। उता माओवादी पक्षबाट पनि पीडितहरूलाई कुनै पनि किसिमको राहत हालसम्म दिइएको छैन।

तत्कालीन समयमा माओवादीहरूले सदरमुकाम आउन नदिएपछि ूहरूले निवेदन नदिएको पीडितहरू बताउँछन्। हालसम्म राहतको नाममा रेडक्रसले प्रतिपरिवार एउटा त्रिपाल, दुइदुइ वटा डस्ना, दुइ वटा दरी, दुइ वटा कम्मल केही भाँडाकुँडा मात्रै दिएको मानबहादुरले बताए।

 घर, अनाज श्रीसम्पत्ति सबै जलेपछि ३२ घरपरिवारका डेढ सयलाई हाल छाक टार्न पनि धौधौ परेको छ। पीडित चाउरा भुलले बताए।

स्रोत: http://newsofnepal.com