दलितको खेति गर्ने अन्तराष्ट्रीय संस्थाहरुमै जातिय विभेद झन भयावह्

-सरोज दिलु बिश्वकर्मा

यतिबेला दलितका मुद्दालाई “क्यास” गरेर विदेशि अनुदान वा जनताले तिरेका करमा जो कोहिलाई दलितका चुल्होचौकामा चर्न खुब सजिलो भएको छ ।’दलितहरु इतिहासदेखि वन्चितिकरणमा परिरहेका छन्, तिनको राजनैतिक, सामाजिक, आर्थिक तथा सैक्षिक क्षेत्रलाई उठौनु पर्दछ’ भनेर समावेशिकरणको खेति गर्ने चलन् सबैका लागि राजधानिको वफ म: म: जस्तै भएको छ। तर वास्तविक रुपमा तिनलाई समावेश गर्दै दलितहरुको आमूल परिवर्तन गर्ने पक्षमा चैं सबै क्षेत्र उदासिन बन्दै आएका छन् । झनै गैरदलितहरुको संस्थाहरुमा दलितलाई सकेसम्म भजाई क्षेत्री ब्रम्हणहरु सब से अगाडि भाग बस्ने अथवा राज्यको सम्वेदनशिल मुद्दाहरुमा महिला र दलितलाई लडाईफयदा लुत्ने विकृति धेरै विद्वान भनाउदा चरुवाहरुका लागि चरिखाने सजिलो माध्यम भएको छ । जस्लाई ब्रम्हणवादिहरुको नयाँ किसिमको जजमानि भन्नु अतिशयूक्ति हुदैंन ।

प्रसंग केहि अन्तरस्त्रीय संस्थामा रोजगारिक लागि खोलिने विज्ञापन र त्यसमानेमा हुने भर्ना प्रकृयाको हो । अहिले ”समावेशिकरणको नाममा प्रोत्साहन गरिएको छ” भन्ने हरेक विज्ञापन्हरुको पुछारमा देख्न पाईन्छ । तर केवल निवेदन हाल्नका लागि दलितलाई प्रोत्साहन गर्दै भाग खान चै तिनै गैरदलितलाई ढोका खोलिएको हुन्छ, मानौं यो तरुनि छोरि भएको घरमाको बाहिर कुकुरदेखि सावधान लेखे जस्तै हो । हो, केहि साना पदमा नगन्य मात्रामा दलितलाई राखिहले पनि ठूला पदहरुमा दलितलाई फेरि पनि अनेक सिमांकन गरिदिएर वन्चित पारिने गरिएको छ ।

कुरा संयूक्त रष्त्र संघको एउटा ईकाईमा खुलेको सामाजिक समावेशिकरण अधिकृतको भर्ना प्रकृयाको हो । त्यहाँ सामाजिक समावेशिकरण अधिकृत (social Inclusion Officer)को पद खोलिएको थियो । त्यस प्रकृयामा ५५० बाट छानिएर अन्तिमा ३ मा म पनि परेको थिए । यद्धपि त्यो तिन प्रकृयासम्म अरु केहि प्रत्यासिको तुलनामा म छानिने उमेद्वार हुईन तर पनि मलाई छानियो । ३ वटा पदमा ७ जनालाई बोलाईएको थियो । महिलाको अंग्रेजि बोलाई बाहेक केहि उल्लेखनिय पक्ष थिएन भने तर पद्पूर्ति समितिमा १,२ गोर बाहेक सबै क्षेत्री, ठकुरि, ब्राम्हण, नेवार समुदायका जो कहिले दलितको आँगन नटेकेका, कहिले दलितको जुठेल्नो नदेखेका, तर कठ्मन्दौंका आलिसान महलमा आफ्ना बैंक ब्यालेन्स गनिरहेका विलासितहरु, दलित र गरिब जनतासंग नाता जोडेर जनताले पाउनु पर्ने सुखसुविधा