राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा कैलालीद्वारा २०६५ असोज ८ गते आयोजित दोश्रो वैकल्पिक दलित नगर परिषदबाट जारी धनगढी घोषणा-पत्र
राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा बझाङ्गद्वारा २०६५ भाद्र ५ गते आयोजित दोश्रो वैकल्पिक दलित जिल्ला परिषदबाट जारी बझाङ्ग घोषणा-पत्र
राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा कंचनपुरद्वारा २०६५ असार २२ गते
आयोजित दोश्रो वैकल्पिक दलित जिल्ला परिषदबाट जारी कंचनपुर घोषणा-पत्र
राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा अछामद्वारा २०६५ भाद्र ५ गते आयोजित
तेस्रॊ वैकल्पिक दलित जिल्ला परिषदबाट जारी अछामको मंगलसेन घोषणा-पत्रहरुका लागि यहाँ थिच्नुहोला ।
Filed under: ब्लगरको आँखामा




[...] माया ताम्राकारले स्वागत मन्तब्य गरेको कार्यक्रममा जवालिसं तिरुवाले दलितको अवस्था र अधिकारको सवाल विषयक अवधारणा पत्र पेश गर्नुभएको थियो भने संचालन बल बहादुर बि। क। ले गर्नुभएको थियो । परिषदमा बोल्दै नेकपा माओवादी को तर्फबाट सभासद हुनुभएका श्रीपाईलीले निर्णायक तहमा उपस्थिति दलितको नभएसम्म दलितको उत्थान नहुने बताउनुभयो । दलित अधिकार सम्बन्धमा बन्ने बन्ने नीति निर्माणमा आफू पार्टीबाट माथि उठेर दलितका मुद्दा तर्फ लाग्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले की नेतृ मिना सोव राष्ट्रिय जनमोर्चाका तिलक परियार राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दिपेन्द्र िसंह वियोण्ड बेइजिङ्ग कमिटिका संयोजक चित्रा पनेरु आरडिएन नेपालका महासचिव मोहन ओड फेडो कैलालीका अध्यक्ष पुनम सिजापति दलित महिला परिषदका उपाध्यक्ष पार्वती आग्री लगायतका वक्ताहरुले बोल्नुभएको थियो । साथै कार्यक्रममा विभिन्न वडाबाट आएका पार्षद ज्यूहरुले आ-आफ्ना वडाका समस्याहरुलाई प्रस्तुत गर्नुभयो भने आरडिएन नेपाल जिल्ला शाखा अछाम बझाङ्ग र कंचनपुरमा सम्पन्न भएका दलित नगर तथा जिल्ला परिषद गर्दाखेरिको अनुभवहरु क्रमशः भिम जनाला श्याम सुनार र मोहन ओडले भन्नुभएको थियो । त्यसैगरी राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा बझाङ्ग अछाम र जाजरकोटको आयोजनामा बिभिन्न मितिहरुमा स्थानीय सरकारी स्तरको बजेटलाई दलितमुखी बनाउन मुल प्रवाहीकरण गर्ने र जिल्ला स्तरका दलित सवालहरुलाई आगामी २०६५ मंसिर महिनाको तेश्रो हप्तामा काठमाण्डौमा आयोजना हुने दलित संसदमा बहशको रुपमा थालनी गर्ने मुख्य उद्देश्यले मिति २०६५ भाद्र ५ गते संगठनको प्रथम सहिद स्व। मंगल बिश्वकर्माको स्मृति दिवशको सन्दर्भमा आरडिएन नेपाल जिल्ला शाखा बझाङ्गको आयोजनामा दोश्रो बैकल्पिक दलित जिल्ला परिषद सम्पन्न भयो । त्यसैगरी भाद्र २२ र २३ गते जिल्ला शाखा अछामको आयोजनामा २ दिने तेश्रो बैकल्पिक दलित जिल्ला परिषद सम्पन्न भयो र मिति २०६५ भाद्र २४ र २५ गते जिल्ला शाखा जाजरकोटको आयोजनामा प्रथम गणतान्त्रिक बैकल्पिक दलित जिल्ला परिषद सम्पन्न भयो । परिषदबाट पारित बिभिन्न घोषणा-पत्रहरुका लागि यहाँ थिच्नुहोस् । [...]
एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com/