उठौ, जुटौ अब ढिला भई सक्यो

छक्कु उदासी/जापान
यो जातिय क्रान्ति नयाँ हैन भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । “मानिस ठुलो दिलले हुन्छ जातले हुदैन” भनेर भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा अवस्य पनि पागल त हैन्न होला त्यहि सन्दर्भमा “मान्छे र सर्टिपिकेटलाई मान्ने हैन मान्छेको विचारलाई मान्नु पर्छ” भन्ने मेरो भनाई बुझाई बुझाईमा निर्थक हुन पनि सक्छ । तर मनमा लागेको कुरा ब्यक्त गर्न पाउने अधिकारको सदुपयोग गर्ने जर्मेको गरेकी छु ।

समयले २१ औं शताब्दीमा फड्को मारिसक्दा पनि दबाउन चाहने र हेप्न रमाउने अन्धो ब्राहमणवादी चिन्तनको समाजले जनजाति र दलित आवाजलाई कडा विरोध र आलोचनात्मक भाषाले यो सबै जातीय शाम्प्रदायिक धारणाको साँगुरो नारा हो भनेर उपहाश गरिन्छ । अनेक लाल्छाना पनि लाईन्छ । अनि नारीको सवालमा झन भाले बाँस्नुको सत्ता पोठी बाँस्न थाली उत्ताउली र नखरमौली जस्ता अनेक लाल्छाना लगाउनुको साथै कामइच्छाको साधन भन्दा अर्को गतिलो चस्माले हेर्ने गरेको पाईदैन । नारी भनेका एउटा रथको दुई पांग्रा हुन भनेर महसुस गर्ने चेतना अधिकांशमा अझै पहलाएको छैन ।
तर म के भन्न चाहान्छु भने खुट्टा तान्नेले तान्दै गर्छ आफै थाक्छ गल्छ । भन्नेले जे पनि भन्छ । भन्नेको मुख थुन्न सकिदैन । हामी आफै नजुटे अरुले जुटाउदैन अरुले त फुटाउन मात्रै जानेको छ । तसर्थ जति पनि नारी दलित पीडित र उत्पीडित वर्गहरुले अब मानसिक खिन्नता पालेर समय खेर नफालौ । बरु आ-आफ्नै ठाँउबाट आफ्नै आवाज र सहि र समय सापेक्ष निकालौ । आफुमा भएको खुबिको सदुपयोग गरौं । ढुंङ्घामा बीउ छरेर भए पनि हेरौ । चाहाने र गर्ने हो भने यो दुनियाा सम्भव नै सम्भवको खानी हो । पहिला आफैमा हलचल लिनै पर्छ ।
साढे दुई करोड जनताले मार्ने र मर्ने क्रम छिट्टै अन्त्य हुने मुख्य आशा गरेका छन । त्यस पछि निकास विकास र शान्ति चाहेका छन । तर अझै पनि आशा मै सिमित हुनु परेको छ । राजनैतिक द्धन्द बेग्लै खेप्नुको साथै हाम्रो नेपाली संस्कार अनुसार सामाजिक िहंसा दुई किसिमले हुने गरेको छ । एक शारीरिक र अर्को मानसिक हो । शारीरिक िहंसा गर्नेलाई कानुन छ । सोहि अनुसार संजाय तोकिएको छ । तर मानसिक िहंसा गर्नेलाई न कानुनमा उल्लेख नै छ न संजायनै दिईन्छ । जस्ले विकराल रुप लिईरहेको छ । अनि प्रत्यक्ष र अप्रत्यक्ष मान्छेलाई अन्धो बनाएको छ । नजरबन्द बनाईएको छ र जिउदै बलि बनाएको छ । जस्को फल स्वरुप अब पनि मानसिक िहंसा प्रति कोहि पनि गम्भीर नहुने र वास्ता नगर्ने हो भने मुलुकमा अझै भयाबह परिस्थिति नआउला भन्न सकिन्न ।
ठुलाले सानालाई धनीले गरीबलाई माथिल्लो जातले तल्लो जातलाई पुरुषले नारीलाई र योग्यले अयोग्यलाई हेप्ने र निच्याउने खेलको अन्त्य कहिले हुने आफ्नै भाग्यलाई दोष दिएर कहिलेसम्म हार सहेर बस्ने किन यो सम्बेदनशिल परिस्थिति प्रति कसैको चिन्तन हुन सकेको छैन के यो गम्भीर जिम्मेवार सबैको साझ हैन र यो कस्तो बिडम्बनाको कुरा त्यसैले अब सम्बन्धित सबैको सोचाईमा परिवर्तन हुनै पर्छ । नत्र कौनाको सचेत तोपलिएको नागरीक हैसियत अचेत साबित होला नी ७३ढटण्स भन्दै ध्यानाकार्शन गर्छु ।
समयको खेलसंगै उमेरले जेठो र कान्छो अनि परिस्थितीले धनि र गरीब प्रकृतिले पुरुष र नारी हुनु अपरिहार्य विषय हो । वास्तबमा यो समस्या नै हैन र पनि केहि मात्रमा भए पनि जुन सुकै शभ्य र धनि राष्ट्र किन नहोस त्यहा पनि छिप्न सकेको छैन । तर दुःखको कुरा के भने ंिलङ्ग जाती उमेर वर्ण राजनैतिक र औकात जस्ता भेद नामक रोगले अस्वभाविक ढंगले ग्रष्त भएको देश नेपाल मात्रै हो भन्दा फरक नपर्ला । जस्ले झन झन उग्र रुप लिईसकेको छ । बल्ल बल्ल केहि समय यता छुवाछुत अन्त्य भएको घोषणा भएको थियो । तर त्यो घोषणा घोषणामै सिमित छ । व्यवाहारमा खासै लागु भएको छैन ।
हाम्रो मुलुकमा यिनै विद्यमान रोगलाई अभिलम्ब निर्मुल पार्नै पर्छ । साच्चै नयाँ नेपालको आशा गरी आमुल परिवर्तन ल्याउने नै हो भने पीडित उत्पीडित र दलित वर्गबाट नै सुरु गर्नु पर्छ । नयाँ नेपालको शुरुवातसँगै जातिय छुवाछूतको समस्या पनि समाधान हुनु पर्छ्र त्यसैले जति दलित समुदायको तर्फबाट परिवर्तन गर्न भएका आन्दोलन र कार्यहरु छन ति सबै स्वागत योग्य नै छन् तर अहिलेको यस तरल अवस्थामा जति दलित समुदायको तर्फबाट दवाव हुनु पर्ने हो त्यो भएको छैन त्यसैले समयले डाँडा काटि सक्न लागेको छ । उठौँ । फेरी नँया नेपालमा पनि समस्या जस्ताको तस्तै रहने स्थिति आउला ।