खोस्नेहरु नै थिए, त्यहाँ कोहि दलितको घाउ सहेको ब्यक्ति थिएन । यद्धपि , मैले नेपालि मिश्रीत अंग्रेजिमै दलितको धेरै मुद्धाहरु उठाए । त्यसलाई सरलिकरण गर्दै समधानको बाटोहरु पनि प्रशस्त देखाईदिए । त्यसबेला निर्णयक मन्डलमा बसिरहेका गैरदलित अनुहारहरुमा कृष्ण पक्ष छाउन थालिसकेको थियो, कुनै गोराले दलितलाई नम्बर बढि दिईहाल्छन् कि भनेर । यसरि अन्तत्वगोत्व म दलित भएकै नाताले मलाई दलित समवेशिकरण देखावटि पात्र बनाउदै ३ वटा पदमा समेत स्थान दिएन र त्यसमा फेरि क्षेत्री बाहुनले भाग हडपे ।

यस्तै नाटक गत महिना प्लान इन्टर्नेस्नल् को बिराटनगर क्षेत्रको भर्न प्रकृयामा फेरि मन्चन भयो । हामि दलित, जनजाति र महिला आ-आफ्नो क्षेत्रबाट लिखितबाट अन्तरवार्ता हुदैं फिल्ड प्राक्तिकलमा छानिएक थियौं । त्यहाँ पनि धेरै योग्य मानिसलाई पर सारेर (चिङ् सेर्पाको भनाई अनुसार) समावेशिकरणको लागि हामि जस्ता ३ वर्गका कच्चा प्रत्यासिलाई समावेशिकरण्को नाममा सो (प्रदर्शन) गराईएको थियो । त्यसबेला पनि दलितलाई भजाएर खान खप्पिस भ ईसकेका कुमाई बाहुनहरु र तिनका अनुयायि जनजातिहरु हाम्रा सुपर्भाईजरका रुपमा रहेका थिए । फिल्ड् प्राक्टिकलको क्रममा हामि तिनैले फरक फरक दलित समुहहरुसंग अन्ररकृया गर्‍यौं । स्थानिय बासिन्दाहरुका भनाई अनुसार जनजाति त्यहिका स्थानिय हुनाले उनलाई मैथलि बोल्न कुनै कठिनाई भएन । महिला मित्रले मैथलि त के नेपालिमै दलित वा अपांगमा कुरालाई अवलोकन गर्न सकिनन्् अथवा दलितका मुद्धालाई सतहि रुपमा बाहेक छूनै सकिनन् । समग्रमा दलितका वास्तविक समस्या बुझ्नुभन्दा तिन्का नाममा कतिबेला झ्याप्पझुप्प पार्न पाईन्छ भनेर अतालिएका देखिन्थे, मेरा दुबै गैरदलित प्रत्यासिहरु । मुसहरहरुका स्थानिय अगूवा (जो मोटो शरिर भएका सिमरिया स्कूल् अगाडि बगैचाको रेलिङ बनाईरहेका थिए)ले प्लान प्रति असन्तुश्टि ब्यक्त गर्दै म माथि बाहिरै तितो पोखिसकेका थिए । त्यस चोट्लाई मध्यनजर गर्दै उनिहरुको तूलनामा मैले स्थानिय मुसहरहरुको सुत्ने ओछ्यान्, चुठ्ने जुठेल्नोसम्म, एतिहसिक रुपमा चलिआएको संस्कारदेखि वर्तमानमा अप्रत्यक्ष रुपमा दलित वा महिलालाई शोषण् भ ईरहेको वास्तविकताका बारेमा सोधे । यसबारेमा उनिहरुसंग अन्तर्कृया गरे । जातिय विभेद, अशिक्षा, गरिबि, शासकिय पद्दतिले दलितहरु कहिले माथि उठ्न नपाएको बोध गराए । यस क्रममा केहि वाक्याम्शहरु मैले मैथलिमा नै बोलेको थिए । मैले उनिहरुको हिनताबोधले