दलितसँग छोरीले बिहे गरेको भन्दै बाबु-आमालाई बहिष्कार

टीका भट्ट
मन्थली, पुस १४ – छोरीले दलितसँग बिहे गरेको निहुँमा भलुवाजोरका एक दम्पतीलाई गाउँलेले डेढ वर्षदेखि पानी बाहेक गरी राखेका छन् ।
भलुवाजोर-६ जामुनाबोटका तेजबहादुर तामाङ र उनकी पत्नी शान्ता तामाङलाई गाउँले मात्र होइन उनीहरूकै भाइले पनि पानी चलाएका छैनन् । ‘हाम्री छोरीले बुद्धी बिगारी भनेर हामीलाई समाजले गरेको अपमान सहन नसकेर यहाँ आएका छौं,’ बुधबार [...]