सात पार्टी कार्यालय र संसद् भवन घेर्ने

२०६३ असर २१, संयुक्त दलित सङ्घर्ष समितिले भोली (असार २२) सात राजनैतिक दलका कार्यालय र नेपाल सरकारको संसद् भवन घेर्ने जनाएको छ।

संयुक्त दलित सङ्घर्ष समितिले अन्तरिम संबिधान मस्यौदा समितिमा दलितको प्रतिनिधित्व नभएसम्म आन्दोलन निरन्तर जारि रहेने फेरि पनि जनाएको छ । त्यसै गरि हालै मात्र गठन भएको उपेक्षित, उत्पिडित र दलितवर्ग उत्थान विकास समितिमा सबै राजनैतिक दल, दलित नागरिक समाज लगायत अन्य कुरामा समावेशी नभएको भन्दै दलित विकास समितिको पनि चडो भन्दा चडो पुनर्गठन हुनुपर्ने । यदि त्यसो नभएमा त्यसको बिरुद्दमा पनि आन्दोलन चलाउने कुरा प्रकासमा ल्याएका छन् ।

त्यसै गरि दलित भातृ सङठनहरुले पनि आ-आफ्नै तरिकाले आ-आफ्नै तरिकबाट यस आन्दोलनलाइ सहयोग गर्ने र भोलि देखि नै भातृ सङठनहरुको आन्दोलन शुरु हुने कुरा पनि सार्वजनिक गरेका छन् ।

(राजेन्द्रअनलाइनका लागि बुद्दि दर्नालको कलम)