ग्रसित् मनलाई भित्रैबाट् खोल्दै ति अभिजातहरुका विरुद्ध बोल्न यति उत्साहित्  पारे कि : उनिहरुले आफुहरुलाई वर्षौंदेखि शोषण गर्दै आएका कुमाई, राजवंशिको विरुद्द बोल्न कुनै ढक माननेन् । यति सम्मकि प्लान ले नै दलितका नाममा गैरदलितलाई पल्ला गांउमा कार्यक्रम दिएको र आफ्ना गांउमा दलितको समस्या देख्दा देख्दै रमिता हेरेर बसेको कुरा बन्न पनि हिच्किचायनन् । हुन त, ती कुमाईहरु चलाखि मैले त्यतिबेलै चाल पाईसकेको थिए, जतिबेल तिनले मलाई ती सोझा र निमूखा मुसहर रिशिदेवसंग केन्द्रको हाकिम भनेर चिनए । पछि उनले तिनका मन, बह दु:ख सबै खोतलेर पनि तिमीहरुले प्लान बाट केहि आशा नगर्नु भन्दै सबैलाई निराश बनाईदिए, फेरि ति मुसहर आमा, दिदिबहिनीहरु, दाजुभाईहरुलाई । ती कुमाई सुपर्भाईजरको कुरा सुन्दै र अरु मिलेर मेरो समेत उपस्थितिमै तिनै स्थानीयहरुलाई प्रत्यक्ष ठगिरहदा म आज आफैं सर्मित भ ईरहेको छु । मलाई आजपनि पटक् पटक् ग्लानि भ ईरहेको छ । यद्धपि मैले उनिहरुलाई बाहिरसम्म आई उत्प्रेरण जगाउने र उनिहरुका हरेक दु:खहरुलाई सोधनि गर्ने काममा मैले सायद कहि कतै चुकाईन । र, भोली पनि सोधिखोजी गरिरहने छु । दलित भएको वर्गीय नाताले अन्तर्कृया पछि तिनले ती कुमाईहरुको विरुद्द मै माथि एकैचोटि असन्तुष्टी पोखिरहेक ठिए । किनकि दलितलाई घोचेको काँडको गहिराई कति हुन्छ भन्ने अरुलाई थाहा हुदैंन भन्ने उनिहरुलाई पनि थाहा छ । होला, यो INGO ओ आन्तरिक मर्यादा भन्दा विपरित थियो । त्यसपछि, मेरो सा-साना बच्चाहरुलाई फकाउने तरिकासमेत तिनै पर्यवेक्षक कुमाईहरु वा दुवै प्रत्यासिले सोच्न सकिईरहेका थिएनन् जो मैले गरेर देखएं । या, सायद उनिहरु ती बालकहरुले मलाई डिष्त्रव नै गरेको हेर्न चाहन्थे ।

त्यसैगरि भोलीपल्ट हामी ३ नै जनाले उक्तदिन संकलन गरेका र बुझेका समस्याहरुको वारेमा कार्यालयमा आई प्रस्तूत (Presentation) गर्नु पर्ने थियो ।, तदनुरुप जनजातिलाई देरैले पछाडि छोड्दै ती महिला बहिनी र म अन्तिम प्रत्यासिक रुपमा देखिईयौं । यसक्रममा मेरि प्रमूख प्रत्यासीले दलितका समस्यालाई ‘नदुखेको घाउको एया नाटक’ जस्तो हल्का रुपमा “समुदयमा यस्तो पाईयो, उस्तो पाईयो” भन्ने बाहेकका कुनै गहिरो र समाजशास्तृय तर्क दिन सकिनन् । उनि त  मेरो विद्धार्थिको हैसियतकि थिईन्, जस्ले दलितको यथार्थ समस्यालाई छुन समेत सकिनन् भन्ने कुरा धेरैलाई थाहा छ । त्यसपछि प्रस्तूतिको क्रममा मैले ती समुदयको जड्जड्मा पुगेर