2 Responses

  1. छक्कु जि
    सान्दर्भिक लेखका लागि धेरै धेरै धन्यवाद।
    तपाईंका लेख औ कविताहरु मैले भेटे सम्म पढ्न बिराएको छैन र यसरी राजेन्द्रब्लगमा देख्न पाउदा झनै खुशी लाग्यो।
    तपाईंले भन्नु भए झैं; यहाँ जुटाउने भन्दा फुटाउनेहारुको अघोषित योजन देखि सतर्क हुंदै शोषित, पीडित, नारिहरु जस्ता पछाडि पारीएकाहरुएुटै साझा उद्देश्य लीइ हरेक मानविय मूल्य-मान्यता औ अधिकार बिरोधि पाखन्डी तत्वहरुका विरुद्ध एक भै जानु अपरिहार्य छ।
    तपाईंका गहकिला बिचारहरु निरन्तर पढन पाउने आशा गर्दै पुन: साधुवाद।
    राज सेन्चुरी।

  2. sarba pratham chhaku mala le lekhnu bhayeko lekha prati ma hirday dekhi nai aavari chhu kina bahne yo pratikriya bhaneko singo nepali mahila haru o prati nidhito ho.bastab ma ,kathit dalit bhanauda haru ko majha ma andolan ko barema kunai tayari bina ,ra tayari bahye pani tyo mithya tayari ko nam ma natakiya tarimka ma aandolan gareko bhanne parne matrai ka bhayeko ,chha .jasdari “aadibashi janajaati mahasangha ” le gareko aandolan ma jasari pasangha sherpa lagayet le raja bhanaudo gyanendra shaha lai no-1 kaidi ko rup ma ghosana garera aandolan ko mulya manyata lai urja bharne kam gareko chha tesai gari kathit dalit bhanne haru ko sanghathan le pani aandolan ko lagi aantarik taryari sanghai ajha sasaskta aandolan ko tayari garnu parchha .ani matrai sarthak hunchha.,aaja ko aabasyakta pan ho .ani matrai naya nepal ko vabi khaka korne tayari ma sabai ko jimmewari sarthak hunchha.

    ramji nepali (singer/musice arrenger/programe co-ordinatior)
    phone -9841457947
    ktm putalisadak nepal.

Leave a Reply