देश जनता र नयाँ संविधानबारे कहिले सोच्ने

-राजेन्द्र विश्वकर्मा
rajendra.gulmionline@yahoo.com
“मैले यस लेखमा माओवादीको तेश्रो ३ दिने आमहडताल र अहिलेसम्म निरन्तर रहेको संविधानसभा बैठक बहिष्कारलाई छोटकरीमा केलाउन खोजेको छु । खास विषयवस्तु के हो भने माओवादीले ३ दिने आम हडताल किन घटाए र निरन्तर बहिष्कार गरिरहेको संविधानसभाको बैठक किन बजेट मात्र पारित गर्न ३ दिन खुल्ला गरे । के माओवादीले जनतालाई मध्यनजर राखेर यी काम गरे त ।”
संविधानसभाको पहिलो समय तालिका अनुसार अहिले संविधानसभामा संविधानको पहिलो मस्यौदा प्रस्तुत गरी त्यो मस्यौदा जनता सामु छलफल र राय सुझाव संकलन गरी सकि आएको राय सुझावलाई मस्यौदामा राखी मस्यौदालाई अन्तिम रुप दिनतिर लाग्नु पर्नेे तर अहिले संविधानसभाको समय तालिकालाई आठौं पटक संशोधन गरी सक्दा पनि संविधानको एकिकृत पहिलो मस्यौदासम्म बाहिर आउन सकेको छैन । यसरी सरसर्ती हेर्दा संविधान बन्ने नबन्ने केहि अकलन गर्न सकिने अवस्था छैन । संविधान बनाउने राजनीतिक दलहरु आ आफ्नो राजनीतिक स्वार्थमा लिप्त भैरहेका छन् । राजनीतिक दलहरु संविधान बनाउने तर्फ भन्दा मेरे गरुको बाह्रै टक्का भन्नेमा व्यस्त छन् ।
जब एकिकृत नेकपा माओवादी सरकारमा थियो तब माओवादीको सरकारले तत्कालिन नेपाली सेनाका प्रमुख रुक्मांगत कटुवाललाई कारवाही गरी पद च्युत गर् यो त्यस पछि सरकारले गरेको निर्णयलाई राष्ट्रपति डा। रामवरण यादवले रातारात उल्टाई दिई कटुवाललाई यथास्थानमै रहि काम गर्न निर्देशन दिए पछि शुरु भयो नेपालमा राजनीतिक द्वन्द्व । त्यस पछि माओवादीले राष्ट्रपतिले असंवैधानिक काम गरि नागरिक सर्वोच्चताको उपहास गरेले सो कदम फिर्ता लिनु पर्ने भन्दै सरकारबाट हट्यो । माओवादी सरकारबाट हट्नुको मुख्यकारण भनेकै राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता हुने पर्ने थियो । तर त्यसो हुन तत्कालिन अवस्था देखि अहिलेसम्म आई पुग्दा समेत हुन सकेन । सकोस् पनि कसरी त्यही राष्ट्रपतिको कदमलाई लिएर सरकराको नेतृत्व गर्न पुगेको नेकपा एमाले र तत्कालिन अवस्थामा प्रतिपक्षको भूमिका निर्वाह गरेको नेपाली काँग्रेस अहिले सरकारमा पुगेका छन् ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको र नागरिक सर्वोच्चता हनन् भएको भन्दै माओवादी सरकारबाट निस्किए देखि निरन्तर आन्दोलनमा छ । माओवादीले अहिले तेश्रो चरणको आन्दोलन गरि सकेको छ । पहिलो चरणमा संविधानसभाको बैठक बहिष्कार गर्दै आएको माओवादीले दोश्रो चरणमा आफ्ना हजारौ कार्यकता काठमाडौंमा उतारी िसंहदरबार घेराउ गर् यो । अहिले तेश्रो चरणको आन्दोलन पनि हिजोमात्र समाप्त गरेको छ । तेश्रो चरण आन्दोलनमा ३ दिने आम हडताल गरेको छ भने संविधानसभाको बैठक अहिलेसम्म पनि निरन्तर बहिष्कार गर्दै आएको छ ।