त्यहँका दलितहरु किन, कसरि, कहिलेदेखि, के कारण्ले अहिलेसम्म वन्चितक्रीत पारिएको छ, उनिहरुको समाजमा के दायित्व छ , अब उनका जिवनपद्वतिलाई सुधर्न कस्ले, कुन पक्षले के के भुमिका निर्वाह गर्नुपर्छ आदि, ईत्यादिका बारेमा समाजशास्त्रीय ढंग र विश्लेषणत्मक तरिकाले प्रस्तुत गरे । समुदायमा अपांगहरु कोहि नपाईएता पनि तिनका समस्या र समाधानका उपायहरुलाई पनि मौखिक रुपम जाने जति ब्यक्त गरेकै थिय, जुन अरु प्रत्यासीले त बिर्सिसकेका थिए । र, जब मैले आफ्नो प्रस्तूतिकरण सिध्याएं, त्यतिबेलै अरुलाई सोधिएको तुलनामा एउटा प्रश्न बाहेक सबै उल्टा खेद्ने खालका कुमाईका घुमाई प्रश्नहरु मात्र मलाई सोधिएका थिए । मेरो प्रस्तुतिदेखि केहि निर्णयकर्ताहरु बिचमै ओईलाउन थालिसकेक समेत थिए । हुनसक्छ, उनिहरुलाई त्रासले पोल्न थालि सकेको थियो की, कतै दलित हाकिम भएर आयो भने हामिले नमस्ते पो गर्नु पर्छ की । त्यसैले बाहुनहरुले मेरो प्रस्तूतिलाई घरि योजना आयोगमा पेश गर्ने जस्तो भयो, तर् घरि काल्पनिक कुरा बढि भयो त घरि प्रस्तूतिकरणमा नेतापन देखियो भनेर हतोत्साहि पार्न खोजी पनि रहेका थिए । यद्धपि म त्यहाँ प्रबन्धकको हैसियतका लागि लडिरहेको थिए । यसक्रममा अपांगका जिल्ला संयोजकले म माथि कुनै प्रश्न समेत राख्ने प्रयत्न गरेनन् । बरु मैले कुनै प्रश्न राख्छन्कि भनेर उनको मुख हेर्दा समेत उनि मुन्टो अर्कातिर फर्काएर बसिरहेका थिए । किनकि उनि पनि र्यहि कुमाई गोत्रकै थिए । प्रस्तुतिकरण पछि उनि हामि नजिक आएका थिए । त्यतिबेला पनि अपांग भएकै कारण्ले मैले आफ्नो कुर्सि छोडिदिएर उनलाई सदासयता र हार्दिकता देखाए जुन अरु प्रत्यासिले सोच्न पनि सकेनन् । मैले सुने अनुसार पछि महिला वा दलित राख्ने भन्ने सन्दर्भमा भित्र मौखिक मत जाहेर हुने क्रममा अन्तत्वगोत्वा: उनि लगायत सबै कुमाईहरु र केहि अरु गैरदलित निर्णयकहरु ब्यवहारत: जातकै कारण्ले म विरुद्ध नै देखिए । भने केहि मुश्लिम र मधेशि समुदायका प्रतिनिधिहरु, बोलाईएका एकजना दलित मात्र दलितका पक्षमा थिए ।

किनकि उनिहरु सबै जना दलित हाकिम भएको देख्न चाहदैनन् थिए।  यसरि दलितकै विकासको लागि आएको कार्यक्रममा महिला र दलित वा जनजातिलाई लडाएर एकातर्फ तिनै वर्गलाई एक आर्कामा फेरिपनि फुताउने प्रयाश गरियो भने अर्कोतिर त्यहि सामन्ति सोचमा ग्रसित भै  रहेका कुमाई मानसिकताबाट् उब्जिएको सिफारिसलाई सहि ठान्दै प्लानले फेरि एकपल्ट दलितलाई मूख सोहोरेर लोप्पा खुवाई छाड्यो ।

