“….. यो सम्पूर्ण दलित समुदायको सम्मान र हौसला पनि हो ।” – तेज सुनार

(अवार्डबाट सम्मानित तेज सुनार)
“विश्व हाम्रो घर हामी सबै मानिस एक परिवार” भनेर अगाडी बढिरहेको विश्व शान्तिका लागि युवा महासंघ नेपालले हिजो (माघ २१ गते) नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेका युवा नेतृत्वधारीहरुलाई “युवा शान्तिदूत” अवार्डबाट काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।
(युवा शान्तिदूतहरु- दोश्रो लाइनको दाँयाबाट दोश्रोमा प्रकाश परियार र तेश्रो लाइनको दाँयाबाट तेश्रोमा तेज सुनार)
अवार्ड विभिन्न क्षेत्रमा काम गरिरहेका युवा नेतृत्वधारीहरु जस्तै- दलित, जनजाति, गैरसरकारी, राजनितिक, पत्रकार, खेलाडीहरु तथा अन्य व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा दलितको तर्फबाट तेज सुनार हुनुहुन्थ्यो भने अन्य सम्मानित व्यक्तिहरुमा डा अर्जुन कार्की, सपना प्रधान मल्ल, पासांग सेर्पा पत्रकारहरु प्रकाश परियार र खिम घले साथै अन्य व्यक्तिहरु रहनु भएको थियो । अवार्ड वितरण संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीको उपस्थितिमा भएको थियो ।
“हामीले यो अवार्ड विभिन्न क्षेत्रमा काम गरि शान्ति अभियानमा सहयोग पुर्याइ रहेका युवा नेतृत्वहरुलाई अहिले सम्मान गरेका हौं । यस भन्दा अगाडि हामीले विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु जस्तै राष्ट्रिय स्तरका नेतृत्व समालेका राजनितिक नेता तथा अन्य व्यक्तिहरुलाई सम्मान गरेका थियौ । अव हामीले यो कार्यक्रमलाई केन्द्रीय स्तरमा मात्रै नगरेर गाँउ गाँउ सम्म पुर्याउने लक्ष्य लिएका छौ । जसमा विद्यार्थी, युवा नेता, समाजसेवी आदिलाई सम्मान गरिनेछ ।” भनेर युनिभर्सल पिस फेडेरेसन नेपालका सचिवालय सचिव तथा विश्व शान्तिका लागि युवा महासंघ नेपालका संयोजक तथा प्रवक्ता विन्दुराज अधिकारीले बताउनु भयो ।
अवार्डबाट सम्मानिति तेज सुनार भन्नु हुन्छ – “काम गर्नु पर्छ मूल्यांकन आफै हुदै जान्छ । जसले निस्वार्थ रुपमा काम गर्छ त्यसको नै मूल्यांकन हुन्छ भन्ने मेरो मान्यता पनि छ । र यो मलाई सम्मानित गरिएको “युवा शान्तिदूत” अवार्ड दलित समुदायका लागि पनि ठूलो उपलब्धी हो । साथै यो सम्पूर्ण दलित समुदायको सम्मान र हौसला पनि हो ।” यस भन्दा अघि सुनार भारतीय साहित्य एकाडमीबाट “अम्वेडकर विशिष्ट सेवा पुरस्कार”बाट पनि पुरस्कृत भई सक्नु भएको छ भने नेपाल स्थित विभिन्न संघ संस्थाहरुबाट पनि सम्मानित हुनुहुन्छ ।
यस अवार्डबाट सम्मानित व्यक्तिहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति अभियानका कार्यक्रममा युवा शान्तिदूतका रुपमा सहभागी गराउने पनि विश्व शान्तिका लागि युवा महासंघ नेपालले जनाएको छ ।
Filed under: Uncategorized | Tagged: समचार




Tej Sir Congratulations. we shoould done well in the forther days.
thanks
Congratulation for being honoured.
Congratulation Tej Ji for respection.
We must prove in real ground, what we are getting from Dalit movement. This is realy good news for all Dalit activist.
Suk Lal Badi
from west Nepal
[...] received Ambedhkar Distinguished Service Award by All India Dalit Literary Academy last December. More on this story Posted under News on Tuesday 13 February 2007 at 9:03 [...]