उठौ, जुटौ अब ढिला भई सक्यो

छक्कु उदासी/जापान
यो जातिय क्रान्ति नयाँ हैन भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । “मानिस ठुलो दिलले हुन्छ जातले हुदैन” भनेर भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा अवस्य पनि पागल त हैन्न होला त्यहि सन्दर्भमा “मान्छे र सर्टिपिकेटलाई मान्ने हैन मान्छेको विचारलाई मान्नु पर्छ” भन्ने मेरो भनाई बुझाई बुझाईमा निर्थक हुन पनि सक्छ । तर मनमा लागेको कुरा ब्यक्त [...]

निजामती सेवामा समावेशी

-अर्जुन खड्का
निजामती सेवाको शाखा अधिकृतदेखि उपल्लो तहमा २२ जना दलित कार्यरत छन् । त्यसमा सहसचिव एक जना मात्र छन् भने उपसचिव ४ जना । सन् २००१ को जनगणनाबाट १३ प्रतिशत दलित छन् । जनसंख्याको अनुपातमा हर्ेर्ने हो भने झण्डै नौ हजार अधिकृत स्तरका कर्मचारीमा ११ सय जति दलित कर्मचारी हुनुपर्ने हो ।

राजनीतिमा हामी

सरिता परियार
केही दिनअघि राजनीतिमा दलित महिलाको सहभागिता विषयक अन्तक्रिया भयो । म पनि सहभागी थिए“ । काठमाडौंमा हुने दलित सम्बन्धी यो मेरो पहिलो कार्यक्रमको अनुभव थियो । विषय सार्न्दभिक भए पनि छलफल त्यति गम्भीर ढंगले हुन नसकेकाले दर्ुइ चार शब्द लेख्न मन लाग्यो ।दलित महिला राजनीतिमा आउन नसक्नुको मुख्य कारण साह्रै हृदयविदारक छ । सम्भि“mदामात्रै [...]

नेपाली काँग्रेस र दलित संस्थापक नेता देवव्रत परियार

त्रिभुवनचन्द्र वाग्ल
देवव्रत परियारले नेपाली राजनीति र रङ्गसाहित्यमा विशिष्ट योगदान दिनुभएको छ । राजनीतितर्फो सर्न्दर्भमा हर्ेदा उहाँ नेपालमा राजनीतिक परिवर्तन गर्ने उद्देश्यले भारतमा स्थापना गरिएको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक हुनुहुन्थ्यो । यही पार्टर्ीीछि गएर नेपाली काँग्रेसमा परिणत भएकोले देवव्रत परियारको राजनीतिक इतिहास नेपाली काँग्रेसको स्थापनासँग जोडिएको छ ।

छुवाछूत मूक्त घोषणाको एक वर्ष

इन्द्रबहादुर सार्कीलाई छुवाछूत मुक्त राष्ट्रको उपहार
अर्जुन थपलिया
नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको जेठ २१ गते एक वर्ष पुग्छ । तर इन्द्रबहादुर सार्कीको पीडा हेर्दा यो घोषणाको कुनै हैसियत छैन । जेठ १५ गते मैले पहिलोपटक दैलेख टेकेँ । १६ गते साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय अगाडि १५-२० जनाको भीड देखियो । त्यहाँ दुई बहिनीहरूले [...]

छुवाछूत मूक्त घोषणाको आज एक वर्ष

नेपाल छुवाछूत मुक्त कि युक्त राष्ट्र
शुसिल विके
अधिकांश नेपालीमा अहिले एउटा यस्तो अन्योल सिर्जना भएको छ कि नेपाल छुवाछूत मुक्त कि युक्त राष्ट्र छुवाछूत मुक्त राष्ट्र भन्ने हो भने देशका विभिन्न ठाँउहरुमा छुवाछूत जन्य घटनाहरु भएका समाचार प्रशस्त पढ्न पाइन्छ युक्त भन्ने हो भने जनताको बलबाट पुर्नस्थापित प्रतिनिधिसभाले नेपाललाई आज भन्दा ठिक एक वर्ष अगाडि नै [...]

नेपाली काँग्रेस र दलित : पहिलो महामन्त्री धनमानसिंह परियार

त्रिभुवनचन्द्र वाग्ले
नेपाली काँग्रेसले मुलुकमा राजनीतिक परिवर्तनका लागि गरेका विशेषगरी २००७ सालअघिको आन्दोलनले प्रत्यक्षरूपमा यहाँको रुढीग्रस्त सामाजिक संरचनालाई प्रहार गरेको थियो । यो आन्दोलनले राजनीतिक परिवर्तन मात्र गरेन, साथै सामाजिक परिवर्तनलाई पनि टेवा पुर्‍णएको थियो । नेपाली काँग्रेसको त्यो आन्दोलनले सामाजिक रुढताविरुद्ध कठोर सम्बोधन गरेकाले आन्दोलनमा समाजका उपेक्षित वर्ग तथा जात र क्षेत्रको उल्ल्ोख्य सहभागिता रहेको [...]

दलित समावेशीकरणको वर्तमान अवस्था

त्रिभुवनचन्द्र वाग्ले
नेपालको शासन संरचना समावेशी चरित्रको छैन । विभिन्न कारणले मुलुकमा समावेशी संरचनाको जग खडा हुनसकेन । राज्यसंरचना समावेशी हुन नसक्नुमा मूख्यतः तीन कारण छन् । पहिलो कारण हो धार्मिक मतबाट सञ्चालन हँुदै आएको नेपाली समाज । जहाँ पढलेख गर्ने अधिकार समाजका केही सीमित वर्गले मात्र पाएका थिए । दलित र महिलालाई पढ्ने अधिकारसम्म्ा थिएन [...]

