विद्यार्थीहरुमा यस ब्लगको तर्फबाट पूर्ण समर्थन सहित साहासिक कामको लागि धन्यवाद । लगाउनु होस ताला र बन्द गरिदिनुहोस् अनिश्चितकालका लागि विद्यालय र शिक्षा कार्यालय ।
आजको कान्तिपुर दैनिकले पर्वत जिल्लामा शिक्षकले विद्यार्थीलाई छुवाछूत गरेकेा समाचार र प्रुन्टपेजमा फोटो फिचर सहित छापेको छ । ब्राह्मणवादी चिन्तनले गाँडेको यो नेपाली समाजले खैँ कहिले मुहार फेर्ला र । पर्वतको माँझफाट गाविस स्थित फट्केढुंगा निमाविमा भएको यो घटना पनि कट्टर ब्राह्मणवादी चिन्तन भएका व्यक्तिले गरेका छन् । ति हुन गुरुको नाममा कलंक फैलाउने तुलसा पौडेल र शंकर जिसी । यस्तो व्यवहार खेप्न पुगेका छन् त्यही विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरु । ती विद्यार्थीहरु पाकशिक्षाको परिक्षाबाट बंचित भएका छन् ।
नेपाल सरकार तथा संसदले नेपाललाई छुवाछूत मूक्त राष्ट घोषणा गरे पनि त्यस सम्बन्धि आवश्यक कानूनी ऐन नियम नबनाएको र छुवाछूत मुक्त राष्ट घोषणा सम्बन्धि जनचेतना मूलक कार्यक्रमहरु पनि संचालन नगरेकेा हुदाँ घोषणा गरेकेा झण्डै नौ दश महिनामा पनि छुवाछूत ज्यूँका त्यूँ रहनू के यो राम्रो पक्ष होला ?
यस्ता कलंकधारी गुरुहरु हामीलाई आबश्यक छैन् । छुवाछूत गरेको दिन देखि नै ब्रखास्त(पदच्युत) नगरुन्जेल लगाउनुहोस् ताला र बन्द गरिदिनुहोस् अनिश्चितकालका लागि विद्यालय र शिक्षा कार्यालय ।
दलित विद्यार्थी पाकशिक्षाबाट वञ्चित
प्रकाश बराल कास/पर्वत, चैत २५ – दलित भएका कारण पाकशिक्षाको परीक्षाबाट वञ्चित गरिएपछि यहा“को एउटा स्कुलका विद्यार्थी सिकायत गर्न प्रशासन पुगेका छन् ।माझफा“ट गाविसस्थित फट्के ढुंगा निमाविका कक्षा ६ र ७ का दलित विद्यार्थीलाई शिक्षकले पर्ूवव्यावसायिक विषयको पाकशिक्षा परीक्षामा रोक लगाएका हुन् । ‘तिमीहरू मादल बजाएर रमाइलो गर, हामी पकाउ“छौं भनी तुलसी पौडेल मेडम र शंकर जीसी सरले हामीलाई भन्नुभयो,’ कक्षा सातका सोमबहादुर परियारले भने- ‘छात्रवृत्ति दिने समयमा दलितको भाग खोज्ने, अहिले तिमीहरूले छोएको हामी खान्छौं त – भन्दै गाली पनि गर्नुभयो ।’ उनीहरूका अनुसार परीक्षा ११ बजे हुने भनिए पनि गैरदलितलाई बिहान ७ बजे नै बोलाइएको रहेछ । पकाउने अभ्यासमा आधारित उक्त परीक्षाका लागि तरकारी काट्न अघि सरेका दलितलाई शिक्षिकाले गाली गर्दै पर र्सन भनेकी थिइन् । यसबारे शिक्षक जीसीले भने- ‘विद्यार्थी भएर मानव अधिकारवादी र पत्रकारलाई भेट्न जाने होइन, स्कुल प्रशासनलाई भन्नुपथ्र्यो ।’ जिल्ला प्रशासनमा आइतबार आएका विद्यार्थीको ज्ञापनपत्र बुझेपछि सहायक प्रजिअ गोपीकृष्ण ढुंगानाले दोषीलाई तत्काल कारबाही थाल्ने आश्वासन दिए । तत्काल सुनुवाइ नभए विद्यालय र शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार



sarba pratham naba barsa 2064 ko pratyush sanghai sabai ne pali ka man- mastiska ma dalit haru parti najar ,dimagi chintan ma paribartan aayos ,yehi mero s ubha kamana chha, hami sadiu dekhi dabiyeka ta chhadai chhau ni ,aba pani desh ma lok ta
ktm nepalntra aayo bhanne kura yeka tira garchhan , feri ustai bhedbhav ,feri ustai daman ,chhuwachhut ,garnu garaunu paresi ke ko lok tantra?kasto lok tantra?
yo ta uhi raj ntantra ho ni ,ke nam matrai ko lok tantra le yo desh ma naya nepal nirman garna sakchha?
tesai le hami dalit haru pani aba santipurna and o lan ma utrane bela aayeko chha,hami biruddha hune sasbai khale daman ,sosan ,atyachar ,vedvab haru ma hami chup lagera basne bela chhain.ma dhanya badha dina chahanchhu ,ti bhai bahini haru lai .jasle manab hunu ko jolanta udaharan yo samaj lai dekhayidiyeka chhanm.hami sampurna dalit hatu aba yek hune bela aayeko chha,hamro aafno hak-adhikar ,khojne bela aayeko chha.
ramji nepali{singer/music directer}
ktm ne pal