यसरी माओवादीको निरन्तर संविधानसभा देखि सडक आन्दोलन भैरहदा आन्दोलनरत पक्ष माओवादी र सरकार पक्षका साथै तीन ठूला राजनैतिक दल माओवादी नेपाली काँग्रेस र एमाले बीच धेरै पटक छलफल र बहस भए तर केहि उपलब्धी हुन सकेको छैन । कुनै पनि पक्ष समस्या समधान तर्फ एक इन्च पनि तल माथि र दायाँ बाँया भएको देखिदैन । कुनै पनि समस्या समधान हुनका लागि जहिले पनि कुनै एक पक्षले लचकता अपनाउनु पर्छ वा शक्ति शन्तुलनको कुरा गर्ने हो भने कमजोर हुनु पर्दछ तर यहाँ कुनै पनि कुरा देखिएन न लचकता न कमजोर । यो अवस्थालाई हेर्दा नेपालको नयाँ संविधान २०६७ जेष्ठ १४ मा हैन अर्को जेष्ठ १४ मा पनि आउने सम्भावना देखिदैन ।
यहाँ राजनीतिक दललाई आ आफ्ना मुद्धा शत प्रतिशत जायत लाक्छन । माओवादीले राष्ट्रपतिको कदमको बारेमा संविधानसभा बैठकमा छलफल गर्न पाउनु पर्छ भन्दा पनि सत्तामा बसेका राजनैतिक दलले त्यो कुरालाई संविधानसभामा प्रवेश नै गराउन नदिने यो कस्तो लोकतान्त्रिक पद्धति हो । संविधानसभा भनेको त सबै कुरो टुंगो लगाउने मूल ठाँउ हो । तर पनि किन छलफल हुन नसकेको । माओवादीले संविधानसभामा यो विषयलाई प्रवेश देउ र छलफल गरौं संविधानसभाले जे निर्णय गर्छ त्यो मान्न हामी तयार छौ भनी रहदा पनि किन प्रवेशमा रोक?
आज मलाई माओवादीको आन्दोलनलाई पर्केर यहाँ कोर्न मन लागेको छ । सत्ता छाडेको दिन देखि निरन्तर आन्दोलनमा रहेको माओवादीले निरन्तर रुपमा संविधानसभाको बैठक बहिष्कार गर्द्र आई रहेको छ । माओवादीको बैठक बहिष्कारका कारण केहि महिना संविधानसभाबाट बजेट पारित हुन सकेन । त्यस पछि माओवादीले ३ दिनका लागि संविधानसभा बैठक खोल्यो र बजेट पारित गर्न दियो । त्यस पछि फेरि निरन्तर बैठक बहिष्कार गर्दै आईरहको छ । अहिले आएर माओवादीले तेश्रो चरणको आन्दोलन अन्तरगत ३ दिने आम हडताल हिजो मात्र सम्पन्न गर् यो । आमहडताललाई फर्केर हेर्ने हो भने पहिलो दिनको हडताल केहि िहंसात्मक भए पनि दोश्रो र तेश्रो दिन सामान्य भयो ।
माओवादीले घोषणा गरेको ३ दिनको आमहडतालको दोश्रो दिन माओवादीको बैठक बसी तेश्रो दिनको दिउसो १२ बजे पछिको आमहडताल फिर्ता लिएको घोषणा गर् यो । यहाँ मैले प्रसंग जोड्न खोजेको के हो भने माओवादीले किन ३ दिने आमहडताको तेश्रो दिनको आधा दिन फिर्ता लियो । यो फिर्ता लिनुको कारण के । यसरी माओवादीले आमहडताल फिर्ता लिनुको कारण आन्दोलन आफु अनुकुल गराउनको लागि रहेकेा कुरा त यहाँ सबैलाई स्पष्ट रुपमा थाहा भयो । किन भने ३ दिने आमहडतालको अन्तिम दिन माओवादीले काठमाडौंको बानेश्वरमा दिउसो १ बजे आमसभा गरे । सो आमसभा सफल पार्नको लागि माओवादीहरुले तेश्रो दिनको हडताललाई घटाएका हुन । यो माओवादीहरुले जनताको मर्कालाई बुझेर घटाएका होइनन् ।
