विभेद मेटाउन संचारकर्मीको भूमिका अहम्

ललितपुर , ६ साउन : दलित समुदाय माथि युगौंदेखि हुँदै आएको जातिय विभेद निमिट्यान्न पार्न दलित दमुदाँयाका संचारकर्मीले महत्पूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादि)को भातृसंस्था नेपाल दलित मुक्ती मोर्चा द्वारा आयोजित दलित समुदायका संचारकर्मिसँगको छलफल कार्यक्रममा जातिय विचेद साझा मुद्दा भएकोले यसको निरकारणाका लागि सम्पूर्ण क्षेत्रबट पहल हुनुपर्ने आवश्यकतासमेत औंल्याइयो ।
मुक्तिमोर्चाक अध्यक्ष तिलक परियारले जातिय विभेदको अन्त्यका लागि वैचारिक र योजनाबद्द तरिकाबाट आन्दोलन थाल्नुपर्ने आवश्यकता औंल्याउँदै दलित मुक्तिआन्दोलनमा संचारजगतले पुर्‍याएको योगदान महत्पूर्ण भएको चर्चा गर्नु भयो । मोर्चाका महासचिव परशुराम रम्तेल ले जातिय विभेद सामाजिक मात्र नभइ राजनीतिक समस्यासमेटा भएकाले यसको निराकारणका लागि मोर्चाले दक्षिण एसियामा रहेका झन्डै दुई करोड दलितलाइ लक्षित गरी कार्यक्रम तय गरेको जानकारी दिनुभयो  । 

श्रोत : अन्नपूर्णपोस्ट दैनिक