नेपालमा गणतन्त्र आउला (भाग-३)

(भाग २को लागि यहाँ थिच्नुहोस्) 
-महेश्वर श्रेष्ठ
माथि उल्लेखित अवलोकन तथा विश्लेषणहरु बाहिरबाटै देखिने सजिलैसित बुझिने वा महसुस गर्न सकिने सतही कुराहरु हुन् । यहाँ तिनलाई अलि विस्तारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
१) प्रतिकृयावादी-प्रतिगामीहरुको चलखेल:

नेपालमा गणतन्त्र आउला (भाग-२)

[यस लेखलाई हिजो राख्न खोजेको थिए । तर प्राविधिककारणले हिजो राख्न नसके पनि आज राखेको छु । हिजो शिर्षक मात्र राखेर पर्न गएको असर प्रति माफी चाहान्छु ।]
 -महेश्वर श्रेष्ठ
[यस ब्लगका नियमित पाठक महेश्वर श्रेष्ठले लेख्नु भएको "नेपालमा गणतन्त्र आउला"को पहिलो भाग हेर्नुहोस्]

जनआन्दोलन-२ को नामले बढी परिचित नेपाली जनताले आफ्नो मुक्तिका लागि गरेको २०६२/६३ को शान्तिपूर्ण संघर्षको “सफलता” पश्चात आन्दोलनकारी सातदलको सरकार बनेको [...]

संविधानसभा र दलितको स्थान

ब्रह्मदेव राम
देश परिवर्तनको द्रुतगतिमा लम्कन बाध्य भएको छ । इतिहासको यो यथार्थलाई कसैले रोक्न सक्दैन । १० वर्षो माओवादी युद्ध, माओवादीसहितको १९ दिने जनआन्दोलन र मधेसी जनअधिकार फोरम तथा जनतान्त्रिक तर्राई मुक्तिमोर्चाको २३ दिने मधेस आन्दोलनले इतिहँसमै अहंकारवादी निरंकुशता र सामन्तवादको संस्कारलाई घु“डा टेक्न बाध्य बनाए तापनि तर्राईमा दलितका बस्तीहरू उठीबास, चरम छुवाछूत तथा विभेदपर्ूण्ा [...]

शिथिल दलित आन्दोलन

जेबी पुन मगर

७ फागुनमा अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसका दिन नेका प्रजातान्त्रिकका मीनबहादुर विकले सरकारले दलितको माग नसुने तराईको भन्दा कडा आन्दोलन गर्ने भाषण गरे। तर दलित आन्दोलनलाई कसरी लैजाने भन्नेबारे दिनहुँजसो हुने छलफलमा उनी कहिल्यै सहभागी भएनन्। प्रम गिरिजाप्रसाद कोइरालालाई विभिन्न मागसहित ज्ञापनपत्र बुाएको माओवादीको भातृ’सङ्गठन दलित मुक्ति मोर्चाले फागुन मसान्तसम्ममा आˆना माग नसुनिए कडा [...]

नेपालमा गणतन्त्र आउला?-१

[यहाँ प्रस्तुत गर्न लागेको लेख मात्र दलित समुदायको सवाल नभएर सम्पूर्ण नेपाली समुदायको सवाल हो । अहिले नेपालको तरल राजनीतिक विषयलाई केलाएर लेखिएकेा यो विश्लेषणात्मक लेख यस ब्लगका नियमित पाठक महेश्वर श्रेष्ठले लेख्नु भएको हो । गणतन्त्र नेपालको कल्पना दलित समुदायको पनि सवाल भएकोले यो लेख यहाँहरुको सामु राख्ने अनुमति माग्दछु ।]

- महेश्वर श्रेष्ठ
२०५८ साल [...]

जातीय स्वशासनमा दलित प्रतिनिधित्वको सवाल

मिठाराम विश्कर्मा ‘दुखी’
नयाँ नेपालको स्वरुप जातीय स्वशासन सहितको संघीय राज्य प्रणाली हुने कुराले अहिले चर्चामा रहेको छ । संविधानसभाको निर्वाचन पछि अहिलेको एकात्मक राज्य प्रणालीलाई संघीय ढाँचामा बदल्ने राजनीतिक सहमती भैसकेको अवस्थामा पनि तराइवासीले त्यसमा शंका व्यक्त गर्दै आन्दोलनामा उत्रिएपछि संविधानसभाको निर्वाचन अगावै राज्यलाई संघीय ढाँचामा बदल्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउने घोषणा प्रधानमन्त्री गिरिजाप्रसाद [...]

दलित आन्दोलन र बिरामी मनबहादुर

त्रिभुवनचन्द्र वाग्ले
दर्ुइ हप्ताअगाडि पत्रकार सीके गदालले फोन गरेर भन्नुभयो, “पर्ूवसांसद मनबहादुर विश्वकर्मा सिकिस्तै भएर वीर अस्पतालमा भर्ना हुनुभएको छ ।” त्यसो त उहाँ विगत झन्डै सात आठ महिनादेखि बिरामी हुनुहुन्थ्यो । एउटा मानिस बिरामी हुने घटना उसको पदीय उचाइ वा हैसियतका कारण समाचार बन्ने वा नबन्ने गर्दछ । अनि व्यक्तिले दिएको योगदानको क्षेत्रमा त्यो व्यक्ति [...]