Posted on May 31, 2007 by RAJENDRA BISHWAKARMA
(फोटो हेर्न तल जानुहोस्)Photo by: Rajendra Bishwakarma
राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशीकरणको माग गर्दै दलित गैरसरकारी संस्था महासंघ तथा यसका सदस्य संस्थाहरुले आज साँझ मसाल जुलुस निकालेका छन् । जुलुस प्रदर्शनीमार्गबाट सुरु भई पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर विसर्जन भएको थियो ।
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | Leave a Comment »
Posted on May 28, 2007 by RAJENDRA BISHWAKARMA
“अब बन्ने अन्तरिम योजनामा दलित” भन्ने विषयमा आज राजधानीमा एक कार्यक्रम सम्पन्न भएको छ । दलित गैरसरकारी संस्था महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माको प्रमुख अतिथिमा भएको थियो । सोही अवसरमा मन्त्री छविलाल विश्वकर्मा र सोही कार्यक्रममा उपस्थित एक मात्र दलित अन्तरिम विधायक संसद पद्यमलाल [...]
Filed under: Uncategorized | Tagged: समचार | 3 Comments »
Posted on May 26, 2007 by RAJENDRA BISHWAKARMA
त्रिभुवनचन्द्र वाग्ले
नेपाली काँग्रेसले मुलुकमा राजनीतिक परिवर्तनका लागि गरेका विशेषगरी २००७ सालअघिको आन्दोलनले प्रत्यक्षरूपमा यहाँको रुढीग्रस्त सामाजिक संरचनालाई प्रहार गरेको थियो । यो आन्दोलनले राजनीतिक परिवर्तन मात्र गरेन, साथै सामाजिक परिवर्तनलाई पनि टेवा पुर्णएको थियो । नेपाली काँग्रेसको त्यो आन्दोलनले सामाजिक रुढताविरुद्ध कठोर सम्बोधन गरेकाले आन्दोलनमा समाजका उपेक्षित वर्ग तथा जात र क्षेत्रको उल्ल्ोख्य सहभागिता रहेको [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »
Posted on May 23, 2007 by RAJENDRA BISHWAKARMA
देशभरिका भूमिहीनहरूले बसोबासका लागि जग्गा पाउनुपर्ने माग राखी राष्ट्रव्यापी आन्दोलन गरिरहेका बेला सुनसरीको सिमानामा जोडिएको सप्तरीस्थित बदगामा गाविसका २ सय सुकुम्वासी दलितहरूले कोशी टप्पु वन्यजन्तु आरक्ष कुसाहाको ५५ बिघा ऐलानी जग्गा कब्जा गरी टहरा निर्माण गरेका छन्।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार | Leave a Comment »
Posted on May 23, 2007 by RAJENDRA BISHWAKARMA
NEPAL: CLASS OR CASTE STRUGGLE?
Telegraphnepal.com – Kathmandu,Bagmati,Nepal
The poor and the disadvantaged, the dalits, the women folks, the janjatis, the Madhesis and the Chure Bhawar residents got lured to the extent that they …
Filed under: Uncategorized | Tagged: Google Alert | Leave a Comment »
Posted on May 21, 2007 by RAJENDRA BISHWAKARMA
डीआर पन्त
डडेल्धुरा, जेठ ६ – योजना निर्माणको सामान्य विवादलाई मुद्दा बनाई कथित माथिल्लो जातकाले तीन दलित बस्तीको पानी मुहान बन्द गरेका छन् ।३१ वर्षदेखि कोटेली गाविसका पाँचवटा वार्डवासीले उपभोग गर्दै आएको खानेपानी योजना निर्माणको सामान्य विवादले मुहान बन्द गरिएपछि बस्ती पानीविहीन भएका हुन् ।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार | Leave a Comment »
Posted on May 18, 2007 by RAJENDRA BISHWAKARMA
हिजो राजधानीमा आयोजना गरिएको एक बृहत सभामा बोल्दै दलित गैरसरकारी संस्थाका महासचिव बोमबहादुर विश्वकर्माले अब दलितहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्न लागेको कुरा बताउनु भयो । नेपाल आदिवासी जनजाति महासंघ आदिवासी जनजाति संयुक्त संघर्ष समति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आदिवासी जनजाति विद्यार्थी महासंघ र आदिवासी जनजाति युवा संघको संयुक्त आयोजना भएको थियो ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on May 15, 2007 by RAJENDRA BISHWAKARMA
राष्ट्रिय दलित नेटवर्क नेपालले आज एउटा प्रस विज्ञप्ती प्रकाशित गरेकेा छ । राज्यले दलित समुदायको सवाललाई वेवस्ता गरेकोले राष्ट्रिय दलित नेटवर्क नेपालको ३ दिने बैठकले परित गरेका विभिन्न १३ बुदाँहरु र पूर्ण प्रेस विज्ञप्ती यहाँ जस्ताको तस्तै राखिएको छ ।
Filed under: Uncategorized | Tagged: Press Release | Leave a Comment »
Posted on May 15, 2007 by RAJENDRA BISHWAKARMA
धरान, वैशाख ३१ – जातीय छुवाछूत अन्त्यका लागि पाँच दिनदेखि जारी साझा आँगन साइकल यात्रा सोमबार सकिएको छ । सुनसरीको पाँचकन्या गाविसको स्कुलडाँडाबाट सुरु भएको यात्रा इटहरी पुगेर सकिएको हो । यात्रामा ६ युवतीसहित ६० दलित युवा सहभागी थिए ।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार | Leave a Comment »
Posted on May 11, 2007 by RAJENDRA BISHWAKARMA
त्रिभुवनचन्द्र वाग्ले
नेपालको शासन संरचना समावेशी चरित्रको छैन । विभिन्न कारणले मुलुकमा समावेशी संरचनाको जग खडा हुनसकेन । राज्यसंरचना समावेशी हुन नसक्नुमा मूख्यतः तीन कारण छन् । पहिलो कारण हो धार्मिक मतबाट सञ्चालन हँुदै आएको नेपाली समाज । जहाँ पढलेख गर्ने अधिकार समाजका केही सीमित वर्गले मात्र पाएका थिए । दलित र महिलालाई पढ्ने अधिकारसम्म्ा थिएन [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | 2 Comments »