यस्तो लोप्पा एकपल्ट मात्र होईन, एक ठांउमा मात्र होईन, सरोज दिलु विश्वकर्माले मात्र होईन, दलित भएकै कारणले समाजशास्त्री तेज सुनारदेखि उपप्रध्यापक मानबहदुर विके, दलित आन्दोलनकै विशेषज्ञको रुपमा चिनिएका हिरा विश्वकर्मा र भरत नेपालिहरुले समेत धेरै पल्ट धेरै ठांउमा खानुपरेको छ । अन्य दलितका लागि यस्ता लोप्पा र कुमाईका घुमाईहरु सहनु त सामान्य नै भै सकेको छ । सानातिन पदमा यदाकदा दलितलाई राखेर दात यिच्याउदै “गरिदियौं त” भन्ने तिनै ब्रम्हणवादिहरु दलितरुले ठूला पद पाएको पटक्कै देख्न चाहदैनन् । र, प्रकृया पनि उहि पुरानै छ : क्षेत्री, बाहुन र नेवार वा त्यस मानसिकता बोकेका ठूला ठूला मूख बाएका निर्णयकहरु मात्र वरपर बसेर महिला वा जनजाति वा दलितलाई लडाउने र यस्ता पधरु सकेसम्म आफू हड्प्ने र आफूले नपाए आफु भन्दा तल्ला क्रमलाई दिने तर दलितलाई भने दिदैं नदिने घृष्टता कायमै छ । दलितका लागि केहि गर्न र सोच्न नसक्ने केहि उपव्रुपजुकवादिका सोचले अहिले दलितका नाममा खेति गर्ने INGO  हरुकै कारणले गर्दा दलितहरु नै ग्रसित भै नै रहेका छन् । यसक्रममा मैले अक्सफाम(OXFAM)कि  तत्कालिन कार्यक्रम निर्देशकसंग करिब २ वर्ष अगाडि विज्ञापन निकालेर दलितलाई प्रोत्साहन दिएको सन्दर्भमा सोध्दा उनले यसरि जवाफ दिएकि थिईन् । “बुझ्नु भएन? यहाँ त निवदेन हाल्न पो प्रोत्साहन दिएको, जागिर नै पक्का दिन्छु भनेर कहाँ भनेको छ र??” यस किसिमका प्रकृया र कर्तूत तथा तिनै सामन्ती संस्कार बोकेर दलितका नाममा आजपनि आफ्नै पिंध बाक्ला पार्नेहरुलाई विगतमा गरिब र दलितका रगत पसिना वर्षौंदेखि चुस्दै आए र ज जस्ले हामिलाई यो अवस्थामा पुर्‍याए, तिनिहरुसंग तुलना गर्न मिल्छ । फरक यति मात्र हो : त्यतिबेलाको ब्रम्हणवादीहरु जिउँदा दलितका रगत चुसेर उनलाई हाकाहाकि दमन गर्दथे भने आहिलेका पढेलेखेका ब्रम्हणवादीहरु, शहरिया सामन्तीहरु र दलितका भागमा र्‍याल चुहाउदै र दलितलाई पछाडि धकेल्दै भाग खोसेर खनेहरु दलितकै खेती गर्दै र विरलोको मुसो खाने अभिनयमा खेलाई हामिलाई बेहोस पार्दै फेरि हाम्रा रगत चुस्ने पुरनै प्रयास गरिरहेका छन् । अत: यो नवब्रम्हणवादि नियत विरुद्ध सम्पुर्ण् दलितहरु आ-आफ्ना हातमा जे जे छन् त्यहि लिएर उत्रीनु र संगठित हुनुपर्ने बेला भएको छ । अर्थात, अब पनि दलितहरु यस्ता सोच र शैलीलाई उखेलेर फाल्न समय मै सचेत हुदैं नयाँ लडाई लड्न तयार हुनु पर्ने बेला भएको छ ।