निधार खाली, बिगतको सम्झना:-घरी गाँउले, घरी गाँउले ! रोटा रक्सी देईनन् यो घरकी बुढी माउले !!

Tihar-2064

आज 2068 सालको तिहार कार्तिक ११ गते । म यति बेला कर्म थलो काठमाडौंमा छु । अहिले दिउसोको 1.00 बजेको छ । नरमाईलो लागि रहेको छ । निधार खाली, कोठामा एक्लै । यो जस्तो विडम्बना अरु के नै हुन सक्ला र नेपाली, त्यसमाथि हिन्दुकालागि । एक्लै बसाई छ काठमाडौंको खाल्डो भित्रको एक घरको एक कोठामा ।

आज मलाई एउटा कुराको महशुस भैरहेको छ । मेरा दिदी बहिनी भएका भए सायद आज मेरो निधार खाली रहने थिएन । म घर भएको भए पनि वा म काठमाडौंमा भएको भए पनि मेरा दिदी बहिनीहरु मेरो निधार भरिदिनका लागि हाजिर हुने थिए । तर मेरो र मेरा भाईहरुका लागि यो सौभाग्य जुरेन यो जुनिमा ।

मैले यसो लेखिरहदा, मेरो घरमा मेरा दुई भाईहरु (रुपेन्द्र र रबिन्द्र) र मेरो बुबालाई टिका लगाईदिन आउनु भएको मेरो कान्छी फुपु  ज्वरो आएर सुतिरहेनु भएको छ । मेरो फुपुलाई सिघ्र स्वास्थ्यको कामना गर्दछु ।

हामी हिन्दुहरुलाई तिहारको कत्ति महत्व छ भन्ने कुरा त मैले दर्शाई रहन पर्दैन र तिहारमा दिदी बहिनीहरुले दाजु भाईहरुको शुखद जिवन र लामो आयुको कामना सहित माया ममता बाड्नु नै यसको महत्व हो । जसले गर्दा दिदी बहिनी र दाजुभाईहरुमा नजिकको सम्बन्ध बनाउछ ।

निधारमा रातो सप्तरंगि टिका लगाएर रमाईलो गर्दै दिउसी भैलो र मनोरंजनका लागि तास, कौडा र खोरखोरे खेल्नु यसको छुट्टै रमाईलो र महत्व छ ।

मलाई आज 10/12 वर्ष पहिलाको याद आई रहेको छ । म विद्यालयमा पढ्ने बेलामा हामीहरु लक्ष्मी पुजाको दिनको साँझबाट घरबाट निस्किए पछि एकै चोटी टिकाको दिन टिकामात्र थाप्नको लागि घरमा आएको सम्झिरहेको छु ।

जब भैलो खेल्नको लागि अनुमति हुन्थ्यो (घर घरमा बसुन्धरा र घरको मुलबाटोमा तोरन झुन्ड्ईन्थ्यो ) त्यस पछि हामीहरु ( भैली समुह) मिलेर घरबाट निस्किए पछि निरन्तर दिन र रातभरी भैलो खेलेर हिडिन्थ्यो । भैलेल खेल्दै हिड्दा धेरै रमाईलो हुन्थ्यो । कहिले हस्यौली त कहिले उटपट्यांग गर्दै हिडिन्थ्यो । त्यस बेलाको मज्जा नै अर्कै ।

मैले आज यहाँ दुईवटा रमाईला कुराहरु तपाईहरुसँग बाढ्ने जमर्को गर्दैछु ।

पहिलो: हामीहरु भैलो खेल्दै हिडिरहेका थियौ । भैलो खेल्दै गर्दा रैया (मेरो गाँऊबाट झन्डै पैतल हिडेपछि  एक डेड घण्टामा पुगिने गाँऊ)पुगिएको थियो । रैयामा भैलो खेल्दै गर्दा राती भै सकेको थियो । त्यो दिन तिहारको पहिलो दिन अर्थात लक्ष्मी पुजाको दिन थियो त्यसकारण भैलो खेलेर पनि रोटी पाउने अवस्था थिएन किन भने पहिलो दिन रोटी खासै कसैले बनाउने गर्दैनन, त्यसैले हामीहरुलाई भोक पनि लागेको थियो । हामी रैयाको एक घरमा पुग्यौ, त्यो घरमा पुगे पछि, त्यो घरको पेटीमा रहेको रहेका काला काला गेडाहरु हामी मध्यको कुनै साथीले ल यहाँ त कफि रहेछन यार भन्दै खान थाल्यो अनि हामीहरु पनि के कम र उसैको तालमा हामीले पनि ताना तान गरि गरि कसले कत्ति धेरै टिप्ने भन्ने होड बाजी चल्यो र सबैले ति काला काला गेडा खान थाल्यौ । खादै जादा कफिको स्वाद गुलियो आउला भनेको त तितो तितो अर्कै स्वाद आउन थाल्यो अनि हैन यो त कफि त हैन क्या हो भन्दै लाईट बालेर हेरेको त बाख्राको बरकिम्लो रहेछ । अनि हामीहरु सबै जिल्लराम ।

दोश्रो: भैलो खेल्ने क्रमै हामीहरु हामै गाँउको सिमलपाटेकोमा पुग्यो । त्यहाँ पुग्दा पनि राती नै भएको थियो । हामीहरुले भैलो भट्यौ, नाच गान पनि गर्यो तर हामीलाई दान दक्षिणा दिनको लागि कोही पनि आउनु भएन । त्यही पनि हामीहरु आउनु हुन्छ भन्दै नाचगान गर्दै बस्दै गर्यौ । भित्र रोटी पकाईरहेकोले रोटीको पनि आशा गरिएको थियो तर हामी धेरै बेरसम्म बसि रह्यौ तर रोटी त परै जाओस् हामीलाई दक्षिणा पनि नदिने अवस्था आयो  । त्यस पछि हाम्रा एक जना मित्र (बिनोद) ठट्टा पनि गर्ने भएकोले उहाँले गितबाट भन्नु भयो : घरी गाँउले, घरी गाँउले ! रोटा रक्सी देईनन् यो घरकी बुढी माउले !! मात्र के भन्न पाएका थिए भित्रबाट आबै निस्केर तिम्रिमा हो भन्दै हामीलाई लखेटिन । अनि भागाभाग भो, घर अगाडि सिस्नाको पुरै जंगल रहेछ हामी सबै सिस्नाघारी भरी । सबैको शरिर भरी सिस्नाले पोलेका चाल्नै चाल्ना । रोटा, दक्षिणा, रक्सीको बदला त हामीलाई सिस्नाको चालैचाला ।

यस्ता धेरै रमाईला प्रसंगहरु छन् । मिलेपछि फेरि हजुरहरु सामु बाढुला । अहिलेलाई यतिनै मात्र । धन्यबाद ।

मेरो तिहार त यस्तै भो, तपाईको तिहार कस्तो भो, जहाँ भए पनि राम्रै भए होला र भएको भनि सन्तुष्टि लिनु पर्छ ।

2 Responses

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.