ध्रुवराज गौतम
काठमाडौं, पौष ११, नेपाल युवा सामाजिक मञ्चले यहि पौष १५ र १६ गते उपत्यकामा राज्य पुन:संरचनाको सवालमा एक सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रममा दलित संघ संस्थाहरु दलित गैर सरकारी संस्था महासंघ, महासंघका सदस्य संस्थाहरु, राष्ट्रिय दलित आयोग, दलित विकास समितिको तर्फबाट समेत सो सम्मेलनमा एक्यवद्धता जनाउदै विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।
उक्त कार्यक्रमको पहिलो दिन स्टलमा दलित सम्बन्धी प्रकाशन, पोष्टरहरु आदि सामग्रीहरुको प्रदर्शन र बिक्री बितरण गर्ने, दलितहरुको संयुक्त माग सहित ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम, दलित सम्बन्धी मागहरु सहित सम्बन्धीत निकायहरुको ध्यानाकर्षणका लागि धर्ना र त्यसै गरी सोहि दिन दलितहरुसंग सम्बन्धित डकुमेन्टरीहरु पनि प्रदर्शन गरिने भएकोछ । कार्यक्रमको दोश्रो तथा अन्तिम दिन दलितहरुसंग सम्बन्धित सास्कृतिक कार्यक्रमहरु तथा दोहोरी गित प्रदर्शन अनि नयाँ नेपाल निर्माणमा दलित युवाको भूमिका र दलितको समानुपातिक समावेशीकरण बिषयमा कार्यशाला गोष्ठि गरि त्यस सम्मेलनको समाप्त हुने कुरा दलित गैर सरकारी संस्था महासंघ मध्यमाञ्चलका संयोजक कृष्ण विश्वकर्माले जानकारी दिए ।
Filed under: Uncategorized | Tagged: समचार



[...] काठमाडौं, पौष ११, नेपाल युवा सामाजिक मञ्चले यहि पौष १५ र १६ गते उपत्यकामा राज्य पुन:संरचनाको सवालमा एक सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रममा दलित संघ संस्थाहरु दलित गैर सरकारी संस्था महासंघ, महासंघका सदस्य संस्थाहरु, राष्ट्रिय दलित आयोग, दलित विकास समितिको तर्फबाट समेत सो सम्मेलनमा एक्यवद्धता जनाउदै विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । more click here Posted under News on Wednesday 27 December 2006 at 12:25 am [...]