छुवाछूत घोषणाअनुरूप…

घोषणाअनुरूप ऐन निर्माण माग

पोखरा, असार २७ – दलित अधिकारवादीहरूको भेलाले छुवाछूतमुक्त राष्ट्र घोषणाअनुरूपको ऐन निर्माण गर्न माग गरेको छ ।

प्रतिनिधिसभाले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको एक महिना बितिसक्दा पनि व्यावहारिक अन्त्यका लागि पहल नभएकामा तीव्र असन्तुष्टि व्यक्त गर्दै भेलाले तत्काल ऐन निर्माण गर्न माग गरेको हो । भेला मंगलबारै समापन भएको छ । दलित हकहितका लागि क्रियाशील संघसस्थाका प्रतिनिधिले संविधानको प्रस्तावनामा समानताको प्रत्याभूति दिलाउन छुवाछूतलाई दण्डनीय अपराधका रूपमा राख्न माग गर्दै यसो नभए व्यावहारिक रूपमा छुवाछूत नहट्ने औंल्याए । ‘जातीय छुवाछूतको व्यवहार गर्नेलाई आजन्म कैदसहित जरिवानाको व्यवस्थ्ा गरेमात्र घोषणा सार्थक हुन्छ,’ सर्वपक्षीय दलित संस्थाका अध्यक्ष दुर्गाबहादुर सुनारले भने । भेलाले आपmना माग अन्तरिम संविधान मस्यौदा समितिसमक्ष सुझावका लागि बुझाउने निर्णय गरेको छ ।

स्रोत : http://www.ekantipur.com