मैले यस लेखमा माओवादीको तेश्रो ३ दिने आमहडताल र अहिलेसम्म निरन्तर रहेको संविधानसभा बैठक बहिष्कारलाई छोटकरीमा केलाउन खोजेको छु । खास विषयवस्तु के हो भने माओवादीले ३ दिने आम हडताल किन घटाए र निरन्तर बहिष्कार गरिरहेको संविधानसभाको बैठक किन बजेट मात्र पारित गर्न ३ दिन खुल्ला गरे । के माओवादीले जनतालाई मध्यनजर राखेर यी काम गरे त । मलाई लाक्थ्यो हिजोसम्म माओवादीले जनताकै पक्षमा यी आन्दोलन गरिरहेका छन् र जनता कै लागि भनेर निरन्तर संविधानसभा बैठक बहिष्कार गरिरहेका माओवादीले ३ दिन बजेट पारित गर्न दिए तर आज म त्यो भ्रमबाट मुक्त भए । किन भने हिजो ३ दिने आमहडतालको अन्तिम दिनको व्याख्या मैले माथि नै गरी सके । यदि जनताकै पक्षमा ३ दिने आमहडताल गरेको भए किन आफु खुशी घटाउने । के राजनीतिक दलले आफु खुशी जे गर्दा पनि हुन्छ । यो पनि यसैको पराकाष्टा हो ।
यसरी आमहडताललाई विश्लेषण गर्दा माओवादीले निरन्तर गर्दै आएको संविधानसभाको बैठक मात्र ३ दिनको लागि बजेट पारित गर्न खुलाए र बजेट पारित भयो । त्यो बजेट पनि हामी जनताका लागि नभएर आफ्नै स्वार्थका लागि रहेछ । जसमा बजेट पारित नहुदा माओवादीको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् र माओवादीका क्यान्टोनमेन्टमा रहेका जनसेनाका लागि मासिक रकम उपलब्ध भएन । त्यसै कारणले बजेट पारित गर्न दिइयो ।
यसरी आफ्ना राजनीतिक स्वार्थका लागि देश र जनतालाई धरापमा राखी कहिलेसम्म हिड्ने । अब सत्तामा बस्ने राजनीतिक दलहरुले माओवादीले संविधानसभा बैठकमा छलफल गर्न खोजेको विषयलाई प्रवेश दिई यस विषयलाई टुंगो लगाई देश र जनताका पक्षमा नेपालको नयाँ संविधान लेख्न तर्फ सबै राजनीतिक दलहरु लाग्नु पर्छ । यो सत्ता कसको पक्षमा बनाउने भन्ने समय हैन यो समय कुनै राजनीतिक दलले उठाएको मुद्धामा हारजीत छुट्टाउने समय पनि हैन यो समय भनेको मात्र नयाँ संविधान बनाउने र सम्पूण नेपाली जनताको जीत गराउने समय हो । त्यसैले सबै राजनीतिक दलहरुले यो बुझ्न जरुरी छ कि जब जनताको जीत हुन्छ तब मात्र राजनीतिक दलहरुको पनि जीत हुन्छ किन भने राजनीतिक दल भनेको जनताको सहयोग र संलग्नतामा मात्र अस्तित्वमा रहन सक्छ ।
2066-09-08

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

Join 1,066 other followers