

(दिपक दाहाल)
काठमाडौं-कन्डम’ बारे सुनेर पनि यसका विषयमा बोल्न, छुन र किन्न हिच्किचाउने प्रवृत्ति हामीमा धेरै छ।
असुरक्षित यौनसर्म्पर्कबाट हुन सक्ने एचआईभी/एड्स तथा यौन रोगबाट बच्न कन्डमको विकल्प छैन। तर पनि नेपालमा सम्पूण् जनसंख्याको ५ प्रतिशत मानिसले मात्र यसको प्रयोग गर्छन्।
ँजन्मान्तर र यौनजन्य रोगबाट बच्न सक्ने दोहोरो उपयोगिता भए पनि सहज उपलब्धता, यसको प्रयोगबाट यौन सन्तुष्टिमा कमी हुन्छ भन्ने धारणा र उचित प्रयोगबारे चेतनाको अभाव आदि कारणले जनमानसले फाइना लिन नसकेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका निमित्त निर्देशक विश्वराज खनाल बताउनुहुन्छ। कन्डम प्रयोग गर्न पनि हिच्किचाउने, चाहे पनि उपलब्ध नहुने आदि कारणले आशा गरिएअनुसार सफलता प्राप्त भएको छैन’ -खनालले भन्नुभयो। तथ्यांकअनुसार नेपालमा दैनिक १ लाख ३७ हजार थान कन्डम खपत हुन्छ। ४० प्रतिशत नेपाली महिला या पुरुषले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गर्छन्, जसमा ५ प्रतिशतले मात्र कन्डमको प्रयोग गर्छन्। नेपालमा एचआईभी संक्रमितको संख्या ७० हजारभन्दा बढी पुगिसकेको छ।ँबढ्दो जनसंख्या र फैलँदो एड्सरोगलाई नियन्त्रण गर्ने सरल र भरपर्दो सामग्री कन्डम हो’ -नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक केबी रायमाझी भन्नुहुन्छ।अध्ययनले नेपालमा ९६ प्रतिशत मानिसले ँकन्डम’ भनेको सुनेको भए पनि प्रत्येक पटकको यौनसर्म्पर्कमा कन्डमको समुचित प्रयोगबारे २२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुषलाई मात्र थाहा भएको जनाइएको छ। हाल राजधानीलगायत प्रमुख शहरमा ४० भन्दा बढी ँब्रान्ड’ का कन्डम उपलब्ध छन्। पछिल्लो समयमा पुरुषसँगै महिलाले प्रयोग गर्ने कन्डमसमेत बजारमा उपलब्ध छ।Source: www.newsofnepal.com
Filed under: आम्मै




Ohh ,
This is really amazing artical for safe sex & family planning. I think this is a good product for safe your whole life from HIV / AIDS. Therefore everybody use condom while they sex. Because your life is in your hand so depend on your own. What is what exactly you want.
Thanks & Best Regards
Gopal Prasad Ghimire
[...] आम्मै कति धेरै कण्डम « MY OPINION:: MY PRIDE :: RajendraOnline आम्मै कति धेरै कण्डम « MY OPINION:: MY PRIDE :: RajendraOnline [...]