‘सम्बन्धको खोजी’ कविता चौथौ स्थानमा

नेपाल मानविकी क्याम्पस (आर.आर)द्धारा फागुन ८ देखि १५ गतेसम्म राखिएको रचनात्मक सप्ताहा २०६३ को अवसरमा विभिन्न प्रतियोगिता सम्मन्न भएका थिए । ती विभिन्न प्रतियोगिताहरु मध्ये एक कविता प्रतियोगिता पनि रहेको थियो । त्यस कविता प्रतियोगितामा आर आर क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुले भाग लिएका थिए । जसमा झण्डै २०० कविता रहेको र ति कविताबाट ९० कविता छनौटमा परेको आयोजकले जनाएको छ । जसमा नेपालमा चलिरहेको नयाँ नेपालको निमार्ण देखि गाँउका दुखेसासम्म बाचन गरिएका थिए । सोहि अवसरमा कविता बाचन गर्ने मौका मैले पनि पाएको थिए । सो अवसरमा बाचन गरेको मेरो कविताले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो । सोही कविता ‘सम्बन्धको खोजी’ यहाँहरुलाई ।

‘सम्बन्धको खोजी’

कस्तो विडम्बना
म यहाँ,
अछुत !
तर,
म अछुत भएर के भो,  मैले सिलाएका कपडा,
शरिरमा पहिरिएर,
तिमी छुत छौं ।
मैले गाग्रो अनि करुवा बनाउछु,
तिमीले त्यसैमा पानी पिएकै छौं,
तर तिमी अछुत भएनौं,
म भगवानको मूर्ति कुद्ने गर्छु,
तिम्रो मन्दिरमा,
मूर्तिलाई ढोका बन्द भएन,
मैले बनाएका,
गरगहना,
तिमीले नाक कानमा झुण्डाएकै छौ,
तिम्रो घरको दैलोमा,
तिमीलाई खै कसैले छेकेको छैन त,
तिनलाई पनि त,
मेरै परिश्रम,
अनि मेरै हातले कुदेको हो,
कस्तो अचम्म,
मेरो बुद्धि परिश्रम,
तिम्रो दैलोले कहिले पनि रोकेन,
तर,
मेरो भौतिक शरिरलाई……
घृणा तिरस्कार अपहेलाना बन्देजीकरण गरिरह्यौ,
के म तिमीलाई परिवर्तनगामी भनौं,
वा,
हिन्दु अतिवादी,
वा,
तिमीलाई छुवाछूत विरुद्धको,
आन्दोलनमा प्रतिगामी,
खैं,
तिमीलाई कुन शब्दले पुकारांै,
शब्द भेटेको छैन्,
तिमीलाई कसरी भनू,
२१ आंै शताब्दीको क्रान्तिकारी मानव,
मानव मानव विचमै,
भिन्नता देखाउछौं,
त्यसैले,
म खोज्दै छु,
तिम्रो अनि मेरो सम्बन्ध ।

राजेन्द्र बिश्वकर्मा
बि.ए.
नेपाल मानविकी क्याम्पस(आर.आर), प्रदर्शनीमार्ग

6 Responses

  1. कविता धेरै राम्रो छ । हिन्दु धर्मका ठेकेदारलाई ठेक्काबाट छुताउनु पर्छ,

  2. I like it very much.Keep on wrtiting such poem near future too.

  3. Rajendra jee,
    Many congrutulation, at least you have tried to raise the voice of Dalits. The mock to the brahaminism is very symbolic. It will be weapon to wipe out the discriminatory attitude. Please keep it up.

  4. The poem is very strong. This poem should also be published in daily news papers or periodicals. Congrautulation!

    Pls keep it up

  5. RAJENDRA G TAPAIN KO KABITA RAMRO LAGYO. plz. KEEP ON WRITING. QUITE HEART TOUCHING.

  6. I am a new commentor for your poem . your poem is somehow good but it is based on general trend.It is same as like a song ‘ banauchhou hamle sudar murti sajinchhan mandir mahalharu , bajauchhou hamle baja gaja gunjan pahad parbatharu,tara pani hamlai kin dalit bhani hela garne . kukur samma bhitra pasda hamlai chahi bahir rakhne . buT IT IS NICE . KEEP IT UP . ALL ARE GIVING U POSITIVE RESPONSES WHEN I AM GIVING THE NEG.SO DON’T MIND ,KEEP IN TOUCH .
    ( DRAMA WRITER OF RADIO)

Leave a Reply